Monday, April 20News That Matters

Month: ८ वर्ष अगाडि

लागूऔषधसहित दुई पक्राउ

लागूऔषधसहित दुई पक्राउ

समाचार
पूर्णपुष्टि/कात्तिक १४ गते । उदयपुर-इलाका प्रहरी कार्यालय रामपुर ठोक्शिलाले लागूऔषधसहित दुई जनालाई मंगलबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा चौदण्डी नगरपालिका वडा नं. ४ का २५ बर्षिय चण्डीराज राई र सोही नगरपालिकाको वडा नं. ३ का अनुस मगर रहेको इप्रका इन्चार्ज प्रहरी निरिक्षक सुबास राईले बताए । पक्राउ परेकाहरुको साथबाट तीनसेट लागू औषध बरामद गरिएको उनले बताए । उनीहरुलाई आम्बासी गाउँको पुलबाट पक्राउ गरिएको जनाइएको छ । बेलका नगरपालिका वडा नं. २ मा पर्ने कोशीटप्पु क्षेत्रमा गाँजा नष्ट गरेको जनाएको छ । इप्रका रामपुर ठोक्शिलाबाट खटिएको टोलीले उक्त क्षेत्रबाट साढे पाँचसय बोट गाँजा नष्ट गरेको जनाइएको छ ।...
अखण्डताका लागि मिल्न राज्यमन्त्रीको आग्रह

अखण्डताका लागि मिल्न राज्यमन्त्रीको आग्रह

समाचार
पूर्णपुष्टि/कात्तिक १४ गते । गाईघाट–महिला तथा वालवालिका समाज कल्याण राज्यमन्त्री कान्ता भट्टराईले राष्ट्रको अखण्डताका लागि सबै पार्टी मिल्न आग्रह गरेकी छिन् । गाईघाटमा मंगलबार आयोजित अपांग तथा बृद्धबृद्धाहरुको सामाजिक न्याय विषयक अन्तरक्रियामा बोल्दै राज्यमन्त्री भट्टराईले देशलाई टुक्राउन नहुने भन्दै राष्ट्रिय अखण्डताका लागि आग्रह गरिन् । राप्रपा नेपालको केन्द्रिय सदस्यसमेत रहेकी राज्यमन्त्री भट्टराईले नेपालभुमीमा जन्मिसकेपछि जम्नभूमिका लागि केही न केही गर्नुपर्ने, पार्टी भन्दा माथि उठेर देशको लागि गर्नुपर्ने बताइन् । राष्ट्र अहिले तरल अवस्थामा रहेको भन्दै उनले राष्ट्रलाई शिरमा राखेर हिड्नु पर्ने र नेपाल मातालाई हसाँउनु पर्ने बताइए ।...
खुकुरी प्रहार गरी दाइको हत्या

खुकुरी प्रहार गरी दाइको हत्या

समाचार
पूर्णपुष्टि/कात्तिक १४ गते । गाईघाट-उदयपुरको बेलका नगरपालिका वडा नं. ५ घुम्नेमा सोमबार राती भाईले खुकरी प्रहारबाट दाजुको मृत्यु भएको छ । घरायसी विवादमा ३५ बर्षीय भाई कृष्ण सदाले ४५ बर्षीय दाई विशे सदाको टाउकोमा खुकुरी प्रहार गर्दा दाजुको मृत्यु भएको इलाका प्रहरी कार्यालय रामपुर ठोक्शिलाका इन्चार्ज प्रहरी निरिक्षक सुवास राईले बताए । खुकुरी प्रहार गर्दा छेक्ने प्रयास गरेकी मृतककी पत्नि सोमनी सदासमेत घाईते भएकी छिन् । उनको दाहिने हातमा गहिरो चोट लागेको प्रहरीले जनाएको छ । उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार भईरहेको छ । जिल्ला प्रहरी प्रमुख एसपी नवराज भट्टका अनुसार खुकुरी प्रहारपछि फरार रहेका अभियुक्त कृष्ण फरार रहेकाले तिब्र खोजी कार्य भईरहेको छ ।...
मृतक सबैको सनाखत, बालिकालाई बुबाको जिम्मा

