
पूर्णपुष्टि, वैशाख २४ गते ।
खोटाङमा दलित महिला वडा सदस्यको ज्यान गएको छ । जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेकी ४९ वर्षीय कमला परियारको रक्तचापको समस्याले ज्यान गएको हो ।
उनी २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेबाट दलित महिला वडा सदस्यमा निर्वाचित भएकी थिईन् । रक्तचापले बेहोस अवस्थामा स्वास्थ्य संस्थामा पु¥याएलगत्तै परियारको ज्यान गएको एमाले हलेसी तुवाचुङ नगर कमिटि अध्यक्ष डिल्ली चाम्लिङले जानकारी दिए ।
२०३० सालमा जन्मिएकी परियार एमाले नगर कमिटी सदस्य तथा अनेमसंघ जिल्ला कमिटी सदस्य थिईन् । उनका श्रीमानसहित तीन छोरा र दुई छोरी छन् ।
