Friday, May 1News That Matters

सौर्य एयरलाइन्स दुर्घटना : त्रिभुवन विमानस्थल बन्द, उडानहरू प्रभावित

पूर्णपुष्टि, साउन ९ । सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ। विमानस्थल स्रोतका अनुसार सबै उडान र अवतरण रोकिएका छन्।

उद्धार कार्य जारी रहेको र विमानस्थल पुनः सञ्चालनमा नआएसम्म दर्जनौं उडानहरू प्रभावित भएको छ। आन्तरिक उडानका जहाजहरूलाई सम्बन्धित विमानस्थलहरूमै रोकिएको छ, जबकि अन्तर्राष्ट्रिय उडानहरूलाई अन्यत्र मोडिएको छ। अधिकारीहरूले उद्धार कार्य सम्पन्न भएपछि मात्र विमानस्थल पुनः सञ्चालनमा ल्याइने जानकारी दिएका छन्। यात्रुहरूलाई आफ्नो उडान स्थिति बारे जानकारी लिन सम्बन्धित एयरलाइन्सहरूसँग सम्पर्क राख्न सुझाव दिइएको छ।