Monday, April 20News That Matters

Month: ८ वर्ष अगाडि

तिन संस्थाको कामको संयुक्त स्थलगत अनुगमन

तिन संस्थाको कामको संयुक्त स्थलगत अनुगमन

समाचार
पूर्णपुष्टि/भदौ १५ वल्र्डभिजनको आर्थिक सहयोग र तिन ओटा संस्थाको साझेदारीमा भएको कामको संयुक्त स्थलगत अनुगमन भएको छ । हुरेण्डेक उदयपुर, जाल्पा युवा समूह र नेस्पेक उदयपुरले गरेको उदयपुरगढी गाउँपालिका वडा नं १ तावाश्री अवस्थित शिखरपुर, हुलाक भञ्याङ, व्वाँसेटार लगाएतका ठाउँहरुमा बिभिन्न सहजीकरण कामको स्थलगत अनुगमन भएको हो । कामको उचित मुल्याङकन र वडावासीहरुले पाएको सेवा सुविधा साथै अबको योजनाहरु के हनु पर्छ भन्ने बिषयलाई ख्याल गर्दै कार्यक्रम अनुरुप बिभिन्न सम्बन्धित व्यक्तिहरुको संयुक्त टोलीले अनुगमन गरेका थिए । अनुगमनमा तिन संस्थाहरुको आआफ्नै क्षेत्रमा आधारित कामको अनुगमन भएको छ । बिषेश गरी हुरेण्डेकले शिक्षा, स्वास्थ्य, खानेपानी, र सामुहिक चुल्हो जस्ता महत्वपूर्ण काममा सहजीकरण गरेका थिए । त्यस्तै जाल्पा युवा समुहले बालमैत्री स्थानीय साशन अन्र्तगत वडा स्तरीय वाल संरक्षण स्थानी...
वडाको लापवाही प्रति मोेहीको खबरदारी

वडाको लापवाही प्रति मोेहीको खबरदारी

समाचार
पूर्णपुष्टि/उदयपुर भदौ १५ उदयपुरमा वडाले सिफारीस नदिएको भन्दै गाईघाटमा मोहिहरुले बृहत साभ गरेको छ । राष्ट्रिय भुमि अधिकार मञ्च उदयपुरबाट निस्किएको लगभग तिन सय सहभागिको ¥यालिले नारा लगाउदै बजार परिक्रमा गरेको हो । मञ्चको आयोजनामा भएको मोहि तथा किसान सभाको ¥यालिमा  “रगत पसिना बगायौँ, बलादामा के दियौ । हाम्रो नारा हाम्रै भोक, विस्र्यौ बाचा दियौ चोट” लगायत नारा लगाउदै निस्किएको ¥यालीले बजार परिक्रमा गरि  पिपल चौकमा कोण सभा गरेको हो । दार्ता भएको निवेदन कावाहीको लागि वडा न. ८, १०, १३ लगायतका वडाले सिफारिस दिनमा आलटाल गरि म्याद सकाउने प्रयास गरेकोले मोहि अधिकारबाट बञ्चित नहुन सभा गरेको राष्ट्रि भुमि अधिकार मञ्च उदयपुरका संयोजक फुर्तिमान राईले बताए । भदौ २० सम्म स्थानिय तहको वडाले मोहि प्रयोजनका लागि नामसारी, नाम सुधार, नाता कायम लगायतको सिफारिस नदिए २१ गते बाट नै कडा आन्दोल गर्ने राष्ट्रि भ...
निमोनियाले एक बालकको मृत्यु

निमोनियाले एक बालकको मृत्यु

समाचार
एस् किराती चौदण्डिगढी उदयपुरको चौदण्डिगढी नगरपालिकामा निमोनियाले एक बालकको मृत्यु भएको छ । चौदण्डिगढी नगरपालिका ८ धप्पड निकासी १५ वर्षीय विवेक राईको निमोनियाले मृत्यु भएको हो । एक हप्ता देखि विरामी बालकलाई लाईफ गार्ड हस्पिटल धरानमा चेक चाज गराएको थियो । उपचार हुन नसकेपछि बालकलाई नोबेल हस्पिटल विराटनगर भर्ना गरीएको बुवा भर्गेलसिंह राईले बताए । नोवेल हस्पिटलमा ११ गते बालकको मृत्यु भएको थियो । घरको आर्थीक अवस्था नाजुक भएकोले छोराको ज्यान गएको बुवा राईले बताए । उपाचर गर्न ढिलो भएकोले बालकको मृत्यु भएको हस्पिटलले जनाएको छ ।...
बालकको अवस्था झनै नाजुक, उपचार खर्चको चरम अभाव

