Friday, May 1News That Matters

सौर्य एयरलाइन्स विमान दुर्घटना : कम्तीमा १८ जनाको मृत्यु

पूर्णपुष्टि, साउन ९ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा उड्ने क्रममा बुधबार बिहान करिब ११ बजे सौर्य एयरलाइन्सको एक जहाज रनवेमा दुर्घटनाग्रस्त भएको छ। प्रारम्भिक रिपोर्टहरू अनुसार कम्तीमा १८ जनाको मृत्यु भएको पुष्टि गरिएको छ।

विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए अनुसार विमानमा चालक दलका सदस्यसहित १९ जना यात्रु सवार थिए। उद्धार कार्यमा संलग्न एक प्रहरी अधिकारीले मृतकको संख्या बढ्न सक्ने सम्भावना रहेको बताएका छन्। विमानका चालक एम आर शाक्यलाई सकुशल उद्धार गरी केएमसी अस्पताल, सिनामंगलमा उपचारका लागि लगिएको छ। उद्धार कार्य जारी रहेकोले विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ।