Wednesday, August 5News That Matters

Month: ९ वर्ष अगाडि

प्रेस चौतारी उदयपुरको नेतृत्वमा गणेश

प्रेस चौतारी उदयपुरको नेतृत्वमा गणेश

समाचार
पूर्णपुष्टि/गाईघाट, माघ २० गते । प्रेस चौतारी नेपाल उदयपुरको शनिबार सम्पन्न साधारणसभाले नयाँ नेतृत्व चयन गरेको छ । गणेश उप्रेतीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्बसहमत चयन गरेको हो । उपाध्यक्षमा इश्वर बलम्पाकी मगर, सचिवमा सुमित्रा कोइराला, सहसचिव करुणा कार्की, कोषाध्यक्ष हरि ढकाल रहेका छन् । त्यस्तै सदस्यहरुमा राकेश नेपाली, हिरा राई, हिरालाल दनुवार, केदार कटुवाल र रञ्जु दनुवार रहेका छन् । नयाँ कार्यसमितिलाई कार्यक्रममा उपस्थित अतिथिहरुले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।...
बेलकामा बृहद कृषिमेला सम्पन्न, नमुना घरवगैचा विशेष आकर्षण, ५१ कृषक पुरस्कृत

बेलकामा बृहद कृषिमेला सम्पन्न, नमुना घरवगैचा विशेष आकर्षण, ५१ कृषक पुरस्कृत

आर्थिक, समाचार
पूर्णपुष्टि/उदयपुर, माघ २० गते । जिल्लाको बेलका नगरपालिकामा आयोजना भएको बृहद कृषि मेलामा धित मरुन्जेल आप्mना कृषि उत्पादनहरु प्रदर्शनी तथा विक्री गर्न पाउदा कृषकहरु हर्षित मात्र हैन त्यत्तिकै उत्साहित पनि भएका छन् । कार्यक्रममा ५१ जना कृषकहरु विभिन्न बाली उत्पादनबाट पुरस्कृतसमेत भएका छन् । नगरपालिकाको मुख्य आयोजनामा तथा विषयगत विभिन्न सरकारी कार्यालय तथा गैरसरकारी संस्थाहरुको आयोजनामा माघ १७ देखि १९ गतेसम्म भएको जिल्लास्तरीय कृषि मेलामा कृषि उत्पादनका खाद्यान्न, पशुपंक्षी, माछा, फलफुल, तरकारी, दलहन, लहरेबाली लगायतका उत्पादनहरुको बृहद प्रदर्शनी भएको थियो । साथै कृषि प्रविधि तथा औजार, मेसिनहरुको पनि प्रदर्शनी भएको थियो । प्रदर्शनीमा नमुना घरवगैचा विशेष आकर्षक बन्यो । स्वच्छ, सफा र सभ्य एउटाघरसंगै हुनुपर्ने करेसाबारी, जुठेल्नो, फलफुलका बोटहरु, फुलबारी, माछापोखरी, घरगोठ, चर्पी आदि...