Monday, July 27News That Matters

नेपालीमा बिमा मोडल परिवर्तन गनुपर्छ : तोसिमा कार्की

पूर्णपुष्टि, फागुन १० गते । नेपालको स्वाथ्य बिमा प्रणाली बन्द हुने अवस्था सिर्जन भएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले चिन्ता व्यक्त गरेकी छन् । आज बुधबार बसेको प्रतिनिधिसभामा बोल्दै कार्कीले सुरु भएको ५ वर्षमै र ५० प्रतिशत नागरिकमा पनि नपुग्दै स्वास्थ्य बीमा कार्यक्रम बन्द हुने अवस्था सिर्जना भईरहेको बताएकी हुन् ।

बिमाको मोडल नै गलत रहेकोे उल्लेख गर्दै स्वास्थ्य बोर्डका अध्यक्षले राजिनामा दिनुको कारण पनि यहि रहेको बताईन् । अर्बपति र गरिबले एउटै शुल्क तिर्नुपर्ने बीमाको मोडल गलत भएको भन्दै उनले भनिन्, ‘वैज्ञानिक ढंगले स्वास्थ्य बीमाको शुल्क तोकिनुपर्छ ।’

अस्पतालहरुले बीमावापत दिइएको एक लाखको हेल्थ प्याकेजलाई जसरी पनि खर्च गर्नुपर्छ भन्ने मान्यता राखेर अनावश्यक परीक्षण पनि गर्न लगाउने गरेको भन्दै डा. कार्कीले यसको नियमन एकदमै फितलो भएको बताइन् ।

स्वास्थ्य बीमा जुन अस्पतालमा तोकिएको छ, त्यसमा मात्र सेवा पाउने व्यवस्थाले पनि यो प्रभावकारी हुन नसकेको भन्दै सांसद कार्कीले बीमा गरेपछि जुनसुकै अस्पतालमा पनि सेवा पाउने व्यवस्था गर्न सुझाव दिइन् । देशमा आत्महत्या बढ्दै जाँदा पनि मानसिक स्वास्थ्य सेवाको अवस्था कमजोर रहेको भन्दै उनले यो सेवालाई व्यवस्थित गर्न र विस्तार गर्न माग गरिन् ।