Thursday, June 4News That Matters

हवाना होटलमा विस्फोटहुँदा गर्भवती तथा बच्चासहित १८ को मत्यु

काठमाण्डौँ, बैशाख २४

हवानाको साराटोगा होटलमा शुक्रबार भएको शक्तिशाली विस्फोटमा एक गर्भवती महिला र बच्चासहित १८ जनाको मृत्यु भएको क्युबाली राष्ट्रपति कार्यालयको प्रशासनले शनिबार जनाएको छ।
“क्युबाका राष्ट्रपति मिगुएल डियाज(क्यानेलले साराटोगा होटल दुर्घटनाको सामनामा देखाइएको ऐक्यबद्धताका लागि मित्र राष्ट्रहरूलाई धन्यवाद दिनुभएको छ।
बैठकमा घोषणा गरिएको प्रारम्भिक तथ्याङ्कअनुसार उक्त घटनामा एक गर्भवती महिला र बच्चासहित १८ जनाको मृत्यु भएको थियो ।
क्युवाली अधिकारीहरूले यसअघि विस्फोटमा परी नौ जनाको मृत्यु भएको र ४० जना घाइते भएको बताएका थिए। (रासस)