Wednesday, August 5News That Matters

Month: ९ वर्ष अगाडि

उदयपुरमा उच्च सुरक्षा सतर्कता, निर्बाचन विरोधी गतिविधिमा संलग्नको आशंकामा ८ पक्राउ

उदयपुरमा उच्च सुरक्षा सतर्कता, निर्बाचन विरोधी गतिविधिमा संलग्नको आशंकामा ८ पक्राउ

समाचार
पूर्णपुुष्टि/उदयपुर, मंसीर १५ गते । दोस्रो चरणको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन नजिकिदै जाँदा उदयपुरमा बम विष्फोटका घटना बढेपछि उच्च सुरक्षा सतर्कता अपनाइएको छ । शनिबार (भोली) कांग्रेस र बाम गठबन्धनको एकैदिन सदरमुकाम गाईघाटमा हुन लागेको आमसभा समेतलाई मध्येनजर दिदै स्थानीय प्रशासनले उच्च सतर्कता अपनाएको हो । बाम गठबन्धनको आमसभालाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ भने नेपाली कांग्रेसको आमसभालाई कांग्रेस केन्द्रिय सदस्य गुरुराज घिमिरेले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । आमसभा लगायत निर्बाचनको निम्ति सुरक्षा निकायका सबै अंगहरु नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विशेष प्रहरी र म्यादी प्रहरीलाई सुरक्षा उच्च सतर्कताका लागि खटाइएको स्थानीय प्रशासनले जनाएको छ । संयुक्त सडक गस्ती, ठाउँठाउँमा सुरक्षा चेकजाँचका साथै उम्मेदवार तथा चुनावी कार्य...