Saturday, June 6News That Matters

१ हप्ता भित्र कक्षा १२ को परीक्षा नतिजा सार्वजनिक हुने

पूर्णपुष्टि, माघ २

एक हप्ता भित्र कक्षा १२ को परिक्षा नतिजा सार्वजनिक हुने भएको छ । गत मंसिरमा सञ्चालित कक्षा १२ को परीक्षाको नतिजा माघ १० गतेसम्म सार्वजनिक गर्ने तयारी भइरहेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले जानकारी दिनुभयो ।

परीक्षार्थीको डाटा रुजु गर्ने काम अन्तिम चरणमा पुगेका बोर्डका अध्यक्ष पौडेलले जानकारी दिनुभयो

राष्ट्रिय परीक्षा बोर्डका अनुुसार डाटा रुजुमा ढिलाइ भएपछि पुस दोस्रो साता सार्वजनिक हुने भनिए पनि नतिजा प्रकाशनमा १ महिना ढिलो हुन लागेको हो ।

कोभिड–१९ महामारीका कारण स्थगित कक्षा १२ को परीक्षा मंसिर ९ गतेबाट सुरु भएर १६ गते सम्पन्न भएको थियो ।