Friday, April 17News That Matters

२८ लाखसम्म हिनामिना गर्ने उदयपुर अस्पताल काउन्टरका राजकुमार चाैधरीसहित चार कर्मचारी निस्काशित

उदयपुर/पूर्णपुष्टि, भदाै २ ।
उदयपुर अस्पतालमा २०७८ सालदेखि टिकट काउन्टरमा बसेर आर्थिक अनियमितता गर्ने कर्मचारी राजकुमार चाैधरी निस्काशनमा परेका छन् । चाैथाे तहका करारका कर्मचारी चाैधरीसंगै साेही पदका सञ्जिव वाग्ले, सहजकर्ता तुलसा पाैंडेल र कार्यालय सहयाेगी उषा पाैंडेल निस्कासन भएका छन् । उनीहरु साउन १३ गते अस्पताल ब्यवस्थापन समितिकाे निर्णयबाट निस्कासनमा परेका हुन् ।
स्राेतका अनुसार चाैधरीकाे नाममा सबैभन्दा बढि २८ लाख हिनामिना देखिएकाे र अन्य तीन जनाकाे नाममा तीन/चार लाखसम्म रहेकाे छ ।  अस्पतालले छानविन समिति नै बनाएर काउन्टरमा पैसा सङ्कलनकाे हिसाब २०७८ सालदेखिकाे खाेजि गर्दा उनीहरुबाट लाखाैं हिनामिना पत्ता लागेकाे र असुलीसमेत गराईसकिएकाे जनाईएकाे छ ।

स्वास्थ्य उपचारसेवा प्रभावकारी हुन नसकेकाे सर्वसाधारणकाे आलाेचना र पटक पटक विवाद झेलिरहेकाे उदयपुर अस्पतालमा याे अर्काे अनियमितताकाे खबर बाहिरिएकाे हाे । अनियमितताबारे छानविन, असुली र कारवाही भित्रभित्रै राख्ने काेशिस भएकाे देखिएकाे छ । अस्पतालमा यस किसिमकाे आर्थिक अनियमितता ठुलाे मात्रामा भएकाे आशंका गरिएकाे छ । अस्पताल प्रमुख डाक्टर बिरेन्द्रकुमार मण्डलले  के कति रकम हाे रिपाेर्ट हेरेर मात्र भन्न सकिने, अहिले कामकाे शिलशिलामा अस्पताल बाहिर रहेकाे बतााउनुुभयाे ।