मृतक सबैको सनाखत, बालिकालाई बुबाको जिम्मा

समाचार
पूर्णपुष्टि/कात्तिक १४ गते । उदयपुर-सिद्धिचरण लोकमार्ग अन्तर्गत कटारी घुर्मी सडक खण्डको लेखानीमा सोमबार भएको सुमो जीप दुर्घटनाका मृतक नौ जनाकै सनाखत भएको छ । इलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपी महेन्द्र श्रेष्ठका अनुसार सनाखत भएका मृतकहरुमा ओखलढुंगा विसंखुगडी गाउँपालिका ७ का अन्दाजी ३२ बर्षिय इश्वर भट्टराई, सोही ठाउँकी अन्दाजी २४ बर्षिया अन्जना राई, सोही जिल्लाको बरुणेश्वर गाउपालिका ७ का १९ बर्षिय दिपक भित्रीकोटी, ओखलढुंगामा नेपाली सेनामा कार्यरत सप्तरी बैखा ६ का २५ बर्षिय रुपेन्द्र बर्मा, सोही जिल्लाको कबलासी ३ बस्ने गंगाराम साह, सोही जिल्ला पत्थरगाडा ४ का ३५ बर्षिय राधेश्याम महतो, सप्तरीकै मिथिलेस साह, उदयपुरको बेलका नगरपालिका ३ का अन्दाजी २० बर्षिय सन्देश किराती राई र कटारी नगरपालिका २ का चालक हरि कार्की रहेका छन् । दुर्घटनामा गम्भिर घाइते ओखलढुंगाको बरुणेश्वर गाउपालिका ...
मृतकको संख्या ९ पुग्यो, २ गम्भिर

मृतकको संख्या ९ पुग्यो, २ गम्भिर

समाचार
पूर्णपुष्टि, कात्तिक १३ गते । उदयपुर–सिद्धिचरण लोकमार्ग अन्तर्गत कटारी घुर्मी सडक खण्डको लेखानीमा भएको सुमो जीप दुर्घटनाका मृतकको संख्या ९ पुगेको छ । एक चारबर्षिया बालिकासहित दुईजना गम्भिर घाइते छन् । कटारीदेखि ओखलढुंगातर्फ जादै गरेकोको ना १ ज ३४०४ नम्बरको टाटासुमो उदयपुरको कटारी नगरपालिका – ११ लेखानी गाउँको ठाटी भन्ने ठाउँमा दुर्घटना भएको हो । टिकट काउन्टरबाट प्राप्त जानकारी अनुसार सुमोमा सवार रहेकाहरुमा सन्देश किराती इश्वर भटटराई, मिथिलेसकुमार साह, राजेन्द्र बर्मा, दिपक शिवाकोटी, अन्जना राई, चालक हरि कार्की लगायत ११ जना सवार थिए । मृतक चालक कार्कीको उपचारको क्रममा कटारी अस्पतालमा मृत्यु भएको थियो । घाइते अन्जना राईलाई कटारी अस्पतालबाट रेफर गरी उपचारार्थ विराटनगर लगिएको छ । घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय कटारीका इन्चार्ज डिएसपी महेन्द्र श्रेष्ठका अनुसार दुर्घटनास्थल अ...
दुर्घटनामा ८ को मृत्यु, ३ गम्भिर घाइते

