
काठमाण्डौँ, जेष्ठ १५
हुलाकी राजमार्गअन्तर्गत सप्तरीको बोदे बर्साइन नगरपालिका–५ जाँजरमा आज स्कारपिओले ठक्कर दिँदा एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका ६० वर्षीय सुवेदार मियाँ रहेको प्रहरीले जनाएको छ ।
पूर्वतर्फ आउँदै गरेको प्र२–०१–००१च ००२२ नंको स्कारपिओले पैदल गइरहेका मियाँलाई ठक्कर दिएको थियो ।ठक्करबाट गम्भीर घाइते भएका मियाँलाई उपचारका लागि अस्पताल पठाइएको थियो । उपचारकै क्रममा उनको आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । (रासस)