बालकको अवस्था झनै नाजुक, उपचार खर्चको चरम अभाव

समाचार
पूर्णपुष्टि, उदयपुर भदौ ११ गते । उपचारका लागि विराटनगरस्थित नोेवेल हस्पिटल लगिएको खोटाङको एक विरामी बालकको अवस्था झनै नाजुक बनेको परिवारले जनाएको छ । खोटेहाङ गाउँपालिका ४ थामखर्कका १४ बर्षिय बालक सुमन परियारको अवस्था झनै जटिल बनेको उनकी दिदी सुमिता परियारले बताईन् । शरीरको विभिन्न ठाउँमा घाउँ निस्केर कुहिदै मासु झर्ने समस्याका उनको खर्चको अभावले अस्पतालसम्म लैजान नै ढिलाई भएको थियो । बालकको ढाँडको तल्लोभाग र पिडौलामा मासु कुहेर झरेपछि गहिरो र फराकिलो खाल्डो बनेको छ । गाउँघरबाट चन्दा संकलन गरेर अस्पतालमा लगिए पनि विरामीको अवस्था सुधार हुनुको सट्टा झनै बढ्दै गएको सुमिताले बताइन् । सुरुमा निको हुन्छ भनेर उपचार थालेको अस्पतालले यतिबेला यहाँ ठिक हुँदैन बाहिर लैजान भनेको छ । चन्दा रकम र घरको जायजेथा गरी ५५ हजारले अस्पतालसम्म लगिएको विरामीको थप उपचार खर्च नजुटेपछि परिवारले अस्पतालको शुल्...
नमस्ते झरनाको अर्को नाम -सिम्सुवा (भिडियोसहित)

नमस्ते झरनाको अर्को नाम -सिम्सुवा (भिडियोसहित)

पर्यटन
पूर्णपुष्टि/भदौ ११ गते, २०७५ नेपालको पूर्वी भेग, प्राकृतिक छटाले हराभरा र अति सुन्दर छ । विभिन्न पर्यटकीय, रमणीय, मनमोहक दुष्यावलोकन र धार्मीक एवम् प्राकृतिक ठाउँहरुको अवलोकन गर्न सकिन्छ । यसै सिलसिलामा धनकुटाको भेडेटार नजिकै रहेको नमस्ते झरना यतिबेला चर्चीत छ । नमस्ते झरनाको अर्को नाम सिम्सुवा झरना रहेको छ । झरना नमस्ते आकारको भएकाले यसको नाम नमस्ते झरना भनेर नामाकारण गरेको पाईन्छ । नमस्ते झरना एकपटक जो कोही पुग्नु पर्ने ठाउँ रहेको छ । सो झरनाको बारेमा थाहा पाउन तलको लिंकमा भिडियो हेर्न सक्नुहुनेछ । https://www.youtube.com/watch?v=v5_SFUV7d4E...
उदयपुरका पत्रकारलाई भेडेटारमा तालिम

उदयपुरका पत्रकारलाई भेडेटारमा तालिम

समाचार
पूर्णपुष्टि/उदयपुर, भदौ १० गते । उदयपुरका पत्रकारहरुलाई विपद् व्यावस्थापन न्युनिकरण तथा व्यवस्थापन बारे धनकुटाको भेडेटारमा तालिम आयोजना भयो । जाल्पा एकिकृत विकास समाजकोे आयोजना तथा वल्र्डभिजनको सहयोगमा सुक्रबारदेखिआयोजित दुईदिनेतालिममा विभिन्न मिडियाका २५ जना पत्रकारहरु सहभागि थिए । विपद्को अवस्थामा कसरी समाचार संकलन र सम्प्रेक्षण गर्ने भन्ने विषयबस्तु रहेको तालिममा  विपद् सम्बन्धीविज्ञ सिंहबहादुर खड्का र पत्रकार यज्ञप्रसाद शर्मा प्रशिक्षक थिए । आयोजक संस्थाका अध्यक्ष पुष्प पोखरेलले उद्घाटन गरेको तालिमको समापन समारोहमा सहभागिहरुलाई प्रमाणपत्र प्रदान भयो । नेपाल पत्रकार महासंघका प्रदेश तथा जिल्लाका पदाधिकारी, वल्डभिजन, आयोजक संस्थाका प्रतिनिधिहरुले तालिम सफलरुपमा सम्पन्न भएको भन्दै सिकेका कुराहरु पत्रकारको कलमबाट देश र जनताका लागि बाहिर निस्कुन भन्ने आशा गरेका छन् । सहभागिहरुले विप...
मोहीयानीले गरे खबरदारी

मोहीयानीले गरे खबरदारी

समाचार
पूर्णपुष्टि/उदयपुर, भदौ ५ गते । स्थानीय तहबाट सिफारिस नदिएको र मालपोतबाट आलटाल गरेपछि आप्mनो हकका लागि निवेदन दर्ता गराउन नपाएको भन्दै उदयपुरका मोहीहरुले मंगलबार मालपोत कार्यालय उदयपुरमा धर्ना कसेका छन् ।  अपरान्ह १२ बजेदेखि एकघण्टा धर्ना कसेका मोहीहरुले सरकारले निवेदन दर्ताका लागि दिएको एकवर्षे अवधी वडा कार्यालयको लापरवाही, त्रियुगा नगरपालिकाको वेवास्ता र मालपोतको ढिलासुस्तिले गुज्रिएको आरोप लगाएका छन् । वडाले सिफारिस अड्काउने र मालपोतले निवेदन दर्ता नगर्ने गरेर समय गुजार्न लाग्दा राष्ट्रिय भमि अधिकार मञ्च उदयपुरको पहलमा मालपोतले ६१ वटा निवेदन जिम्मासम्म लिएको छ तर एक महिनाभित्रमा वडा सिफारिस ल्याउन भनेको जिल्ला भूमि अधिकार मञ्च, उदयपुरका संयोजक फुर्तीमान राईले बताउनुभयो । नगरका केही वडाहरुले सहजरुपमै उपलब्ध गराए पनि वडा नं. ८, १३ लगायतले अड्काएको हो । सबै कागजात पुरा गरेर गए...
दुई थोपा आँशु संग्रह विमोचन

