
पूर्णपुष्टि, वैशाख १८ गते ।
देशका दुई ठूला दल नेकपा एमाले र काँग्रेस कार्यकता बीचमा खुकुरी हानाहन भएको छ । स्याङ्को चापाकोटमा चुनावी कार्यक्रम सकेर फर्किदै गर्दा वीपी चोकमा दुई दल बीच झडप हुँदा एमालेका एक कार्यकर्ता घाइते भएको हो ।
खुकुरी प्रहारबाट कार्यकर्ता नारायण हिस्कीमगर घाइते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डिएसपी रविन्द्र खनालले जानकारी दिए । घाइते हिस्कीमगरलाई उपचारका लागी गण्डकी मेडिकल कलेज पोखरामा पठाइएको छ । घटनामा संलग्न व्यक्तिको पहिचान भइसकेको र उनीहरूलाई खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
