Friday, June 12News That Matters

त्रियुगाको १३ वटा वडामा गणना सकियो, बाँकी तीन वटा, वडामा कस्ले कति जिते ?

पूर्णपुष्टि, जेठ १५ ।
उदयपुरको त्रियुगा नगरपालिकामा १३ वटा वडाको मतगणना सकिदा सात वडाध्यक्षमा काङ्ग्रेस, तीनमा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) र तीन वटामा एमालेको जीत भएको छ । गणना भइरहेको बाँकी ३ वडाहरुमा काङ्ग्रेसकै अग्रता देखिन्छ ।
गणना सकिएको वडाहरुमा वडा नं. १, ३, ४, ५, ८, ९ र १३ मा काङ्ग्रेसले जितेको छ । वडा नं. १४, १५ र १६ मा माओवादी केन्द्रले जितेको छ भने वडा नं. २, ६ र ७ म एमालेले जितेको छ । विजयी वडाध्यक्षहरुमा वडा नं. १ मा काङ्ग्रेसका मनोजकुमार चौधरी, २ मा एमालेका घमानसिंह खत्री, वडा नं. ३ मा काङ्ग्रेसको तिलकबहादुर कटुवाल, वडा नं. ४ मा काङ्ग्रेसको बद्री बस्नेत, वडा नं. ५ मा काङ्ग्रेसको उद्धवबहादुर थापा रहेका छन् । त्यस्तै वडा नं. ६ मा एमालेका योगेन्द्रबहादुर दाहाल, वडा नं. ७ मा एमालेकै अम्बरबहादुर दनुवार, वडा नं. ८ मा काङ्ग्रेसको राजकुमा राउत, वडा नं. ९ मा काङ्ग्रेसको राजकुमार दनुवार, वडा नं. १३ मा काङ्ग्रेसको नविनकुमार चौधरीको जित रहेको छ भने वडा नं. १४, १५ र १६ मा माओवादी केन्द्रका क्रमश ः हिमराज मगर, गणेशप्रसाद तिम्सिना र मानबहादुर राईको जित भएको छ ।
हालको विजयी वडाध्यक्षहरु मध्ये वडा नं. १ का चौधरी, २ का खत्री, ५ का थापा र १६ का राईले कार्यकाल दोहोर्याएका हुन् । उनीहरुलाई वडाबासीले पुनः वडाध्यक्षमा निर्वाचित गरेका हुन् । वाँकी वडाध्यक्षहरु नयाँ अनुहार हन् ।
गणना बाँकी तीनवडा मध्ये वडा नं. १० मा काङ्ग्रेसबाट निवर्तमान वडाध्यक्ष प्रकाश खड्का प्रतिष्पर्धामा छन् । अन्य दुईवडामा सबै नयाँ प्रतिष्पर्धी छन् । आज रातीसम्ममा बाँकी वडाहरुको पनि अन्तिम परिणाम आउनसक्ने मुख्य निर्वाचन अधिकृतको कार्यालय उदयपुरले जनाएको छ ।