Monday, April 20News That Matters

Month: ८ वर्ष अगाडि

करदाता सेवा कार्यालय गाईघाटले सेवाग्राहीलाई के कस्तो समस्या, झन्जट दिइरहेको छ ??? सेवाग्राही र कर अधिकृतसंग प्रत्यक्ष कुराकानी ।

करदाता सेवा कार्यालय गाईघाटले सेवाग्राहीलाई के कस्तो समस्या, झन्जट दिइरहेको छ ??? सेवाग्राही र कर अधिकृतसंग प्रत्यक्ष कुराकानी ।

Breaking News 1
करदाता सेवा कार्यालय गाईघाटले सेवाग्राहीलाई के कस्तो समस्या, झन्जट दिइरहेको छ ??? सेवाग्राही र कर अधिकृतसंग प्रत्यक्ष कुराकानी । कृपया, सुनेर प्रतिक्रिया दिनुहोला । https://www.youtube.com/watch?v=dI2qPafHpJ4
नगरपालिकाप्रति कृषकको गुनासो

नगरपालिकाप्रति कृषकको गुनासो

समाचार
पूर्णपुष्टि/उदयपुर, असार १३ उदयपुरको चौदण्डीगडी नगरपालिकाले दुध तथा मासु उत्पादनतर्फ कृषकमैत्री कार्यक्रम नगरेको र पशुपंक्षी विकास शाखातर्फ विनियोजित बजेटसमेत हिनाहिना भएको आरोप कृषकहरुले लगाएका छन् । बुधबार बेल्टार बजारमा पत्रकार सम्मेलनको आयोजना गर्दै कृषकहरुले नगरपालिकाले कृषकहितमा काम गर्न नसकेको गुनासो व्यक्त गरे । नगरपालिकाको पशुपन्छि शाखाका कर्मचारीबाट चार लाख जति रकम हिनामिनासमेत गरेको आरोप लगाएका छन् । ३४ लाख ५२ हजार ९६० रुपैया मध्ये करिब २४ लाख रकम खर्च गर्दा चारलाख अनियमितता भएको र अव करिब १० लाख रुपैया बाँकी रहेको जनाइएको छ । अनियमितताको बारेमा नगरपालिकाको तर्फबाट गरिएको छानविन प्रतिवेदन सार्बजनिक गर्दै अगुवा कृषक केशब अधिकारीले अनियमितताको छानविन गरी बाँकी रहेको रकम कृषकको माग अनुसार खर्च हुनुपर्ने माग राख्नुभयो । अर्का कृषक इन्द्रविनोद घिमिरेले चौदण्डीगडी नगरपालिकाले...
ठाटीमा दुईदिनपछि मात्र सवारी चल्ने

ठाटीमा दुईदिनपछि मात्र सवारी चल्ने

समाचार
पूर्णपुष्टि/उदयपुर, असार १३ गते पहाडी जिल्लाहरु ओखलढुङ्गा, सोलु र खोटाङलाई जोड्ने सिद्धिचरण राजमार्ग अन्तर्गत कटारी–घुर्मी सडकखण्ड एक महिनादेखि बन्द रहेकोमा सुचारु हुन अझ दुईदिन लाग्ने भएको छ । सो सडकखण्डको ठाटी भन्ने ठाउँमा पहिरोले सडक एक महिनाअघि भत्काएसंगै यातायात सेवा बन्द भएको थियो । भत्किएको सडक मर्मतका लागि सडक भिडिजन कार्यालय लहानलाई एक महिनाको समय प्रदान गरेको थियो । कटारी नगरपालिकाले यातायात व्यवसायी, उद्योग वाणिज्य संघ, स्थानीय प्रशासन, प्रहरी लगायतका सरोकारवालाहरुसंग समन्वय गरी सडकलाई मर्मतका लागिग एकमहिने अवधी प्रदान गरेको थियो । सडक मर्मत कार्यका लागि दिइएको एक महिने समय आज पुरा भएपनि मर्मतका लागि अझ काम बाँकी रहेकाले दुईदिन पछि मात्र सञ्चालनमा ल्याउने कटारी नगरपालिकाले निर्णय गरेको छ । सडक डिभिजन कार्यालय लहानबाट साईडमा खटिएका इन्जिनियर चित्र रञ्जनका अनुसार करिब ...
खोज पत्रकारलाई पुनर्ताजगी तालिम

