Saturday, June 13News That Matters

१८ वर्षीया किशोरी करणी अभियोगमा एक युवक पक्राउ

पूर्णपुष्टि, भदौ २० गते ।
१८ वर्षीया किशोरी जबरजस्ती करणी गरेको अभियोगमा मोरङका एक युवक पक्राउ परेको छ । झापा घर भएकी किशोरीलाई करणी गरेको मोरङ पथरी शनिश्चरे नगरपालिका–५ बस्ने २६ वर्षीय तिर्थराज गेलाललाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।
गेलालले ती किशोरीलाई गत बुधबार ललाई फकाई बलात्कार गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उनलाई सुनसरीको इटहरी उपमहानगरपालिका–६ बाट पक्राउ गरेको हो ।
घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।