Monday, April 20News That Matters

Month: ८ वर्ष अगाडि

“किराँत प्रदेश” नामाकरणको माग

“किराँत प्रदेश” नामाकरणको माग

समाचार
पूर्णपुष्टि/गाईघाट, फागुन १० गते -किराँत राई विद्यार्थी संघ उदयपुरले प्रदेश नं. १ को नामाकरण किराँत प्रदेश हुनुपर्ने माग गरेको छ । फागुन १२ गते हुने किराँत राई विद्यार्थी संघको सातौं जिल्ला अधिवेशनको पूर्व सन्ध्यामा सुक्रबार गाईघाट चौकमा दिपावली गर्दै  विद्यार्थीहरुले किराँत समुदायको सहअस्तित्व र जातीय सद्भाव र सम्मानका लागि यस्तो माग गरेको जनाएको छ । प्रदेश नं. १ को नामाकारणमा राजनीतिक दलहरु अड्किरहेको अवस्थामा किराँत राज्य नामाकरण गरेर ऐतिहासिक योगदानको कदर गर्न जोडदार माग गरेका छन् । संघकी केन्द्रिय अध्यक्ष विर्सिका राईको प्रमुख आतिथ्यमा हुने जिल्ला सम्मेलनको भब्य तयारी रहेको पनि संघका जिल्ला सचिव तथा केन्द्रिय सदस्य देवराज राईले बताउनुभयो ।...
एटुजेड क्वीजमा क्यानभास प्रथम, त्रियुगा लिटलफ्लावर्स दोस्रो र लालीगुराँस तेस्रो

एटुजेड क्वीजमा क्यानभास प्रथम, त्रियुगा लिटलफ्लावर्स दोस्रो र लालीगुराँस तेस्रो

शिक्षा, समाचार
पूर्णपुष्टि, गाईघाट, फागुन १० -विद्यार्थीहरुमा चौतर्फी ज्ञानको विकास गर्ने उद्देश्यले सुक्रबार गाईघाटमा आयोजित प्रथम ए टु जेड बुक्स प्लालेस इन्टर स्कूल क्विज प्रतियोगिता २०७४ मा क्यानभास बोर्डिङ स्कूल, गाईघाटका विद्यार्थी जोडी प्रथम भएको छ । त्रियुगा नगरपालिकाका विभिन्न नौं विद्यालयका सहभागि जोडीहरुलाई पछि पार्दै सो स्कूलका प्रतिश पोखरेल र प्रतिमा बञ्जराको जोडीले प्रथम स्थान हाँसिल गरेको हो । त्रियुगा लिटल फ्लावर्स इंलिस स्कुल बोक्सेका इन्द्रकला राई र नवदिप राईको विद्यार्थी जोडी दोस्रो भए भने तेस्रो स्थानमा लालीगुरास बोर्डिङ स्कूल गाईघाटका शेखर कोइराला र रितम दाहालको विद्यार्थी जोडी सफल भए । ए टु जेड बुक्स प्लालेस गाईघाटद्वारा आयोजित प्रतियोगिताका प्रथम, दोस्रो तेस्रो स्थानमा आउन सफल विद्यार्थीहलाई शिल्ड, मेडल, प्रमाणपत्रका साथै क्रमशः ५, ३ र १ हजार नगदले पुरस्कृत गरिएको थिय...
लहानमा बम विष्फोट, एक घाइते

लहानमा बम विष्फोट, एक घाइते

समाचार
पूर्णपुष्टि/लहान, फागुन १० गते -सिरहाको लहान नगरपालिकाको शहीद चोकमा बिहिबार प्रेसर कुकुर बम बिस्फोट भएको छ । प्रहरीका अनुसार बिस्फोटबाट अनिल अग्रवालको छातीमा चोट लागेर गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । अति व्यस्त रहने शहीद चोकमा रहेको शुभलक्ष्मी स्टोर अगाडि बोरामा बेरेर राखेको बम बिस्फोट भएको इलाका प्रहरी कार्यालय लहानलाई उद्धृत गर्दै अनलाईन खबरले जनाएको छ । बम कसले र किन राखेको भन्ने खुलेको छैन । प्रहरीले घटना बारे थप अनुसन्धान भइरहेको जनाएको छ । दुई महिना अगाडि पनि उक्त ठाउँमा बम बिस्फोट भएको थियो ।...
सांसद थापालाई सम्मानसंगै विदाई, उपाध्यक्षमा खड्का मनोनित

