Thursday, May 7News That Matters

१ केजी सुनसहित २ जना पक्राउ

पूर्णपुष्टि, भदौ, २६ गते ।
एक केजी सुनसहित काठमाडौं महानगरपालिका–४ महाराजगन्ज शंखपार्कस्थित सडकबाट दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङ रुबीभ्याली गाउँपालिका–३ घर भई हाल काठमाडौं टोखा बस्ने ३० वर्षीय तोकमान तामाङ लगायत छन् । उनीहरुलाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा प्रहरी वृत्त महाराजगन्जबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको धातुसहित फेला पारी पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।