दुर्घटनामा ८ को मृत्यु, ३ गम्भिर घाइते

समाचार
पूर्णपुष्टि, कात्तिक १३ गते । उदयपुर–सिद्धिचरण राजमार्ग अन्तर्गत कटारी घुर्मी सडक खण्डको लेखानीमा सोमबार सुमो दुर्घटना हुदा ८ को घटनास्थलमै मृत्यु भएको छ भने ३ जना गम्भिर घाइते भएका छन् । घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय कटारीका इन्चार्ज डिएसपी दीपक श्रेष्ठका अनुसार कटारीदेखि ओखलढुंगातर्फ जादै गरेकोको ना १ ज ३४०४ नम्बरको सुमो जीप उदयपुरको कटारी नगरपालिका ११ लेखानी गाउँको खाँदी भन्ने ठाउँमा दुर्घटना भएको हो । मृतकहरुको सनाखत हुन बाँकी रहेकोले घाइतेहरुको उद्धार भइरहेको प्रहरीले जनाएको छ । घाइते मध्ये एकजना कटारी नगरपालिका २ का अन्दाजी २५ बर्षिय चालक हरी कार्की, एक चारबािषर््य बालिका र एक महिला रहेको कटारी ट्राफिक इन्चार्ज डिवि दियालीले बताए । घाइतेहरुलाई उपचारका लागि कटारी अस्पताल पठाइने उनले बताए । नाजुक अवस्था रहेको उक्त राजमार्गमा सडक भिरालो र साँघुरो रहेको ठाउँमा दुर्...
सदस्य सचिव विष्टलाई ताली दिनेहरुले गाली दिन थाले

सदस्य सचिव विष्टलाई ताली दिनेहरुले गाली दिन थाले

खेलकुद, समाचार
पूर्णपुष्टि, कात्तिक १२ गते । उदयपुर–खेलकुद विकास परिषद्का सदस्य सचिव केशब विष्टले छ महिनामा व्याड्मिन्टन कवर्डहल निर्माण गर्ने भनी गरेको प्रतिबद्धता नौं महिना वितिसक्दा पनि अधुरै बनेको छ । चौथो उदयपुर गोल्डकपको उद्घाटनको सिलसिलामा गतबर्षको माघमा आएका सदस्य सचिव विष्टले जिल्ला खेलकुद विकास समितिको कार्यालय परिषरकै खाली जग्गामा कवर्डहलको सिलान्यास गर्दै छ महिनामा निर्माण सम्पन्न गर्नेगरी ३० लाख रुपैया बजेट विनियोजनको प्रतिबद्धता गरेका थिए । सिलान्यास समारोहमा प्रतिबद्धता गरिरहदा सबैको ताली खाएका विष्टले भने अनुरुप प्रतिबद्धता पुरा नगरेपछि आजभोली गाली पाउन थालेका छन् । जिल्ला व्याड्मिन्टन संघ र जिल्ला खेलकुख विकास समितिको पहलमा निर्माण गर्न लागिएको व्याड्मिन्टन कवर्डहल, ३० लाख बजेट मध्ये तत्काल १० लाख उपलब्ध गराई बाँकी रकम क्रमिकरुपले उपलब्ध गराई छ महिनाभित्रमा निर्माण पुरा गर्ने स...
उदयपुरमा ९ सय ३९ जना म्यादी प्रहरी छानिए

उदयपुरमा ९ सय ३९ जना म्यादी प्रहरी छानिए

समाचार
पूर्णपुष्टि, कात्तिक १० गते । गाईघाट–जिल्ला प्रहरी कार्यालय उदयपुरले प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनका लागि उदयपुरमा म्यादी प्रहरी छनौट कार्य सुक्रबार सम्पन्न गरेको छ । सुक्रबार म्यादी प्रहरी छनौटको अन्तिम परिणाम सार्बजनिक भएको छ । म्यादी प्रहरी छनौटका लागि असोज २४ देखि ३० गतेसम्म आवेदन आव्हान गरेको जिल्ला प्रहरीले उदयपुरमा ९ सय ३९ जना म्यादी प्रहरी छनौट गरेको जनाएको छ । १ सय ८७ जनाको नाम बैंकल्पिकमा निस्किएको छ । म्यादी प्रहरीका लागि २ हजार २ सय १९ जनाले फारम भरेका थिए । फारम भरेकालाई उचाई, तौल नाप्नुका साथै स्वस्थ्य परिक्षण, सेटअप, पसअप, रनिङ गराइएको थियो । त्यसमा पास हुनेहरुलाई लिखित र मौखिक परिक्षा लिई अन्तिम परिणाम निकालिएको जिल्ला प्रहरी प्रमुख एसपी नवराज भट्टले बताए । म्यादी प्रहरी छनौट भएकाहरुलाई तालिम दिईने जनाइएको छ । उनीहरुलाई जिल्लाको कटारी, बेल्टार, रामपुर ठोक्...
दायित्वबाट कोही विचलित नहुन प्रमुख परियारको आग्रह (भिडियोसहित)