सांसद थापालाई सम्मानसंगै विदाई, उपाध्यक्षमा खड्का मनोनित

समाचार
पूर्णपुष्टि/गाईघाट, फागुन १० गते -सामुदायिक प्रहरी सेवा केन्द्र उदयपुरको उपाध्यक्ष अम्बिका थापा सांसद बन्नु भएपछि उहाँलाई सम्मानसँगै बिदाई गरिएको छ । थापालाई बिहीबार सांसद बन्नु भएकोमा सम्मान गर्दै पदबाट विदाई गरिएको हो । सेवा केन्द्रका अध्यक्ष प्रकाशकुमार बस्नेत, जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी नवराज भट्ट, कोषाध्यक्ष महेश्वरी राई, स्वतन्त्र पत्रकार सेनानी कौशल चेम्जोङ लगायतले अविर र खादा लगाइ सम्मान गर्दै आगामी दिनमा प्रदेश सरकारसँग आबश्यक समन्वय गरी उदयपुरको सामुदायिक प्रहरीलाई देशकै नमुना बनाउन भुमिका खेलिदिन आग्रह गरे । सांसद थापाले जिल्लाका हरेक गतिबिधीहरुमा सामुदायिक प्रहरीले सकारात्मक ढंगले उपस्थितिजनाई कामहरु गरेको चर्चा गर्नुभयो । उहाँले विशेषगरी लागुऔषध नियन्त्रण, समाजमा भईरहेका नकारात्मक सन्देशलाई नियन्त्रण गर्न सफल भएको बताउनुभयो । थापाले माथिल्लो निकायब...
तान बुन्ने आमासंग (कविता)

तान बुन्ने आमासंग (कविता)

साहित्य
जीवन आराेही बर्षाैदेखी रहरहरु बन्दकी राखेर तान बुनिरहेछिन प्राचीन आमाहरु । रहरसगै बन्दकमा छन् अाेठकाे मुस्कान र अधुरा सपनाहरु पनि । चर्खा तान्दा तान्दै तन्कने ठाउँ नपाएर चाउरी परिसक्याे अनुहारकाे अादिम धागाेहरु, बरु खुम्चिदै गईरहेछन जीवनकाे आयतन । र पनि चर्खासगै दाैडिरहेछन् आमाकाे प्राचीन हात र आैलाहरु । आमा र याे समयसँग केही त छ -सम्बन्ध । जस्ताे कि- बर्षाैँ पहिले जसरि नै अामाकै अाँखाकाे अागन टेकेर गएकाे घाम हरेक साझ बिहान अस्ताउदै जान्छ बैँस बिसाउदै, उदाउदै आउँछ बैँस फिजाउदै । ख्वै कहाँ कहाँसम्म पुगेर घर फिर्छन हाेला अामासगै ब्युझेका गाैथली चराहरु ? कतिवटा बगैचाकाे साैन्दर्य चुमेर अाईपुग्छन् आमासगै घरबाहिर निस्किएका प्रेमदुत जस्ता माहुरिहरु ? वा पर्याे कि कुनै दुस्मनकाे चेकपाेष्ट तिर ? पधेरामा भेट भएका आमाकाे मन जस्तै पानीका थाेपा कत्ति छागा, छहारा र नाग...
त्रिमाविमा किराबि इकाई गठन

