Friday, June 12News That Matters

११ नं. वडाध्यक्षमा काङ्ग्रेसका सुमन्त कोइराला विजयी

पूर्णपुष्टि, जेठ १६ ।
उदयपुरको त्रियुगा नगरपालिकाको ११ नं. वडामा नेपाली काङ्ग्रेसको सुमन्त कोइरालाले विजयी हाँसिल गरेका छन् । उनले १६३७ मतका साथ विजयी हाँसिल गरेका हुन् । उनले एमालेका दिलबहादुर तामाङलाई ६०३ मत अन्तरमा पछि पार्दै जीत हाँत पारेका हुन् । तामाङलाई १०३४ मत प्राप्त भयो भने वडामा गठबन्धनतर्फको नेकपा (एकिकृत समाजवादी) का कालिदास राई (किसन) लाई तेस्रो मत ४०६ प्राप्त भयो ।
वडाको खुल्ला सदस्यहरुमा काङ्ग्रेसको भिमचन्द्र राई र एमालेको विष्णुकुमार श्रेष्ठ विजयी भएका छन् । महिला सदस्यमा काङ्ग्रेसकी विमला राई र दलित महिला सदस्यमा काङ्ग्रेसकै निला कार्की ढोली विजयी बनेका छन् ।