Friday, June 12News That Matters

ह्याव्वी मतले त्रियुगाको प्रमुख र उपप्रमुख विजयी

उदयपुर, जेठ १६ गते ।
उदयपुरको त्रियुगा नगरपालिकाको प्रमुखमा नेपाली काङ्ग्रेस र उपप्रमुखमा नेकपा एमालेको जीत भएको छ । प्रमुखमा काङ्ग्रेसको बसन्त बस्नेत र उपप्रमुखमा एमालेकी महेश्वरी राईको जीत भएको हो । प्रमुख र उपप्रमुख दुबै पद ह्वाब्बी मतले विजयी भएका हुन् ।
काङ्ग्रेसका बस्नेतले १३ हजार ९५९ मतका साथ विजय हाँसिल गरेका छन् । उनको निकटतम् प्रतिद्वन्द्वि नेकपा एमालेको भागवत राउतलाई २०८६ मतले पछि पार्दै बस्नेतले जीत हाँसिल गरेका हुन् । एमालेको राउतले ११ हजार ८७३ मत प्राप्त भएको छ । गठबन्धनतर्फको नेकपा (एकिकृत समाजवादी) को बलदेव चौधरीको तेस्रो मत ९ हजार १४७ रहेको छ ।
उपप्रमुखमा एमालेकी राईले १३ हजार ७०३ मत प्राप्त गरी जीत हाँसिल गरेकी हुन् । निकटतम प्रतिद्वन्द्वि काङ्ग्रेसकी सरिता राईलाई १७२२ मत अन्तरले पछि पार्दै विजयी भएकी हुन् । काङ्ग्रेसकी राईको ११ हजार ९८१ मत प्राप्त छ । गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) की गिता खड्का कार्कीको तेस्रो मत ६ हजार ५६८ रहेको छ ।
१६ वटा वडा रहेको त्रियुगाको कुल खसेको मत ४० हजार १३७ हो । वैशाख १० गतेबाट सुरु मतगणनामा सबैभन्दा पहिले १६ नं. वडाको गणना सकिएको थियो भने सबैभन्दा ढिलो १० नं. वडाको गणना सकिएको हो । एकसातामा सम्पूर्ण मतगणना सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय उदयपुरले जनाएको छ ।
वडागतरुपमा काङ्ग्रेसले नौवटा वडा, एमालेले चारवटा र गठबन्धनतर्फ नेकपा (माओवादी केन्द्र) ले तीनवडामा वडाध्यक्ष जितेको छ । काङ्ग्रेसले वडा नं. १, ३, ४, ५, ८, ९, ११, १२ र १३ मा जितेको हो । एमालेले वडा नं. २, ६, ७ र १० मा जितेको हो भने माओवादी केन्द्रले १४, १५ र १६ वडामा जितेको हो ।
विजयी वडाध्यक्षहरुमा १ नं. वडाध्यक्ष मनोजकुमार चौधरी, २ नं. वडाध्यक्ष घमानसिंह खत्री, ३ नं. वडाध्यक्ष तिलकबहादुर कटुवाल, ४ नं. वडाध्यक्ष बद्री बस्नेत, ५ नं. वडाध्यक्ष उद्धवकुमार थापा रहेका छन् । त्यस्तै ६ नं. वडाध्यक्ष योगेन्द्रबहादुर दाहाल, ७ नं. वडाध्यक्ष अम्बर बहादुर दनुवार, ८ नं. वडाध्यक्ष राजकुमार राउत, ९ नं. वडाध्यक्ष राजकुमार दनुवार, १० नं. वडाध्यक्ष किरण पाण्डे रहेका छन् । त्यसैगरी ११ नं. वडाध्यक्ष सुमन्त कोइराला, १२ नं. वडाध्यक्ष चुडाराज काप्mले, १३ नं. वडाध्यक्ष नविनकुमार चौधरी, १४ नं. वडाध्यक्ष हिमराज मगर, १५ नं. वडाध्यक्ष गणेश प्रसाद तिम्सिना र १६ नं. वडाध्यक्ष मानबहादुर राई रहेका छन् । वडा नं. १, २, ५ र १६ को चारजना वडाध्यक्षलाई वडाबासीले पुनः निर्वाचित गरेका हुन् ।
वडाहरु मध्ये १२ नं. वडामा मतदान विवादित बनेको थियो । मतदानकै विषयमा विवादित सो वडाकै कारण त्रियुगाको मतगणना ढिलाई भएको हो । विवादित वडामा पुनः मतदान गर्ने वा खसेको मत नै गणना गर्ने अन्यौल भएको थियो । निर्वाचन आयोगले मतगणना गर्ने निर्देशन गरेपछि मतगणना सुरु भएको हो । ११ दिनपछि सुरु भएको गणनाको अन्तिममा १० नं. वडाध्यक्षमा रुख र सुर्यमा बराबरी मत १०५३÷१०५३ आएपछि चिठ्ठा भएको थियो । बराबरी मतमा काङ्ग्रेसको प्रकाश खड्कालाई पराजित गर्दै किरण पाण्डे विजयी हुनुभएको हो ।