खोज पत्रकारलाई पुनर्ताजगी तालिम

समाचार
पूर्णपुष्टि/उदयपुर, असार १० गते । सञ्चारिका समुहले खोज पत्रकारिताका लागि दक्ष पत्रकार जन्माउने उद्देश्यले सञ्चालन गरेको खोज पत्रकारिता तालिमका सहभागिहरुलाई गाईघाटमा आजदेखि  पुनर्ताजगी तालिम सञ्चालन गरेको छ । गत बैसाखमा सिन्धुलीमा सञ्चालित तीन दिने “लैंगिक हिंसा न्यूनिकरणका लागि खोज पत्रकारिता तालिम” का सहभागिहरुका लागि उदयपुरको गाईघाटमा दुईदिने पुनर्ताजगी तालिम सञ्चालन भएको हो । संयुक्त राष्ट्र संघीय जनसंख्या कोष (यूएनएफपीए) र स्वीस सरकार विकास सहयोग (एसडिसी) को सहयोगमा आयोजित तालिममा उदयपुर, सिन्धुली, ओखलढुङ्गाका पत्रकार सहभागि छन् । तालिमको उद्घाटन गर्दै प्रमूख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले तालिमबाट पत्रकारलाई कुनै पनि समस्या पत्ता लगाउने मात्र नभई तथ्यसहितको समाधानसमेत खोज्न सक्ने क्षमतावान बनाउने अपेक्षा राख्दै तथ्यपरक समाचारमा कारवाही बढाउन सजिलो हुने बताउनुभयो । पत्रका...
आयो एसईईको नतिजा

आयो एसईईको नतिजा

समाचार
पूर्णपुष्टि/उदयपुर, असार ९ गते । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले गत चैतमा लिएको माध्यममिक शिक्षा परीक्षा (एसईई) को नजिता सनिबार सार्बजनिक भएको छ । एसईईको नतिजा ग्रेडिङ प्रणालीअनुसार सार्बजनिक भएको जनाइएको छ । नतिजा थाहा पाउने विभिन्न तरिका र सुविधा दिइउको छ । नजिता थाहा पाउने तरिकानतिजा थाहा पाउन, शिक्षा मञ्त्रालयको वेवसाईट mow.gov.np, शिक्षा विभाग सानोठिमी भक्तपुरको doe.gov.np र परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भुक्तपुरको nev.gov.np मा हेर्न सकिन्छ । त्यसैगरी नेपाल टेलिकमको वेवसाईड see.ntvnpt.np मा पनि हेर्न सकिन्छ । त्यसैगरी टेलिकमले १६०० मा डायल गरी सुन्न सकिन्छ ।...
बम विष्फोटदेखि बलात्कारसम्मका घटनाहरु

बम विष्फोटदेखि बलात्कारसम्मका घटनाहरु

समाचार
पूर्णपुष्टि/उदयपुर, जेठ २५ गते -पछिल्लो ६ महिनामा उदयपुरमा बम विष्फोटदेखि बलात्कारसम्मको करिब तीन दर्जन घटनाह घटेको एक तथ्यांकले देखाएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) उदयपुरले शुक्रबार नेपाल मानव अधिकार बर्ष पुस्तक २०१९ मा समेटिने घटनाहरुको पूर्व समीक्षा कार्यक्रममा यस्तो तथ्यांक देखाएको हो । मानव अधिकार उल्ल्ङघन तथा ज्यादतीका घटनाहरु ३० वटा घटनाहरु घटेको तथ्यांकले देखाएको छ । घटनाहरुमध्ये वम विस्फोटबाट बालक घाईते १, घरेलु हिंसा ९, महिला बलात्कार तथा बलात्कारका प्रयास ९, बालिकामाथि बलात्कार र बलात्कार प्रयास ५, अपहरणपछि बालिका बलात्कार १, वहुविवाह २, कर्मचारीमाथि दुव्र्यवहार २ र जनप्रतिनिधिमाथि दुव्र्यवहार १ वटा रहेको जनाइएको छ । यसैविच राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय जनकपुरले शुक्रबार नै जिल्लाको मानव अधिकारको अबस्था बारे विश्लेषण कार्यक्रम गरेको छ ...
कोरियाली सिपलाई नेपालमा लागू गर्न जोड दिन्छौं : राजदुत सिक

कोरियाली सिपलाई नेपालमा लागू गर्न जोड दिन्छौं : राजदुत सिक

आर्थिक, समाचार
पूर्णपुष्टि/उदयपुर, जेठ २४ गते  -दक्षिण कोरियाली राजदुत पार्क योङ सिकले देश लोडसेटिङ मुक्त भएपछि मात्र व्यवसायहरु सफल हुने र देश समृद्ध हुने बताउनु भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघको नवौं जिल्ला साधारण सभा तथा जिल्ला महिला उद्यमी भेलाको विहिबार गाईघाटमा उद््घाटन गर्दै राजदुत सिकले दुई/तीन वर्षपछि नेपाल लोडसेटिङ मुक्त हुनसक्ने सम्भावना देखेको र कृषि, वन, पर्यटन जस्ता समृद्धिसंग जोडिएका क्षेत्रको पनि विकास सम्भव देखेको बताउनुभयो । उदयपुरमा महिला उद्यमीहरुको संख्या उल्लेख्य देखेर सहयोगका लागि उत्साहित बनेका राजदुत सिकले लघु उद्यमको प्रचुर सम्भावना रहेको बताउनुभयो । भविष्यमा लघु तथा घरेलु उद्योग क्षेत्रको सम्भावना उदयपुर मात्र नभई सिंगो देशमै राम्रो रहेको उहाँले बताउनुभयो । जसले जिल्ला मात्र नभई सिंगो देशको समृद्धिमा टेवा पुग्ने बताउनुभयो । ४० हजार बढि युवाहरु कोरियामा ...
समृद्धिको सन्देशका साथ द. कोरियाली राजदुत सिक उदयपुरमा

