Saturday, May 30News That Matters

१५ कार्य समिति सहित प्रेस सेन्टर उदयपुर गठन

पूर्णपुष्टि, कार्तिक १६
प्रेस सेन्टर नेपाल उदयपुरमा १५ जना कार्यसमिति चयन भएको छ । सुपराज राईको अध्यक्षतामा १५ कार्यसमिति रहने गरी प्रेस सेन्टर नेपाल उदयपुर गठन भएको हो ।
मंगलबार ड्रिमल्याण्ड होटलको सभाहलमा भएको सेन्टरको ५ औँ अधिवेशनले समिति चयन गरेको छ ।

पार्टीका नेता मोहन खत्री लगायत नेताहरुको उपस्थितिमा अधिवेशन सम्पन्न गरिएको थियो । अधिवेशन बाट बन्द सत्रले समिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा अभिमन्यु लामिछाने, समावेशी उपाध्यक्षमा रुपा राई, सचिवमा होम वहादुर बस्नेत, सह–सचिव दिनेश राई, समावेसी सह–सचिव युवाराज कार्की, (सन्तोस) कोषाध्यक्षमा बिक्रम राई चयन भएको छ भने, सदस्यहरुमा चन्द्र राई, बिजय कार्की, विमल पराजुली, पुजा राजधामी, सुजना राई, सिताराम राउत, चेवाङ राई र सुवास राईडोने चयन भएको छ । यता केन्द्रीय प्रतिनिधिमा महेश्वर चाम्लीङ र प्रदेश प्रतिनिधिमा विदुर कटुवाल रहेका छन् ।