Monday, June 1News That Matters

 १२ नं वडाको लफडाले त्रियुगाको मतगणना प्रभवित

पूर्णपुष्टि, बैशाख ३१
त्रियुगा नगरपालिका १२ जनप्रेमी माध्यमिक विद्यालयमा मतदानको क्रममा भएको लफडाले मतगणना प्रभावित पारेको छ । देशैभरी मतगणना भैरहेको अवस्थामा त्रियुगाको पनि बिभिन्न पालिकाहरुमा मतगणना जारी छ । शुक्रबार भएको मतगणनाको क्रममा निर्वाचन अधिकृतले बिभिन्न बाहानामा झन्झट दिई मत लगाउन समस्या रहेको जनाएपछि मतदाताहरुले विरोध गरेका थिए । मतदाताहरुको विरोध पछि त्यहाँ तनाव सिर्जना भएका थिए ।

त्यहाँ मतदाताहरुले फेरी मतदान गर्नु पर्ने माग सहित नारा जुलुस समेत गरेका थिए । १२ मा पुन मतदान भएपछि मात्र त्रियुगाको सबै वडाहरुको मतगणना सुरु हुने जनाईएको छ । त्यस वडामा मतदाताहरुले नङमा मसि लगाईदिने तर मतपत्र नदिने गरेको आफै अधिकृतले मत लगाईदिएको आरोप लगाएको छ । प्रदेश सांसद सुनिता चौधरीलाई समेत अधिकृतले नचिनेर यस्तो व्यवहार गरेको पाईएको मतदाताहरुले जनाए । १२ बाहेक अन्य १५ वटै वडाहरुमा शान्तिपूर्ण मतदान भई मुख्य निर्वाचन कार्यालयमा मतपेटिकाहरु सुरक्षित राखिएको छ ।