Monday, April 20News That Matters

Month: ८ वर्ष अगाडि

सप्तकोशीमा जलयात्रा लोकप्रीय

सप्तकोशीमा जलयात्रा लोकप्रीय

पर्यटन, समाचार
भोटराज राई/उदयपुर, जेठ २३ गते -यतिबेला पूर्वमा जल यातायात लोकप्रीय बन्दै गएको छ । उदयपुरको बेलका नगरपालिका र सुनसरीको बराहा नगरपालिकाको बीचमा रहेको सप्तकोशी पुलबाट भोजपुरको हलेदे र धनकुटाको सिम्लेसम्मको जल यातायात लोकप्रीय बन्दै गएको हो । त्यहाँ दुईओटा जेटबोटबाट यात्रु तथा पर्यटकहरुलाई जलयात्रा गराईराखिएको र आवत जावतका लागि यात्रुको कमी नरहेको जेटबोटका क्याप्टेन बृक्षसिंह दनुवारले बताउनुभयो । नेपालकै पहिलो जेटबोट क्याप्टेन दनुवारका अनुसार पर्यटक तथा यात्रुहरुले जलयात्रा मनपराईदिएकाले जल यातायातको सम्भावना राम्रो देखिएको छ । सप्तकोशीको वहावसंगै करिब १५ किलोमिटरको दुरीमा रहेको सो ठाउँमा जल यातायात नहुदा विकटताका कारण हिडेर ७ घण्टासम्म लाग्ने गरेकामा जेटबोटबाट १५ मिनेटमै दुरी पार गर्ने गरेका छन् । भोजपुर, धनकुटा र उदयपुरकै माथिल्लो भेगका बासिन्दाहरुलाई मधेस र पहाड आवत जावतमा बरदान झै सा...