Monday, April 20News That Matters

Month: ८ वर्ष अगाडि

उदयपुर पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा (फोटो फिचरसहित)

उदयपुर पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा (फोटो फिचरसहित)

समाचार, स्वास्थ्य
पूर्णपुष्टि/उदयपुर, माघ १६ गते -शहीद दिवससंगै उदयपुर जिल्ला मंगलबारदेखि पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा भएको छ । जिल्लाका आठ स्थानीयतहका जन्मेदेखिको १ बर्षभित्रका सबै बालबालिकाहरुलाई पूर्णखोप लगाउनुका साथै अव जन्मने बाबालिकालाई पनि खोप लगाईने सुनिश्चिततासहित घोषणा गरिएको हो । एक समारोहकाबीच प्रदेश नं. १ को प्रमुख डा. गोविन्द तम्बाहाङले उक्त उमेर समुहका जिल्लाका ७ हजार ८ सय ८९ बालबालिकाले विभिन्न रोग विरुद्धको सबैकिसिमका खोप पुरा गरेको भन्दै जिल्लालाई पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा गर्नुभयो । देश रक्षार्थ सहादत् प्राप्त बीर शहीदहरुको सम्मान र स्मरण गर्दै आयोजना गरिएको पूर्णखोप सुनिचितता जिल्ला घोषणा समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रदेश प्रमुख तम्बाहाङले जिल्लालाई पूर्णखोप सुनिश्चिततामा योगदान पुर्याउने सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो । शहीदहरुको स्मरण गर्दै उहाँले शहीद दिवस...
शहीद दिवससंगै उदयपुर पूर्ण खोप सुनिश्चितता घोषणा हुदै (भिडियोसहित)

शहीद दिवससंगै उदयपुर पूर्ण खोप सुनिश्चितता घोषणा हुदै (भिडियोसहित)

समाचार, स्वास्थ्य
पूर्णपुष्टि/उदयपुर, माघ १५ गते । -भोली अर्थात माघ १६ गते शहीद दिवससंगै उदयपुर जिल्लालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिदैछ । सोमबार पत्रकार सम्मेलन गरी शहीद दिवससंगै प्रदेश नं. १ को प्रमुख डा. गोविन्द तम्बाहाङको प्रमुख आतिथ्यमा भब्यरुपले घोषणा कार्यक्रम गरिने जिल्ला खोप समन्वय समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समिति उदयपुरका प्रमुख खड्गबहादुर परियारले जानकारी दिनुभयो । “स्थानीय स्वमित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता” भन्ने नाराका साथ बृहद र्याली तथा सभाको तयारी रहेको भन्दै प्रमुख परियारले सरोकारवाला सबैलाई सक्रिय सहभागिताको आग्रह गनुभयो । साविकको ४० गाविस र ३ नगरपालिका, हालको ४ गाउँपालिका र ४ नगरपालिका गरी ८ स्थानीय तहका ७ हजार ८ सय ८९ जना १२ देखि २३ महिनाका बालबालिकाहरुलाई पूर्ण खोप दिलाई घोषणा कार्यक्रम तय गरिएको बताइएको छ । स्वस्थ्य सेवा विभा...
मृत फेला परेकी बालिका बलात्कारपछि हत्या गरेको पुष्टी

मृत फेला परेकी बालिका बलात्कारपछि हत्या गरेको पुष्टी

समाचार
पूर्णपुष्टि/खोटाङ, १४ माघ गते । खोलाको बगरमा गाडिएको अवस्थामा शव फेला परेको रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाकी आठ वर्षीया बालिका लुमणी भनिने ब्रिस्मा राईलाई बलात्कारपछि हत्या गरेको पुष्टी भएको छ । गत माघ १० गते राति स्थानीय चिम्चिमा खोलाको बगरमा गाडिएको अवस्थामा फेला परेकी उनलाई सोही स्थानका १६ वर्षीय जीउधन राईले बलात्कारपछि हत्या गरेर ढाकछोप गर्न खोलाको बगरमा गाडेको पुष्टी भएको प्रहरीले जनाएको छ । घटना लगत्तै पक्राउ परेका जीउधनले दिएको बयान, घटनाको प्रकृति र शव परीक्षण गर्दा जबरजस्ती करणी गरेको पुष्टी भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिनुभयो । “प्रहरी नियन्त्रणमा रहेका जीउधनले शुरुमा खेल्नेक्रममा दुर्घटना भएको बताएका थिए ।” उहाँले भन्नुभयो, “घटनाको प्रकृति र शव परीक्षणको प्रतिवेदन आएपछि हिरासतमा राखेर थप अनुसन्धान गर्दा जबरजस्ती...
स्पोर्ट क्लवले चुम्यो प्रथम गाउँपालिका/नगरपालिका भलिवल उपाधि

