
पूर्णपुष्टि सम्बाददाता । जेठ ११ गते ।
स्थानिय तहमा राजनितिक भागबण्डका आधारमा करारमा नियुक्ति दिइएका कर्मचारी जनप्रतिनिधिकै लागि गलापासो हुने गरेको छ । करारमा नियुक्ति गरिएको कार्यलय सहयोगिहरु नै पहुँचको आडमा शक्तिशाली बन्ने गरेका छन् । यि कर्मचारीहरु कार्यलयका हाकिम वा विभागिय प्रमुखलाई टेर्दैनन् किनकि यिनिहरु जनप्रतिनिधिका दाइने हुने गरेका छन् तर यिनै कर्मचारीले विस्तारै जनप्रतिनिधिलाईसमेत टेर्न छाड्छन् अनि जनप्रतिनिधिलाई नै गलापासो बन्ने गरेका छन् । पछिल्ला उदाहरण हो रामप्रसाद राई गाउँपालिका वडा नं २ धोद्लेखानीका वडा कार्यलयका कार्यलय सहयोगी नरोत्तम तामाङ ।
नरोत्तम तामाङलाई २०७४ सालको स्थानिय तहको निर्वाचन पछि कार्यलय सहयोगी पदमा गाउँपालिकाले करारमा नियुक्ति गरेको थियो । साइनोले काका पर्ने राजकुमार तामाङ वडाध्यक्ष भएको मौकामा नरोत्तमले कार्यलय सहयोगी पदमा नियुक्ति पाएका थिए । राजनितिक पहुँचको भरमा वडामा हर्तकर्ता रहेका नरोत्तम उनकै राजगज चल्ने गथ्यौँ । निरन्तर करार सम्झौता नविकरण हुँदै आएको नरोत्तमको पछिल्लो समय भने वडाध्यक्षसंग नै खटपट सुरु भयो । दोश्रो पटक स्थानिय तहको निर्वाचनमा पार्टीले टिकट नदिएपछि स्वातन्त्र उमेदवार बनेका राजकुमार तामाङलाई दोस्रो कार्यकालको सुरुका केही बर्ष नरोत्तमले सहयोग नै गरे । तर वडाध्यक्ष भन्दा आफु पढेलेखेकाले वडाध्यक्षको सवै कुरा आफुले नटेर्ने बताउने गरेका नरोत्तम र आफ्नै काका वडाध्यक्ष राजकुमार तामाङविच विस्तारै दूरी बढ्दै जान्छ ।
कार्यलय समयमा क्यारेमबोर्ड खेल्ने स्पष्टिकरण नटेर्ने
कार्यलय सहयोगी भएर कार्यलय समयमा चोकमा क्यारेमबोर्ड खेल्ने, वडाध्यक्षको मर्यादा नगर्ने भन्दै पटक पटक वडाध्यक्ष तामाङले कार्यलय सहयोगी सरुवाका लागि गाउँपालिकामा कुरा राख्छन् । सोही बमोजिम कार्यपालिकाको २०८१ चैत्र १७ गतेको बैठकले ३ वडा सचिव २ कार्यलय सहायक र १ कार्यालय सहायोगीको सरुवा गर्ने निर्णय गर्छ । जस अनुसार वडा नं १ ओख्रेका कार्यालय सहायक डम्बर भुजेललाई वडा नं ५ मानेभञ्याङ, मानेभञ्याङका कार्यलया सहायक तिर्थबहादुर तामाङलाई वडा नं २ धोद्लेखानी र वडा नं २ का कार्यालय सहयोगी नरोत्तम तामाङलाई वडा नं १ ओख्रेमा आन्तरिक सरुवा गरिएको थियो । तर कार्यपालिकाको पत्रलाई वेवास्ता गर्दै नरोत्तम तामाङले वडामा हाजिर गर्न नमाने पछि फेरी प्रमुख प्रशासकिय अधिकृत नविना गिरिले स्पस्टिकरणका लागि पत्र लेख्छन् । २०८१ चैत्र २६ गते स्पष्टिकरण मागिएपछि गाउँपालिका अध्यक्ष थामबहादुर राई निर्माणलेसमेत हाललाई स्पप्टिकरण दिएर तोकिएको वडामा हाजिर हुने र केही समय पछि फेरी यथास्थानमा सरुवा मिलाउने आश्वासन दिन्छन् । स्पष्टिकरणका लागि तयार भएर गाउँपालिका अध्यक्षको च्याम्बरबाट निस्किएका नरोत्तमले स्मष्टिकरण नदिएर उल्टै गाउँपालिकाले स्पष्टिकरण लिने हैसियत नराख्ने भन्दै सामाजिक सञ्जाल फेसबुकमा स्पष्टिकरण मागिएको पत्र सार्वजानिक गर्छन् । तोकिएको समयमा स्पष्टिकरण दिन नमानेपछि कार्यपालिकाको वैठकले नरोत्तमको करार सेवा अवधि नविकरण गरेको छैन । नरोत्तम भने त्यतिमै रोकिएका छैनन् गाउँपालिकाका अध्यक्ष र उपाध्याक्षसंगै प्रमुख प्रशासकिय अधिकृतविरुद्ध फेसबुकमा अमर्यादित कमेन्ट लगतार गरिरहेका छन् । आगामी निर्वाचनमा देखाई दिने धम्किसंगै प्रमुख प्रशासकिय अधिकृतलाई समेत अपठ्यारोमा पार्ने मनासायका स्टाटस धम्कि नरोत्तमले दिने गरेका छन् ।
नरोत्तमको धम्कि पछि प्रमुख प्रशासकियको सरुवा
संयोग त के भने नरोत्तमको यो धम्कि केही हप्ता नवित्दै प्रमुख प्रशासकिय अधिकृत नविना गिरिको गाउँपालिकामा सरुवा भएर आएको ३ महिना नवित्दै सामान्य प्रशासन मन्त्रालयले जिल्ला समन्वय समितिमा सरुवा गरेको छ । सामान्यतय प्रमुख प्रशासकियले एक स्थानिय तहमा २ बर्ष काम गर्नु पर्ने प्रावधान रहेको छ । गत तिन महिना अघि मात्रै नविना सरुवा भएर आएकी हुन् ।
यता सुरुमा आफ्नो कार्यलय सहयोगीलाई सरुवा गरिदिन भनेर मौखिकरुपमा माग गर्ने वडाध्यक्ष तामाङले भने कार्यालय सहयोगीको जागिर गएकोमा नरोत्तमको बचाउ गर्ने गरेका छन् । यो घटनाले स्थानिय तहमा पहुँचका भरमा भर्ती गरिएका कर्मचारी आफु भोटर भएको कारण देखाउँदै जनप्रतिनिधिलाई नटेर्ने मात्रै हैन विवादको भुमरीमा कसरी धकेल्छन भन्ने एउटा उदाहरण हो । हाल नरोत्तमलाई फरक पार्टीले राजनितिक विषय बनाएर आगोमा घ्यू थप्ने काम गरिरहेका छन् ।

