Monday, April 20News That Matters

Month: ८ वर्ष अगाडि

सुरक्षा प्रमुखकै आडमा महोत्सव विकृति

सुरक्षा प्रमुखकै आडमा महोत्सव विकृति

समाचार
पूर्णपुष्टि/उदयपुर, फागुन १६ गते -स्थानीय प्रशासनले नविकरनै नभएको संस्थालाई अनुमति दिन्छ, अनि प्रशासनले ८ : ३० बजेसम्म मात्र समय तोकेको महोत्सवमा जिल्ला सुरक्षा प्रमुखहरु नै ९ : ०० बज्दासम्म रमिते भएर फर्कन्छ भने फेसनको रुपमा महोत्सव किन नमौलाओस् ? बुधबार ८ : ३० बजे पत्रकारको एक टोली अनुगमनका लागि महोत्सवस्थल प्रदेश गर्दा फिल्डमै जिल्ला सुरक्षा प्रमुखहरु जिल्ला प्रहरी प्रमुख एसपी नवराज भट्ट र सशस्त्र प्रहरी त्रियुगा गुल्मका डिएसपी पुरनचन्द भट्ट भेटिए । समयले नेटो काटेकोले बन्द गर्ने निर्देशन दिनुको सट्टा ९ : ०० बजेसम्म सुरक्षा प्रमुखहरु आफै रमिते भएर फर्किए । महोत्सव आयोजकले अझ हौसिएर नाचगान चलाईरह्यो । सुरक्षा प्रमुखहरुकै आड पाएपछि प्रशासनले तोकेको समयलाई वेवास्ता गर्दै आयोजकले महोत्सव चलाएको हो । अघिल्लो दिनपनि तोकेको समयभन्दा अबेरसम्म चलाएको महोत्सव उक्तदिन १० बजे भन्दा बढ...
महोत्सवमा जुवाजन्य र मदिराजन्य निषेधित गतिविधि

महोत्सवमा जुवाजन्य र मदिराजन्य निषेधित गतिविधि

समाचार
पूर्णपुष्टि/उदयपुर, फागुन १६ गते -त्रियुगा उद्योग वाणिज्य संघ गाईघाटले आयोजना गरेको महोत्सवमा प्रशासनद्वारा निषेधित जुवाजन्य खेल तथा मानिस तर्सने खेल, तमासा, जादु र मदिराजन्य बस्तुको विक्रीवितरण भईरहेको छ । मंगलबारबाट सुरु पहिलो प्रदेश महोत्सवलाई स्थानीय प्रशासनले अनुमति प्रदान गर्दा जुवाजन्य खेल, मानिस तर्सने खेल, तमासा, जादु र मदिरा जन्यबस्तुको विक्री वितरण नगर्न स्पष्ट निर्देशन दिएपनि त्यहाँ जुवाजन्य भाग्य परिक्षणखेल, मानिस तर्सने भुतघर, जादु र मदिराजन्य टुबोर्ग र अर्ना वियरको स्टल नै राखेर विक्रीवितरण भईरहेको छ । प्रशासनले प्रदान गरेको अनुमती पत्रको निषेधित गर्नुपर्ने गतिविधि तर्फ बुदा नं. १ मा रकम हारजीत हुने खेल तथा जुवा र जुवाजन्य खेलहरु निषेध गरिएको, बुदा नं. २ मा मानिस तर्सने खेल, तमासा, जादु निषेध गरिएको र बुदा नं. ४ मा मदिराको कारोवार निषेध भनिएकोमा सोको आयोजकल...
महोत्सवको उद्घाटन उल्लासमय बनेन

महोत्सवको उद्घाटन उल्लासमय बनेन

आर्थिक, समाचार
पूर्णपुष्टि/उदयपुर, फागुन १५ गते -त्रियुगा उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सवको उद्घाटन समारोह उल्लासमय बन्न सकेन । मंगलबारदेखि सुरु १० दिने पहिलो प्रदेश महोत्सवको उद्घाटन समारोह विगतको दाँजोमा आमन्त्रित अतिथि तथा दर्शकहरुको उपस्थिति न्यून भएपछि समारोह उल्लासमय बन्न नसकेको हो । विगतमा मञ्च अगाडीको भाग दर्शकले टनाटन भरिनेमा यसपटक सुन्य रह्यो । सांसद कला घले, केही राजनीतिक दलका नेता, केही कार्यालय प्रमुख, सुरक्षा प्रमुख मात्रको उपस्थिति थियो । कार्यक्रममा बोल्दै अतिथिहरुले महोत्सवको मर्म, उदेश्य अनुरुप सञ्चालन गरेर स्थानीयको मत जित्नुपर्ने बताए । अहिलेसम्मको महोत्सव उपलब्धीमुलक हुन नसक्नुले विवादित अवस्था देखिएको भन्दै त्यसलाई सच्याएर सही महोत्सव, सहि नेतृत्व कायम गर्न सुझाव दिएका थिए । कार्यक्रममा प्रमुख अतिथि भनिएको प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राई, विशेष अतिथि...
व्यापारी नआएपछि महोत्सव -र्यालीमा विद्यार्थी प्रयोग