दायित्वबाट कोही विचलित नहुन प्रमुख परियारको आग्रह (भिडियोसहित)

समाचार
पूर्णपुष्टि, कात्तिक ९ गते । गाईघाट–जिल्ला समन्वय समिति उदयपुरका प्रमुख खड्ग परियारले केन्द्रिय, प्रान्तिय र स्थानीय गरी तीनवटा तहको सरकार निर्माण गर्ने उद्देश्य अनुरुप स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको र अब प्रदेश तथा प्रतिनिधि सभाको निर्बाचन हुन लागेको भन्दै यसलाई पनि भयरहित शान्तिपूर्वक सम्पन्न गराउन सबै लागी पर्नुपर्ने बताएका छन् । मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना तथा उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख परियारले सो कुरा बताएका हुन् । लोकतन्त्रको सुन्दर पक्ष विधिको शासन भएको र विधिको शासनले नै मुलुकको उन्नती प्रगति हुने भन्दै उनले सुखी नेपाली र समृद्ध नेपाल निर्माण गर्ने महान अभियानलाई पूर्णता दिन प्रदेश र प्रतिनिधि सभाको निर्वाचन अपरिहार्य रहेको बताए । जिल्ला समन्वय समितिसंगै निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएकोमा खुसी व्यक्त गर्दै आप्mनो...
के भन्छन, उदयपुरका मुख्य निर्वाचन अधिकृत तेजेन्द्रप्रसाद शर्मा ? (भिडियोसहित)

के भन्छन, उदयपुरका मुख्य निर्वाचन अधिकृत तेजेन्द्रप्रसाद शर्मा ? (भिडियोसहित)

समाचार
पूर्णपुष्टि, कात्तिक ९ गते । गाईघाट–नेपाल सरकारको तर्फबाट निर्बाचन सम्पन्न गर्ने र न्याय परिषद, सर्बोच्च अदालतको तर्फबाट न्याय सम्पादन गर्ने दुई मुख्य जिम्मेवारी रहेको भन्दै उदयपुरका मुख्य निर्वाचन अधिकृत तेजेन्द्रप्रसाद शर्माले सबैसंग सहयोगको आग्रह गरेका छन् । दोस्रो चरणमा मंसीर २१ गते उदयपुर सहित ४५ जिल्लामा हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनलाई परिवर्तन व्यवस्थानको संज्ञा दिदै सबैले आप्mनो सिप र शैली प्रयोग गरेर प्रयोगमा ल्याउन आग्रह गरे । उनले बस रोकिदा सबै एकैचोटी पोको परेर पस्नु भन्दा लाईनमा बसेर चढ्दा छिटो हुने उदाहरण दिदै सोही ढंगले निर्वाचन व्यवस्थापन गरिनुपर्ने तर्क राख्दै उनले राजनीतिक दललाई लोकतान्त्रिक विधी र पद्धतीमा चलिदिन आग्रह गरे । साथै लोकतान्त्रिक विधी र पद्धती अनुरुप नै व्यवस्थापनमा जुट्ने उनले बताए । सुरक्षा प्रमुखहरु, मिडिया, कर्मचारीलाई सक्रिय ...