दुई थोपा आँशु संग्रह विमोचन

समाचार, साहित्य
पुर्णपुष्टि उदयपुर, भदौ २ उदयपुरमा समिश्रण साहित्य संग्रह “दुई थोपा आँशु” शुक्रबार विमोचन भएको छ । दुईजनाको समग्र सिर्जनामा विभिन्न विधाको समिश्रण सिर्जनाहरुको संगालो समिश्रण संग्रह “दुई थोपा आँशु” पहिलो पटक प्रकाशन भएको हो । दुई थोपा आँशुमा गजल, मुक्तक, भावना, सायरी लगायतका विधाहरु समेटिएको छ । सर्जकहरु राजुकुमारी राई (पूजा) र अर्जुन श्रेष्ठको समग्र सिर्जनामा प्रकाशित पुस्तक “दुई थोपा आँशु” पत्रकार महासंघ शाखा उदयपुरको पूर्व अध्यक्ष महेश्वर चाम्लिङबाट विमोचन भएको सर्जक राजुकुमारी राई (पूजा)ले बताए । दुई थोपा आँशु संग्रहले प्रचलित विधाहरु समेटिएको छ भने नव युवाहरुलाई प्रोत्साहन दिने सिर्जनाहरु समेटिएकोे सर्जक अर्जुन श्रेष्ठले बताए । संग्रहमा जिवन भोगाई र राष्ट्रिय भावनालाई साहित्यमा सिर्जना गरि पाठक वर्ग सामु ल्याउने उद्देश्यले समिश्रण संग्रह प्रकाशन गरेको सर्जक राई (पूजा)ले बताए ।...
विरामीलाई फलफुल वितरण

विरामीलाई फलफुल वितरण

समाचार
पुर्णपुष्टि/उदयपुर, भदौ १ उदयपुरमा जिल्ला अस्पतालको विरामीहरुलाई बुधबार फलफुल वितरण गरेको छ । जिल्ला अस्पतालमा भर्ना भएर उपचार गराईरहेका विरामीहरुलाई नेपाल भारत मैत्रि संघ जिल्ला कार्य समितिले फलफुल वितरण गरेको हो । विरामीको स्वास्थ्य अवस्थालाई मध्यनजर राख्दै अस्पतालमा उपचार गराईरहेका ४२ जना विरामीहरुलाई फलफुल वितरण गरेका नेपाल भारत मैत्रि संघ जिल्ला कार्य समितिका अध्यक्ष खेम चन्द्र यादवले बताए । संघले वर्षेनी भारत स्वतन्त्रा दिवसको अवसर पारेर जिल्ला अस्पतालका विरामीहरुलाई फलफुल वितरण गर्दै आएको नेपाल भारत मैत्रि संघ जिल्ला कार्य समितिले जनाएको छ ।  ।...
मदन बचाऊ अभियानद्वारा ९ लाख ६५ हजार संकलन

मदन बचाऊ अभियानद्वारा ९ लाख ६५ हजार संकलन

समाचार
पूर्णपुष्टि/उदयपुर, साउन ३० गते । दुबै मृगौला फेल भएका मदन राईको सहयोगार्थ छ महिना अघि बनेको मदन राई बचाउ अभियान समितिको पहलमा ९ लाख ६५ हजार ३ सय ९१ रुपैया संकलन भएको छ । समितिका सदस्य कमल राना मगरका अनुसार संकलित रकम दुई चरण गरी परिवारलाई हस्तान्तरण गरिएको छ । पहिलोचरणमा गत जेठमा ८ लाख ५४ हजार ७१ रुपैया र हालै एकलाख १० हजार ८२० रुपैया मदनकी श्रीमती पम्फा राईलाई हस्तान्तरण गरिएको हो । नाजुक आर्थिक अवस्थाका कारण उपचार गराउ समस्या परेका राईलाई देश विदेशका नेपालीहरुले सहयोग गरेका हुन् । समितिका अभिलेख अनुसार मिलन राई र प्रसाद राईको अगुवाईमा यु.के. खोटाङ सेवा समाजबाट चारलाख ११ हजार ८१०, धुर्व तामाङ र ज्ञानेन्द्र राईको अगुवाईमा एकलाख २७ हजार, मंगल राईको अगुवाईमा मकाउबाट ७० हजर ८२०, उदयपुरको विभिन्न व्यक्ति, संघ संस्थबाट एकलाख ८४ हजर २६१, उदय राईको नेतृत्वमा काठमाडौंबाट ८३ हजार ४४०, किर...