Wednesday, June 10News That Matters

त्रियुगा नगरपालिका २ मा ७१ प्रतिशत मतखस्यो

पूर्णपुष्टि, वैशाख ३० गते ।
उदयपुरको त्रियुगा नगरपालिका–२ मा ७१ प्रतिशत मतदान भएको छ । वडाको जनता माध्यामिक विद्यालय खैजनपुर र जनता उच्च माध्यामिक जोगिदह गरी दुई मतदान स्थलमा मत जम्मा २ हजार ७ सय ९४ मत खसेको हो । खैजनपुरमा १ हजार ७ सय ३८ मतमा १ हजार २ सय ८९ मत खसेको र जोगिदहमा २ हजार १ सय ५० मतमा १ हजार ५ सय ५ मत खसेको छ । यो मतदाताको ७१ प्रतिशत रहेको छ । त्रियुगाको २ नम्बर वडामा कुल ३ हजार ८ सय ८८ मत रहेको थियो ।