Monday, June 1News That Matters

मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, एक घाईते

काठमाण्डौँ, बैशाख ३१
डडेल्धुरामा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने एक घाइते भएका छन् ।

भीमदत्त राजमार्गअन्तर्गत अमरगढी नगरपालिका–१ ढुनढुनेमा आज दिउँसो मोटरसाइकल दुर्घटना हुदा एक युवकको घटनास्थलमै मृत्यु भएको हो । डोटीको आदर्श गाउँपालिका घर भई तराईतर्फ जाँदै गर्दा मोटरसाइकल दुर्घटना भएको स्थानीयवासीले बताए । मृतक र घाइतेको परिचय खुल्न सकेको छैन । अहिले शव र घाइतेलाई डडेल्धुरा अस्पताल पु¥याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । (रासस)