व्यापारी नआएपछि महोत्सव -र्यालीमा विद्यार्थी प्रयोग

समाचार
पूर्णपुष्टि/उदयपुर, फागुन १५ गते -त्रियुगा उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सव -र्यालीमा व्यापारीहरुकै सहभागिता नरहेपछि विद्यार्थी प्रयोग गरिएको छ । औलामा गन्न सकिने व्यापारीबाहेक अरु नआएपछि त्रियुगा माध्यामिक विद्यालयका विद्यार्थी प्रयोग गरिएको हो । ५०/६० जना संख्याको हाराहारीमा विद्यार्थी र्यालीमा उतारिएको थियो । कुनै पनि मेला, महोत्सव तथा कार्यक्रमको र्यालीमा विद्यार्थीलाई प्रयोग गरेर कष्ट दिन नहुने कुराको विपरित विद्यालयले पनि विद्यार्थीलाई र्यालीमा पठाएको छ । विद्यालयका प्रधानाध्यापक सुवास विष्टले संघले पत्रनै काटेर अनुरोध गरेकोले विहानको पढाई पछि थोरै संख्यामा विद्यार्थी पठाइएको बताउनुभयो । विद्यालय पोशाकमै सहभागि विद्यार्थीहरु अढाईघण्टा कष्टपूर्ण बसाईपछि र्यालीमा हिडेका थिए । र्यालीकै क्रममा पिपलचौकमा वितरण गरिएको पानीमा लुछाचुडी गरेको दृष्यबाट उनीहरु थकान र तिर्खामा ...
मुख्यमन्त्रीलाई किराबिको ज्ञापनपत्र

मुख्यमन्त्रीलाई किराबिको ज्ञापनपत्र

समाचार
पूर्णपुष्टि/उदयपुर, फागुन १५ गते -किराँत राई विद्यार्थी संघले प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईलाई सोमबार ज्ञापनपत्र बुझाउदै प्रदेश नं. १ को नामाकरण गर्दा “किराँत प्रदेश” हुनुपर्ने माग गरेको छ । संघको केन्द्रिय अध्यक्ष विर्सिका राईको नेतृत्वमा विभिन्न जिल्ला अध्यक्षहरु र अगुवा राई विद्यार्थीहरुले मुख्यमन्त्री राईलाई भेटी ज्ञापन पत्र बुझाएको हो । ज्ञापनपत्रमा विभिन्न प्रमाणीत र ऐतिहासिक आधारमा प्रदेशको नाम “किराँत प्रदेश” होस् भनिएको छ । किराँत सभ्याता, सांस्कृतिक, भाषिक, सामाजिक, ऐतिहासिक, भोैगोलिक र राजनीतिक सबैं आधारलाई मध्येनजर गरी प्रदेश नं. १ सरकारले “किराँत प्रदेश” नै नामाकारण गरोस् भनिएको छ । संघकी केन्द्रिय अध्यक्ष विर्सिकाले ज्ञापनपत्र बुझाउनु भएको थियो । त्यसक्रममा मुख्यमन्त्री राईले किराँत समुदायको ऐतिहासिक, सांस्कृतिक, सामाजिक सबैखाले आधारलाई सम्मान गर्दै र समग...
महोत्सव विवादित देखिएपछि मुख्यमन्त्री नआउने

महोत्सव विवादित देखिएपछि मुख्यमन्त्री नआउने

आर्थिक, समाचार
पूर्णपुष्टि/उदयपुर, फागुन १५ गते -त्रियुगा उद्योग वाणिज्य संघले गाईघाटमा आयोजना गरेको पहिलो प्रदेश महोत्सव त्रियुगा –२०७४ विवादितको कारण मुख्यमन्त्री शेरधन राई प्रमुख अतिथिकको रुपमा नआउने भएका छन् । परिक्षाको मुखमा महोत्सव राखेको, बर्षैपिच्छे महोत्सव लगाएपनि एउटा उपलब्धी देखाउन नसकेको, संस्थाभित्र आर्थिक घोटला रहेको र संस्थै नविकरण नरहेको लगायतका कुराहरु सञ्चारमाध्यमहरुमा आएपछि कार्यव्यस्तताको कारण देखाउदै मुख्यमन्त्री राई नआउने भएका हुन् । “मुख्यमन्त्री ज्यूको कार्य व्यस्तताको कारण आउन नसक्ने अवस्था भो” पत्रकार ध्रुव सुवेदीले भन्नुभयो । फागुन १५ देखि २५ सम्म सञ्चालन हुने महोत्सवमा मुख्यमन्त्री नआउने भएपछि नयाँ प्रमुख अतिथिको खोजीमा आयोजक लागेको छ । संघका उपाध्यक्ष रमेश विकले विहानसम्म मुख्यमन्त्री आउने कुरा थियो, फेरी नआउने भन्ने कुरा आएको बताउनुभयो । मुख्यमन्त्री नआउने भएप...
फेरी पनि परिक्षाको मुखैमा महोत्सव, अभिभावक तथा विद्यार्थी संगठनको विरोध, नविकरनै नभएको र लाखौं हिनामिना गरेको संघलाई प्रशासनद्वारा अनुमति