स्पोर्ट क्लवले चुम्यो प्रथम गाउँपालिका/नगरपालिका भलिवल उपाधि

खेलकुद, समाचार
पूर्णपुष्टि/उदयपुर, माघ १४ गते । प्रथम उदयपुर स्पोर्ट कप गाउँ/नगरपालिका स्तरीय पुरुष भलिवल प्रतियोगिताको उपाधि आयोजक उदयपुर स्पोर्टस क्लबले चुमेको छ । फाईनल खेलमा बेलका नगरपालिकालाई पछि पार्दै स्पोर्ट क्लवले उपाधी हात पारेको हो । बेस्ट अफ फाईभमा २५-२३, २५-२१, २५-२३, २५-१९ र २५-१३ को सेटमा स्पोर्ट क्लवले जितेपछि बेलकाले दोस्रोस्थानमा चित्त बुझाउनुपरेको हो । | जितसँगै विजेता समूह उदयपुर स्पोर्टस क्लवलले नगद ६५ हजार शिल्ड, मेडल, उपविजेता बेलकाले नगद ३५ हजार शिल्ड मेडल, र तेस्रो स्थान हासिल गर्ने ताप्लिले नगद २० हजार र मेडल प्राप्त गरेको छ । ७ वटा टिम सहभागिता रहेको प्रतियोगितामा ताप्लि गाउँपालिकाले तेस्रो स्थान हाँसिल गरेको छ । ८ स्थानीय तह र १ आयोजक गरी ९ टिमले प्रतियोगितामा सहभागि जनाउने भनेपनि कटारी नगरपालिका र उदयुरगढी गाउँपालिकाले प्रतियोगितामा सहभागिता जनाएनन् ।...
सुनकोसीलाईपछि पार्दै बेलका सेमिफाइनलमा

सुनकोसीलाईपछि पार्दै बेलका सेमिफाइनलमा

खेलकुद, समाचार
पूर्णपुष्टि, माघ ११ गते । उदयपुरमा बिहीबारबाट सुरु भएको ‘प्रथम स्पोर्टस कप गाउँ र नगरपालिका स्तरीय पुरुष भलिवल प्रतियोगिता’ को उद्घाटन खेलमा बेलका नगरपालिका विजयी भएको छ । सदरमुकाम गाईघाटस्थित थरुहट रंगशालामा आयोजित प्रतियोगितामा सुनकोसी गाउँपालिकालाई पराजित गर्दै बेलकाले आफ्नो सेमिफाईनल यात्रा तय गरेको हो । वेष्ट अफ फाईभमा खेलाइएको उक्त प्रतियोगितामा बेलकाले पहिलो सेटमा २५–२२, दोस्रोमा २५–२३ थियो । लगातार दुई सेट जितिसकेको बेलकाले तेस्रो सेटमा सोचेअनुरुप खेल प्रर्दशन गर्न सकेन् । बेलकाको खराव प्रर्दशनलाई मौका उठाउँदै सुनकोसीले तेस्रो सेटमा २५–२१ ले जित हात पार्यो । अन्तत तेस्रो सेटको जितलाई सुनकोसीले चौथोँ सेटमा कायम राख्न सकेन् । चौथोँ सेटमा बेलकाले २५–१९ ले पछि पार्दै उद्घाटन खेलको जित हात पारेको हो । यसैगरी बिहीबार हुने भनिएको अर्को खेलमा उदयपुरगढी गाउँपालिकाले उपस्थिति ...
खोटाङ आईडलमा २९ छानिए

खोटाङ आईडलमा २९ छानिए

मनोरञ्जन, समाचार
पूर्णपुष्टि/खोटाङ, माघ ९ गते - खोटाङमा जारी बृहत साँगीतिक रियालिटी शो खोटाङ आईडलको मल्टिराउण्ड अडिसनबाट २९ जना प्रतिस्पर्धीहरु लोक आधुनिक राउण्डमा पुगेका छन् । ‘कला र गलाको सम्मान नयाँ प्रतिभाको खोजि हाम्रो अभियान’ भन्ने उद्देश्यका साथमा आयोजित आईडलमा रहेका ७० जना प्रतिभाबाट निखारिएका २९ जना गायक तथा गायिका छनौटमा परेका हुन् । मल्टिराउण्ड पार गरेका उनीहरु हर कसरत आफुलाई अन्य सामु उभिन साहशिषक मेहेनत गर्नुपर्ने भएको छ । परिवर्तन नेपाल हलेसी तुवाचुङ नगरपालिका ११ राजापानीद्धारा आयोजित रियालिटी शोको मल्टिराउण्ड अडिसनबाट छानिएका प्रतिस्पर्धीहरु लोकदोहरी गायक अडिराम राई, अटल राई र भक्त विश्वकर्माको निर्णायबाट आईडलको यात्रामा अगाडि आएका हुन् । सोमबार राति सम्पन्न मल्टिराउण्ड अडिसन पार गरेका २९ जनालाई पुनः १५ जनामा झारिने कार्यक्रम संयोजक जीवनकुमार राईले बताउनुभयो । १५ जनामा झारिएसँगै भ...
उदयपुरमा भब्य गाउँ/नगर भलिवल प्रतियोगिता हुने

