
पूर्णपुष्टि, फागुन १० गते । सिराहामा ग्लोबल आईएमई बैंकको ९ लाख रुपैँया लुटपाट भएको छ । बुधबार दिउँसो ३ बजे मिर्चैयाको ग्लोबल आइएमई बैंकबाट शाखा कार्यालय कल्याणपुरमा लगिएको ९ लाख रुपैँया कर्मचारीको साथबाट लुटिएको सिरहाका प्रहरी प्रवक्ता रविन्द्रराज पाण्डेले बताए ।
पाण्डेका अनुसार मोटरसाइकलमा रकम लिएर कल्याणपुर जाँदै गर्दा मिर्चैयाको बसहा पुलमा ४ जनाको अज्ञात समूहद्धारा रकम लुटपाट भएको छ । लुटेराहरुको खोजी तथा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
