सामीद्वारा पत्रकारसंग अन्तरक्रिया
पूर्णपुष्टि/गाईघाट, पुस १६ गते ।
सुरक्षित आप्रवासन परियोजना (सामी)ले उदयपुरमा गरेको गतिविधिको बारेमा जानकारी राख्दै पत्रकारहरुसंग अन्तरक्रिया आइतबार गरेको छ ।
जिल्ला समन्वय समितिको हलमा पत्रकारहरुसँगको अन्तक्रिया तथा छलफल कार्यक्रममा पहिलो बर्षमा गरिएको गतिबिधि र अव गरिने बिभिन्न कार्ययोजनाहरुको बारेमा परियोजनाका उदयपुर संयोजक सोनम राईले जानकारी दिनुभयो ।
बिदेशमा पुगेर नेपालीहरुले दुख पाउने, ठगिने र कतिको ज्यानैसमेत जाने खालको असुरक्षित प्रवृतिको अन्त्यका लागि सामीले विभिन्न जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । तरपनि त्यस्ता समस्याहरु अझैपनि रहेको अवस्थालाई हटाउन पत्रकारहरुको सहयोग अपरिहार्य र महत्वपूर्ण रहेको संयोजक राईले बताउनुभयो ।
सहभागि पत्रकारहरले सामीले बैदेशिक रोजगारको समस्यालाई जिल्लामा न्युनिकरण गर्न सफल भएको प्रतिक्रिया दिदै अझ प्रभावकारीढंले अगाडी बढ्न...