उदयपुरमा भब्य गाउँ/नगर भलिवल प्रतियोगिता हुने

समाचार
पूर्णपुष्टि/गाईघाट, माघ ९ गते - उदयपुरमा पहिलोपटक ‘प्रथम स्पोर्टस कप गाउँ र नगरपालिका स्तरीय पुरुष भलिवल प्रतियोगिता’ हुने भएको छ । उदयपुर स्पोर्टस क्लवको आयोजना तथा त्रियुगा नगरपालिका, जिल्ला खेलकुद विकास समिति र जिल्ला भलिवल संघको संयोजनमा प्रतियोगिता हुन लागेको हो । मंगलबार पत्रकार सम्मेलन आयोजना गरी माघ ११ देखि १३ गतेसम्म प्रतियोगिता सञ्चालन हुने जानकारी दिइएको छ । जिल्लाका आठ स्थानीय तहहरु सुनकोसी, रौतामाई, ताप्लि र उदयपुरगढी गाउँपालिका र त्रियुगा, कटारी, चौदण्डीगढी र बेलका नगरपालिका अन्तर्गतका भलिबल समुहहरुले प्रतियोगितामा भाग लिने जनाइएको छ । स्थानीय थरुहट रंगशालामा हुने प्रतियोगितामा पहिलो हुनेले नगद ६५ हजार, दोश्रोले ३५, तेश्रोले २० र सर्वर, डिफेन्स, लिफ्टर, व्लकर, स्पाइकर, सर्वोत्कृष्ट विद्यामा २÷२ हजारका दरले नगद, मेडल, ट्रफी, शिल्ड पाउने मुल समारोह समितिका संयोजक तथ...
सांसद शुरेसकुमारको पहिलो तलब शिक्षामा

सांसद शुरेसकुमारको पहिलो तलब शिक्षामा

समाचार
पूर्णपुष्टि/उदयपुर, माघ ८ गते - मत दिएर चुनाव जिताउने जनताको मन जित्न प्रतिनिधिसभा सदस्य शुरेसकुमार राई (हिमाल) ले आफ्नो पहिलो महिनाको तलब शिक्षामा लगानी गर्ने भएका छन् । बाम गठबन्धनको साझा उम्मेदवार भई उदयपुर जिल्ला क्षेत्र नं. २ बाट जितेका सांसद राईले कटारी नगरपालिकास्थित त्रिवेणी उच्च माध्यामिक विद्यालयको स्वर्ण महोत्सवका लागि पहिलो महिनाको तलब प्रदान गर्ने घोषणा गर्नुभएको हो । उहाँले मासिकरुपमा आउने सेवा सुविधा अन्तर्गत पहिलो महिनाको तलब एक लाख रुपैयामा केही रकम थपेर कुल १ लाख १ हजार १ सय ११ रुपैया प्रदान गर्नुहुने भएको छ । आफ्नो क्षेत्र अन्तर्गतका पाँचवटै पालिकाका अधिकांश जनताका छोराछोरीले उच्च शिक्षा हाँसिल गर्ने उक्त विद्यालय स्थापना भएको ५० बर्ष पुरा हुनु र आफुले आफ्नो क्षेत्रमा काम थालनी गर्नु, संयोगबस समय मिलेकाले कार्य थालनीको रुपमा पहिलो तलब शिक्षामा लगानी गरेको सांसद ...
ऐन नियम नबुझ्दा जनताका कामकारवाही प्रभावित

ऐन नियम नबुझ्दा जनताका कामकारवाही प्रभावित

समाचार
पूर्णपुष्टि, माघ ५ गते । स्थानीय सरकार सञ्चालन कार्यविधीका बारेमा जनप्रतिनिधि नै अनविज्ञ रहँदा जनताका कामकारवाही प्रभावित बनेकाछन् । जनप्रतिनिधिको क्षमता अभिबृद्धी नहुँदा बनेका ऐन, कानुन कार्यन्वयनमा जटिलता र जनतासँग प्रत्यक्ष सरोकार राख्ने कतिपय कानुन निर्माण नहुँदा कामहरु प्रभावित बन्ने गरेका हुन् । देश संघिय संरचना गएपनि स्थानीय सरकारका जनप्रतिनिधिहरुलाई नयाँ संरचनाका बारेमा पूर्ण जानकारी नहुँदा कामकारवाहीमा समस्या उत्पन्न भएको भन्दै चौतर्फीरुपमा जनप्रतिनिधिहरुले आलोचना खेप्नु परेको छ । यसकासाथै कार्यान्वयनको प्रारम्भिकचरणमा रहेको संघियता व्यवस्थालाई सहज बनाउन र टिकाई राख्नका लागि उनीहरुको क्षमता अभिवृद्ध नगर्ने हो भने जनताका कामकारवाही अझ प्रभावित हुने देखिन्छ । यसैशिलशिलामा कानुनी प्रावधानका बारेमा जनप्रतिनिधिलाई जानकारी दिने उदेश्यले जिल्लामा पहिलोपटक रौतामाई गाउँपालिकाले स...