Sunday, May 17News That Matters

५ लाख १३ हजार डोज कोरोनाविरुद्ध खोप जापानबाट आज नेपाल आइपुग्यो

पूर्णपुष्टि, साउन २३

कोरोनाविरुद्धको ५ लाख १३ हजार ४२० डोज एष्ट्राजेनिका खोप जापानबाट आज नेपाल आइपुगेको छ । जापान सरकारले नेपाल सरकारलाई दिने भनेको १६ लाख डोजमध्ये कतार एयरवेजबाट आज बिहान ५ लाख १३ हजार ४२० डोज एष्ट्राजेनिका खोप आइपुगेको हो ।

जापानी राजदूत युटाका किकुताले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई उक्त खोेप हस्तान्तरण गरेका छन् । स्वास्थ्य सेवा विभागका अनुसार आइतबार थप २ लाख ८७ हजार डोज खोप आउने र बाँकी ८ लाख खोप अर्को साता आइपुग्ने जानकारी दिएको छ ।

जापानले कोभ्यास संयन्त्रमार्फत नेपाललाई खोप दिने घोषणा गरेको थियो ।