त्रिमाविमा किराबि इकाई गठन

शिक्षा, समाचार
पूर्णपुष्टि/गाईघाट, फागुन ९ गते -त्रियुगा मावि गाईघाटमा बुधबार ११ र १२ कक्षाका विद्यार्थीहरुको भेलाले बिक्रम राईको अध्यक्षतामा ३४ सदस्यीय किरात राई विद्यार्थी संघ, इकाई कमिटि गठन भएको छ । किराबि केन्द्रीय सदस्य तथा जिल्ला सचिव देवराज राईको उपस्थितिमा गठन भएको इकाईको उपाध्यक्ष्य बिज्ञान राई, सचिव विमला राई, सहसचिव योजना राई र कोषाध्यक्षमा रेमा राई रहेका छन्् । आगामी फागुन १२ गते किरात विद्यार्थी संघको जिल्ला सम्मेलन हुने भएसँगै जिल्लाका विभिन्न क्याम्पसहरुमा संगठन बिस्तार अभियान भईरहेको जनाइएको छ । जिल्ला सम्मेलन भब्यरुपले गर्न तयारी भईरहेको पनि जनाइएको छ । किरात विद्यार्थीहरुको शैक्षिक स्तर उकास्न मुख्य भूमिका खेल्दै किराँत राई भाषा, धर्म, संस्कार, संस्कृतिको संरक्षण र सम्बद्र्धनमा टेवा पुर्याउने उदेश्यले संघको गठन भएको भेला कार्यक्रमका प्रमुख अतिथि एवम् संघका केन्द्रिय सदस्य द...
नगरपालिकाद्वारा विषयगत कार्यालयको निरिक्षण

नगरपालिकाद्वारा विषयगत कार्यालयको निरिक्षण

समाचार
पूर्णपुष्टि/गाईघाट, फागुन ९ गते -त्रियुगा नगरपालिकार्काबाट बुधबार विभिन्न विषयगत कार्यालयहरुको निरक्षण भएको छ । नगरपालिकाका मेयर बलदेव चौधरी, उपमेयर देवि चौधरी रहेको टोलीले विषयगत सरकारी कार्यालयहरुको निरिक्षण गरेको हो । वडा नं. १६ का वडाध्यक्ष तथा सामाजिक फाँटका संयोजक मानबहादुर राई, वडा नं. १५ का वडाध्यक्ष निरबहादुर मगर र वडा नं. १४ का वडाध्यक्ष कुरुङ राईसहितको टोलीले सडक, सञ्चार, खानेपानी लगायतका कार्यालयहरुको निरिक्षण गरेको थियो । नगरक्षेत्रमा सञ्चालित योजनाहरुको अवस्था, कर्मचारीको कार्यसम्पादन तथा जनताले पाउने सेवा सुविधाको अवस्था बारे बुभ्mनुका साथै अवका दिनमा अझ समन्वयात्मक भूमिका बढाउदै प्रभावकारी ढंगले काम कारवाही अगाडी बढाउने उद्देश्यले निरिक्षण कार्यक्रम गरिएको सामाजिक फाँट संयोजक राईले बताउनुभयो । यसका साथै नगर क्षेत्रको विकासमा अवका सम्भावनाहरु के के छन्, तिनिहरुको...
चलचित्र ‘यारी’को उत्कृष्ट प्रदर्शन

चलचित्र ‘यारी’को उत्कृष्ट प्रदर्शन

मनोरञ्जन, समाचार
प्रमिला वान्तावा राई/ धरान, फागुन ९ गते -चलचित्र विकास बोर्डबाट यसैसाल सम्मान थापेको चलचित्र ‘यारी’ सोमबार धरानमा प्रदर्शन गरिएको छ । किरात राई जातिको मौलिक संस्कार, सँस्कृति, रितीरिवाजमा आधारित चलचित्र यारीको प्रदर्शनले भब्यता पाएको थियो भने दर्शकहरुले चलचित्र हेरिसकेपछि उत्कृष्ट रहेको प्रतिक्रिया दिए । किरात राई साँस्कृतिक कलाकार संघ सुनसरीको आयोजनामा धरानको गणेश टाकिजमा यारी प्रदर्शन भएको थियो । बीरबहादुर राई (युवराज) को लेखन, छायांकन तथा निर्देशनमा बनेको फिल्ममा किराती संस्कृतिलाई जिवन्त उतार्न खोजिएको छ । गाउँमा आउने विकासले सँस्कार तथा संस्कृतिलाई मेट्दै गएको तितो यथार्थ चलचित्रमा त्यसलाई इंगित गरिएको निर्देशक राईले बताउनुभयो । चलचित्र यारीको अर्थ किरात राईमा भविष्यवाणी रहेको निर्देशक राईले बताउनुभयो । चलचित्रमा राईहरुको कला, भेषभुषा, संस्कार, संस्कृतिहरु झल्काउदै अवको पुस्त...
उदयपुरमा हात्तिपाइले रोग निवारणको अवस्था देखियो