समृद्धिको सन्देशका साथ द. कोरियाली राजदुत सिक उदयपुरमा

आर्थिक, समाचार
पूर्णपुष्टि/उदयपुर, जेठ २३ गते -दक्षिण कोरियाली राजदुत पार्क योङ सिकको विशेष उपस्थितिमा नेपाल घरेलु तथा साना उद्योग महासंघको नवौं जिल्ला साधारण सभा तथा जिल्ला महिला उद्यमी भेला कार्यक्रम विशिबार गाईघाटमा हुने भएको छ । महासंघको २९ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई प्रतिनिधिसभा सांसद नारायण खड्का र राजदुत सिकले विशेष संबोधन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । महासंघका केन्द्रिय अध्यक्ष श्यामप्रसाद गिरीसमेतको उपस्थिति रहने कार्यक्रम संगै विविध घरेलु तथा लघु उद्यमीहरुको उत्पादनहरुको प्रदर्शनीसमेत रहने महासंघ उदयपुरका अध्यक्ष मधुकर थापाले बताए । समृद्धिको सन्देश लिएर मंगलबारनै उदयपुर टेकेका राजदुत सिक बुधबार गाईघाटमा विविध कार्यक्रममा व्यस्त रहे । नगरपालिकाको आयोजनामा होटल वल्र्डदरवार बोक्सेमा उदयपुरको समग्र विकासका लागि अन्तरक्रिया तथा भेटघाट कार्यक्रम भयो । राजदुत सिक...
उदयपुरमा लागुऔषधको अवस्था भयावह नै

उदयपुरमा लागुऔषधको अवस्था भयावह नै

समाचार
विक्रम राई/ गाईघाट, जेठ २३ गते -निरत्तर रुपमा प्रहरीले लागुऔषधको निगरानी गरिरहे पनि उदयपुरमा यसको मात्रा भयानक अवस्थामै रहेको एसपी नवराज भट्टले बताएका छन् । आफु जिल्लामा आएदेखि नै समस्याको रुपमा देखेको लागुऔषाध दुव्र्यसनीलाई प्राथमिकतामा निगरानी राखेको एसपी भट्टले बताए । तरपनि यसको अवस्था भयानक रुपमा नै रहेको उनले बताए । बुधबार पत्रकार सम्मेलन गर्दै अघिल्लो दिन लालपत्ता प्रहरी चौकीले ठूलो मात्रामा बरामद गरेको लागुऔषाध सार्बजनिक गरिएको थियो । प्रहरीले चुरे जंगलमा हिडिरहेको अवस्थाका १४ बर्षिय पुष्प पारस राईलाई संकास्पद अवस्थामा देखेपछि खानतलासी गर्दा फेनरागन –५ डाईजेलाव –५ लपुजेसिक – ५ र १ थान सिरिन्ज फेला परेको जनाइएको छ । त्यसैगरी प्रहरीलाई देखेर झोला छाडेर दुईजना व्यक्ति फरार रहेको र झोलाबाट प्रहरीले १९६ डाईजेलाब, १९६ फेनरागन, १९६ लुपिजेसिक र २३ थान सिरिन्ज फेला पारेको जनाएको छ ।...
लोकप्रीय गायक रुपकुमार र गायिका मेनुकाको  स्वरमा “नौलाई सुन्य नब्बे”

लोकप्रीय गायक रुपकुमार र गायिका मेनुकाको स्वरमा “नौलाई सुन्य नब्बे”

मनोरञ्जन
पूर्णपुष्टि/उदयपुर, जेठ २३ गते धेरै राम्री भई नहिड यो ज्यानको दील चोरी अदालतकै दिनुपर्ला तिमीलाई उजुरी नौलाई सुन्य नब्बे भए, दशलाई सुन्य सय पर्ख अव तिमीलाई छोड्दिन ज्यान गए... लोकप्रीय गायक रुपकुमार राई र गायिका मेनुका राईको स्वरमा सजिएको यो गीत “नौलाई सुन्य नब्बे” भिडियोसहित रिलिज हुदैछ । विन्ध्यवासिनी म्यूजिक प्रा.लि.ले शुक्रबार रिलिज गर्न लागेको गीतको शब्द÷सङ्गित डि.आर.अटुको हो । गीतको भिडियोमा चर्चीत गायिका तथा मोडल ज्योती मगर र काजीश श्रेष्ठको अभिनय रहेको छ । सिङ्गल ट्रयाकमा रहेको सो गीतमा गायक रुपकुमार, गायिका मेनुकाको सुमधुर स्वरले स्रोताहरुको मन सहजै खिच्ने र त्यसमा गहन शब्द, मनमोहक सङ्गीतले भरपुर मलजल पुर्याउने म्यूजिक कम्पनीको दावी छ । चर्चीत मोडल तथा गायिका ज्योती र काजीशको खास अभिनयका कारण भिडियोले पनि व्यपकता पाउने आशा दृष्य निर्माता सूर्यविनायक फिल्मस प्रा....