फेरी पनि परिक्षाको मुखैमा महोत्सव, अभिभावक तथा विद्यार्थी संगठनको विरोध, नविकरनै नभएको र लाखौं हिनामिना गरेको संघलाई प्रशासनद्वारा अनुमति

आर्थिक, समाचार
पूर्णपुष्टि, उदयपुर, फागुन १४ गते । -त्रियुगा उद्योग वाणिज्य संघ, गाईघाटले जहिले पनि विद्यार्थीको परीक्षाको मुखमा महोत्सव गरेर शैक्षिक वातावरण खलल पुर्याउने काम गरेपनि सम्बन्धीत निकायले रोक्न सकेको छैन । यसपटक पनि संघले विद्यार्थीको परीक्षाको मुखैमा महोत्सव राखेर शैक्षिक वातावरण खलल पुर्याउने निश्चित छ तर, सम्बन्धीत निकायहरु शिक्षा कार्यालय, प्रशासनले रोक्ने काम गरेको छैन । बरु उल्टै प्रशासनले सञ्चालनको अनुमति प्रदान गरेको छ । अझ नविकरण नै नभएको सो संस्थालाई महोत्सव गर्ने अनुमति दिएर त्रुटी भएको छ । करोडौंको कारोवार हुने मात्र नभई शान्ति सुरक्षादेखि विविध चुनौती रहने महोत्सव नविकरनै नभएको संस्थालाई सन्चालनको अनुमति दिनाले प्रशासनसमेत आलोचनामा परेको छ । अभिभावक तथा केही व्यापारीहरुले विरोध गरेपनि अन्यवेला विद्यार्थीको हकहितको नारा लगाउने विद्यार्थी संगठनहरु, बालअधिकारका कुरा गर्ने ...
ताप्ली गाउँपालिका प्रमुख उद्धवसिंह थापाको  पहिलो भिडियो अन्तरवार्ताबाट गाउँको नाजुक अवस्थाको कारण पत्ता लाग्यो

ताप्ली गाउँपालिका प्रमुख उद्धवसिंह थापाको पहिलो भिडियो अन्तरवार्ताबाट गाउँको नाजुक अवस्थाको कारण पत्ता लाग्यो

Breaking News 1
भिडियो अन्तरवार्ता हेर्नका लागि तलको लिंकमा क्लिक गर्नुहोला । https://www.youtube.com/watch?v=LTslZ22nrnk&t=12s
किरावि संघ उदयपुरको नयाँ नेतृत्वद्वारा सिर्जनशिल काम र गतिविधि गर्ने प्रतिबद्धता

किरावि संघ उदयपुरको नयाँ नेतृत्वद्वारा सिर्जनशिल काम र गतिविधि गर्ने प्रतिबद्धता

समाचार
पूर्णपुष्टि/उदयपुर, फागुन १३ गते -राई विद्यार्थीहरुको शिक्षा, हक, अधिकार र सामाजिक तथा राजनैतिक विषयलाईसमेत नजिकबाट अध्ययन गर्ने एकमात्र अगुवा संगठन किराँत राई विद्यार्थी संघको उदयपुर जिल्ला कमिटीको नेतृत्व गर्ने अवसर इशाक राईले पाएका छन् । नेतृत्व पाएसंगै राईले जिल्लाभरीका विद्यार्थीहरुलाई समेट्दै राई विद्यार्थीहरुको शिक्षामा टेवा पुग्ने सिर्जनशिल काम र गतिविधिहरु गर्ने प्रतिबद्धता जनाएका छन् । “किराँत प्रदेश प्राप्तीको लागि हाम्रो अभियान, त्रिभाषिक शिक्षा नीतिको पक्षमा सातौं जिल्ला सम्मेलन” भन्ने मुल नाराका साथ शनिबार सम्पन्न किराँत राई विद्यार्थी संघ उदयपुरको सातौं जिल्ला सम्मेलनले २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । उपाध्यक्षमा देविका राई, सचिव बिपन राई, सहसचिव प्रमिला राई र कोषाध्यक्षमा रोजिना राई रहेका छन् । सदस्यहरुमा निशा राई, हेमराज राई, ज्योती राई, निरुता राई, अम्...
बासुरी र संवाद

बासुरी र संवाद

मनोरञ्जन
-उदयपुरका एक पुरानो सर्जकको रुपमा परिचित लोकु चामलिङसंगको बासुरी कला र संवाद प्रस्तुत छ । https://www.youtube.com/watch?v=sSEbDTH3dm8