दुर्घटनाका गम्भिर घाइतेहरुले उदयपुरमा डाक्टरको मुख देख्न पाएनन, अस्पतालको लापारवाहीबारे सिडियोदेखि सर्बसाधारणसम्मले के भने ? (हेर्नुहोस् भिडियो)
पूर्णपुष्टि/उदयपुर, पुस ११ गते ।
जिल्ला अस्पताल उदयपुरको चरम लापरवाहीका कारण मंगलबार बोलेरो जीप दुर्घटना भई गम्भिर घाइते भएकाहरुले उपचार पाउन सकेनन् ।
एकजनाको घटनास्थलमै मृत्यु भएको दुर्घटनाका तीनजना गम्भिर घाइतेहरुलाई अस्पताल ल्याइएपनि डाक्टर नहुँदा उपचार पाउन नसकेको हो । रौतामाई गाउँपालिकाको सल्लेबाट गाईघाटतर्फ आउदै गरेको स १ च १२२८ नम्बरको बोलेरो जीप सोही गाउँपालिकाको वडा नं. ६ स्थित सितेनी भन्ने ठाउँमा भएको दुर्घटनामा त्रियुगा नगरपालिका १० का कमल मगरको मृत्यु भएको हो भने चालक रौतामाई गापा ४ का ३५ बर्षिय रत्न राई, यात्रुहरु रौतामाई गापा ४ कै ४० बर्षिया निर्मला राई र ४५ बर्षिय भक्तबहादुर सार्की गम्भिर घाइते भएका हुन् । अर्का एक यात्रु १४ बर्षिय बालक सन्देश राई भने हामफालेर सकुशल हुन सफल भएको प्रहरीले जनाएको छ ।
अस्पतालमा डाक्टर नभेटेकामा घाइतेका आफन्तहरुले अस्पतालमा आक्रोस व्...








