Wednesday, June 10News That Matters

१२ नं का मतदाताहरुको आरोप : नंङमा मसि मात्र लगाईदिए, मतदान अधिकृत आफैले मतदान गरे

पूर्णपुष्टि, बैशाख ३०
त्रियुगा नगरपालिका १२ मा मतदान लफडा भए सँगै मतदाताहरुले चर्को विरोध गरेको छ । आफ्नो नङमा मसि मात्र लगाईदिने र मत पत्र नदिई मतदान अधिकृत आफैले मनपरी मत लगाईदिने गरेको पाईएपछि मतदाताहरुले विरोध गरेको हो । उनिहरुले पून ः मतदान गर्नु पर्ने माग समेत राखेको छ । त्रियुगा नगरपालिका १२ को जनज्योति प्रा.वि मतदान अधिकृतहरुले मनपरी गरे सँगै त्यहाँका स्थानीयहरुले नारावाजीका साथ फेरी मतदान गर्नु पाउनु पर्ने माग राखेको हो ।

मतदाताहरुका अनुसार अनावश्यक रुपमा तनाव दिई झन्झट दिएको भन्दै उनिहरुले बिरोध गरेको हो । आक्रोशित मतदाताहरुले मतदान स्थल तोडफोड समेत गरेको छ । भने मतपेटिका भने प्रहरीले सुरक्षित राखेको छ । सो मतदान स्थलमा धेरै मतदाताले मतदान नै गर्न पाएका छैनन् । मतदान अधिकृतले सोझो देखिने मतदातालाई औलामा रङ्ग लगाईदिँदै मतपत्र नदिने क्रममा प्रदेश सांसद सुनिता कुमारी चौधरीलाई समेत नचिनेर मतपत्र दिएका थिएनन् ।