Tuesday, June 9News That Matters

‘बिहे पास’ फिल्मको टिजर सार्वजनिक

पूर्णपुष्टि, फागुन १० गते । ‘बिहे पास’ फिल्मको टिजर सार्वजनिक भएको छ । दयाहाङ राई र प्रकृति श्रेष्ठ अभिनीत फिल्मको टिजर बुधबार बुढासुब्बा डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । सार्वजनिक भएको टिजरमा बिहेको प्रसंगलाई देखाइएको छ । प्रकृति सरकारी जागिरे र दया सरकारी जागिरको खोजीमा रहेको देख्न सकिन्छ ।

प्रवेश पौडेलले निर्देशन गरेको फिल्म ‘बिहे पास’ मा दयाहाङ र प्रकृतिसँगै रविन्द्र झा, बुद्धि तामाङ, शिशिर वाङ्देल, रूषा न्यौपाने, श्याम राई, विशाल पहारी, सुवास गजुरेल, हिउँवाल गौतम, नविन शेरचन, प्रकाश भुजेल, उमा बानियाँलगायत कलाकारको अभिनय छ । रोहित कट्टेलको प्रस्तुतिमा तयार भएको फिल्ममा रत्न श्रेष्ठ कार्यकारी निर्माता र रोजन श्रेष्ठ निर्माताको रुपमा छन् ।

छायांकनमा शिव ढकाल रहेका थिए भने सम्पादन मित्रदेव गुरुङले गरेका हुन् । बिहे पास बैशाख १ गतेदेखी रिलिज हुदैँछ । सोहि मितिमा दयाहाङ र मिरुनाको अभिनित फिल्म जारी’ पनि रिलिज हुने भएको छ । यो फिल्म वैशाख १ गतेदेखि प्रदर्शन हुँदैछ । यही मितिमा दयाहाङ र मिरुना मगर अभिनीत फिल्म ‘जारी’ पनि प्रदर्शन हुनेछ ।