कृषक महासंघको समिक्षा सम्पन्न
पूर्णपुष्टि/गाईघाट, पुस ७ गते ।
केयर नेपालको सहयोगमा राष्ट्रिय कृषक महासंघ नेपालले पूर्वका तीन जिल्लामा सञ्चालन गरेको नागरिक समाज सवलिकरण परियोजनाको बार्षिक समिक्षा शुक्रबार गाईघाटमा सम्पन्न भएको छ ।
कृषि क्षेत्रमा देखिएका समस्या, चुनौती, अवसरका बारेमा वहस पैरवीको माध्यमबाट महासंघले राज्यको नीति निर्माणमा नै सघाउ पुर्याउने उदेश्यले विगत ४ बर्षदेखि यो परियोजना सञ्चालन गर्दै आएको छ । महासंघले परियोजनामार्फत कृषि क्षेत्रमा बनेका राम्रा नीति नियमहरु कार्यान्वयन तहमा दवाव दिने, नीति भएर पनि कृषकको अनुकुलमा नभएकालाई संशोधनमा दवाव दिने र आबश्यकता भएर पनि बन्न नसकेका केहि बुँदालाई नीतिमा समेटन दवाव दिने लक्ष्य लिएको केन्द्रिय महासचिव नवराज बस्नेतले जानकारी दिए ।
उनले भने, कृषि सम्बन्धी थुप्रै नीति बनेका छन्, कुनै काम लाग्ने छन्, कुनै कृषककै हितमा छैन्, तिनीहरु सबैको पुर्नरविचार गरी राम्र...









