
पूर्णपुष्टि, असार २७ गते ।
एक १४ वर्षीया किशोरीमाथि जबरजस्ती करणी प्रयास गरेको अभियोगमा मकवानपुरको एक वडाअध्यक्षविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । जिल्लाको कैलाश गाउँपालिका–९ का वडा अध्यक्ष भुवनसिंह घलानविरुद्ध १४ वर्षिया किशोरीले बलात्कारको प्रयास गरेको जाहेरी शुक्रबार जिल्ला प्रहरी कार्यालय मकवानपुरमा दर्ता गरेपछि घलानविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका नायव प्रहरी उपरीक्षक टेकबहादुर कार्कीका अनुसार किशोरीले जाहेरी दर्ता गरेपछि शुक्रबारनै वडा अध्यक्ष घलानबिरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो । १८–१९ मा हेटौंडामा आयोजित राष्ट्रपति रनिङ शिल्डमा आएकी कैलाश गाउँपालिका– ९ मा रहेको कालिका माविमा अध्ययनरत छात्रामाथि घलानले बलात्कार प्रयास गरेको आरोप छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरमा किशोरीले दिएको जाहेरीमा आफुसहित साथीहरु बसेको होटलको कोठामा मध्यरातमा आएर वडाध्यक्ष घिसिङले आफुमाथि बलात्कार गर्न खोजेको आरोप लगाएकी छन् ।
पीडित बालिकाले शुक्रवार बलात्कारको आरोप लगाउदै प्रहरीमा जाहेरी दिएकी थिइन् ।