उदयपुरमा हात्तिपाइले रोग निवारणको अवस्था देखियो

समाचार
पूर्णपुष्टि/उदयपुर, फागुन ९ गते -जिल्ला जनस्वस्थ्य कार्यालय उदयपुरले जिल्लाबाट हात्तिपाइले रोग निवारण भएको अवस्था देखिएकोले यसपटक अन्तिम पटक हात्तिपाइले आम औषधी सेवन कार्यक्रम राखिएको जनाएको छ । अन्तिम पटकको औषधि सेवन कार्यक्रम आगामी फागुन १२, १३ र १४ गते भएकाले गर्भवती, दीर्घरोगी, २ बर्षमुनीका बालबालिका र ७ दिनसम्मका सुत्केरी बाहेकका सबैले सहभागिता जनाईदिन जनस्वस्थ्य प्रमुख सागर प्रसाईले अनुरोध गर्नुभएको छ । प्रमुख प्रसाईका अनुसार जिल्लाको साविक जोगिदह गाविस र कटारी नगरपालिकाका तीन÷तीन सय मासिसको रगत परिक्षण गर्दा १ प्रतिशत भन्दा कमीमा मात्र लक्षण देखिएकाले निवारणको अवस्था देखिएको हो । यो पटकको औषधि सेवन कार्यक्रमपछि पनि तीन पटकसम्म परिक्षण गरी तीनै परिक्षणबाट १ प्रतिशतभन्दा कम प्रकोप दर देखिएमा जिल्लालाई हात्तिपाइले रोग निवारण भएको घोषणा गरिने उहाँले बताउनुभयो । ५ पटकसम्म ...
सरकारी निकायनै बाधक भएको मोही हकवालाको आरोप

सरकारी निकायनै बाधक भएको मोही हकवालाको आरोप

समाचार
पूर्णपुष्टि/उदयपुर, फागुन ९ गते -भूमि अधिकार मञ्च उदयपुरले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी मोही हकवालाहरुले आप्mनो अधिकार प्राप्तीमा सरकारी निकाय नै बाधक बनेको गुनासो गरेका छन् । उदयपुरका ४ सय ३७ बढि मोही हकवाला किसानहरुले आप्mनो हक खोज्दा स्थानीय तहबाट पाउनुपर्ने सेवा र सहयोग नपाएको बरु, उल्टै बाधक बनेको गुनासो गरेका हुन् । सरकारले २०७५ भदौं ४ गतेसम्ममा मोही हकवालाहरुले प्रमाणसहित मालपोत कार्यालयमा निवेदन दर्ता गर्न भनेपनि वडा कार्यालयबाट पाउनुपर्ने सिफारिस, नाताप्रमाणित जस्ता कामहरु नगरिदिने गुनासो उनीहरुले गरेका छन् । केही वडाहरुले काम गरिदिएपनि केही वडाहरु नियतवस् बाधक बनिदिने गरेको बताए । यसका साथै मालपोत कार्यालयमासमेत मोहीहकवालाको काम भनेपछि वेवास्ता गरिदिने गुनासो उनीहरुको छ । सरकारले मोही हक प्रमाणपत्र पाएका किसानहरुले जग्गाधनीबाट आधा जग्गा पाउने अधिकार प्रत्यायोजन गर...