
पूर्णपुष्टि, २९ साउन ।
त्रियुगा नगरपालिका वडा नं २ मोतियाहीको एक फर्मबाट सुँगुर चोरी गरी बेच्ने र किन्ने दुवैलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गरेको छ । मोतियाही स्थित खेम राज श्रेष्ठको नाममा रहेको उग्रतारा कृषि पशु फार्म बाट सँगुर चोरी गर्ने सोही स्थानका ५२ बर्षिय बौवा खड्का (लकाई) लाई प्रहरीले पक्राउ गरेको छ भने चोरी गरीएको सुँगुर किन्ने सोही वडा मिलन चोकका अन्दाजी २८ बर्षिय अमित चौधरीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

उक्त फार्ममा त्रियुगा नगरपालिका वडा नं ३ का ४१ बर्षिय पुरन मगरले बिगत ३ बर्ष देखी बँगुर पालन गर्दै आएका थिए । मगरका अनुसार उक्त फार्मबाट आफ्नो २७ ओटा सुँगर हराएको छ । पटक पटक कहिले ४, कहिले ३ पटक र अन्य समय पटक पटक सुँगुर चोरी भएको मगरले जनाए । सुँगुर हराउन थालेपछि मगरले प्रहरीमा पनि निवेदन दिएका थिए । तर पक्ता लाग्न सकेन । पछि गाउँलेहरुले तिम्रो सँगुर बोकेर हिडाईरहेको छ भन्ने सूचना पश्चात खोज्दै जाँदा चौधरीको घरमा सुँगुर फेला परेको थियो । खड्काले चोरी गर्दै सस्तोमा बेच्दै आएको बुझिएको छ । उनिहरुलाई प्रहरीले थप अनुसन्धान गरी कार्वाही गर्ने ।

