Wednesday, July 1News That Matters

बाजुरालाई केन्द्र बिन्दु बनाएर भुकम्प गयो

पूर्णपुष्टि, फागुन १० गते । आज सुदूरपश्चिम प्रदेशको बाजुरामा भूकम्प गएको गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले बुधबार दिउँसो पौने २ बजे बाजुरा केन्द्रबिन्दु बनाएर ५.२ म्याग्निच्युडको भुकम्प गएको जनाएको छ । भुइँचालोबाट क्षतिको खबर आइपुगेको छैन ।

एक महिनामा बाजुरा केन्द्र बिन्दु बनाएको गएको यो तेस्रो भुकम्प हो । यसअघि माघ १० गते ५.९ र माघ १२ गते ४.१ म्याग्निच्युडका भुइँचाला गएका थिए ।केही समय यता बाजुरामा मात्र नभई पश्चिम नेपालका दुर्गम जिल्लामा लगातार भुइँचालो कम्पन महसुस गरिएको छ। आजको समेत जोड्दा पछिल्ला चार महिनामा पश्चिम नेपालमा १३ वटा भुइँचाला गइसकेका छन् ।