Wednesday, August 5News That Matters

Month: ८ वर्ष अगाडि

जिससको प्रगति सार्वजानिक

जिससको प्रगति सार्वजानिक

समाचार
पूर्णपुष्टि/उदयपुर, साउन २९ गते । जिल्ला समन्वय समिति उदयपुरले वर्ष दिनको कार्य प्रगति सार्वजनिक गरेको छ । कार्यभार सम्हालेको वर्षदिनमा मंगलबार पत्रकार सम्मेलन गरी प्रगति सार्वजनिक गरेको हो । कार्यक्रममा समितिका प्रमुख खड्गबहादुर परियारले समन्वय समिति कार्यान्वयनमा आएपछि विभिन्न योजना अनुगमनका लागि छुट्टाछुट्टै अनुगमन समिति गठन गरिएको, जनप्रतिनिधि एवम् जनप्रतिनिधिका लागि क्षमता अभिबृद्धि तालिम सञ्चालन गरिएको जनाइएको छ । नदीजन्य पदार्थ उत्खनन, संकलन र विक्री वितरण सम्बन्धमा सवै स्थानीय तहहरुबीच समन्वय र जिल्लाका विषयगत कार्यालयहरुसँग समन्वय गरी जिल्लाका विभिन्न विकास निर्माणका कार्य तथा विभिन्न समस्याहरु समाधान गर्न समन्वय गरिएको जनाइएको छ । समितिले विभिन्न शिर्षकमा ५ करोड १ लाख ८५ हजार ३९ रुपिँया राजस्व, कर, दस्तुर संकलन भएको जानकारी दिइएको छ । त्यसैगरी भारतीय राजदूतावासको सहयोगमा...
बन्दले चन्दा उठाएर हिडाएको विरामी अस्पताल जान पाएन

बन्दले चन्दा उठाएर हिडाएको विरामी अस्पताल जान पाएन

समाचार
पूर्णपुष्टि/उदयपुर, साउन २९ गते । पार्टी प्रवक्क्ता पक्राउ परेको विरोधमा नेकपा माओवादी विप्लब समुहले गरेको नेपाल बन्दको कारण यहाँ एक गम्भिर अवस्थाका विरामीले अस्पतालसम्म जान पाएनन् । बन्दका कारण उदयपुरमा सवारी साधन नचल्दा खोटाङको खोटेहाङ गाउँपालिका ४, थामखर्कका विरामी १४ वर्षिय सुमन परियारले अस्पताल लान नपाएको बुवा नेत्र परियारले बताउनुभयो । खोटाङदेखि भरतपुर चितवन अस्पताल लैजान हिजो साँझ गाईघाट ल्याइपुर्याईएका उनलाई सार्बजनिक बसमा लैजाने तयारी भएको थियो । एम्बुलेन्स छुट्टै रिजर्भ गर्नसक्ने हैसियत नभएको विरामी बालकको परिवारले गाउँमा सामान्य चन्दा संकलन गरेर उपचारमा हिडाएको जनाएको छ । https://www.youtube.com/watch?v=2K3nG4APxWs “विहानै लैजाने तयारी गरेपनि गाडी नचलेपछि बस्न बाध्य छौ ।” बुवा नेत्रले बताउनुभयो । पहिलो प्यारालाईसिस जस्तो समस्या देखिएका बालकको सरसफाईको कमीले शरीर भ...
कुपोषितबाट बचाउन सामुहिक चुल्हो

कुपोषितबाट बचाउन सामुहिक चुल्हो

समाचार
विक्रम राई/उदयपुर साउन २८ । कुपोषित बच्चाहरुलाई स्वास्थ्य बनाई उनिहरुको स्वस्थ्य जीवन बाच्न पाउने हकलाई मध्यनजर गर्दै समुदायमा कुपोषित हुन लागेको बालबच्चाहरुलाई पहिचान गरी उदयपुरको बिभिन्न स्थानहरुमा सामुहिक चुल्हो कार्यक्रम गरिएको छ । मानवअधिकार बातावरण केन्द्र (हुरण्डेक) र वल्र्डभिजन इन्टरनेशनल नेपालको साझेदारीमा वाल स्वास्थ्य र पोषण परियोजनाअन्तर्गत तिन महिना देखि रौता, खाँबु, ओख्ले र तावाश्री गरी ४ वडाहरुमा सो कार्यक्रम सञ्चालन भईरहेको छ । कार्यक्रममा १५६ बालबालिकाहरुलाई समावेश गरिएको थियो । बिषेश गरी ६ देखि ३६ महिना सम्मको बच्चाहरुलाई पहिचान गरी सुपोषित पार्न स्थानीय स्थरमा रहेको पौष्टिक उत्पादनलाई बिभिन्न प्रकारको पौष्टिक आहारा बनाई खुवाउनु पर्ने कुरामा आमाहरुलाई सचेत गराएको परियोजना अनुगमनअधिकृत जीतन राईले बताउनुभयो । सहभागी मध्ये कुपोषितको जोखिममा रहेको ६ देखि १० जना बच्च...
साउदी जाँदा पेटमै छाडेको छोरोसंग भेट भो प्रेमबहादुरको

साउदी जाँदा पेटमै छाडेको छोरोसंग भेट भो प्रेमबहादुरको

समाचार
पूर्णपुष्टि/उदयपुर, साउन २१ । साउदीको जेलमै जीवन समाप्त होला भन्ने लागेका प्रेमबहादुर राई २०७५ साउन २० गते आप्mनो मातृभूति नेपाल फर्किन पाउदा नयाँ जीवन पाएको अनुभूती गरे । सामान हराएको मुद्दामा साउदी सरकारले आजिवन कारावास अथवा ३ लाख रियाल जरिवाना तोकेको थियो उनलाई । सामान्य मजदुरी गर्ने उनले त्यतिको ठूलो रकम जुटाउने कुनै सम्भवनै थिएन । त्यसैले आजिवन काराबास स्विकार्नुबाहेक विकल्प नै थिएन । तर, यता समुन्द्र झै फराकिला र सगरमाथा झै उच्च मन भएका नेपालीहरुले खाई नखाई कमाएको एकएक पैसा जम्मा गरेर साउदी सरकारले तोकेको जरिवाना तिर्न सफल भए र नेपाली छोरो प्रेमकुमार राईलाई स्वदेश फर्काउन सफल भए । देश विदेशमा रहेका नेपालीहरुले आफु र आप्mनो परिवारको लागि गरेको सहयोगप्रति उनले गहिरो अभार प्रकट गरे । अन्तराष्टिय विमान स्थल काठमाडौंमै उनले आप्mनो परिवारसंग भेट्ने सौभाग्य पाए । त्यसको लागि प्रे...
ताल डान्सको पाँचौँ वार्षिक उत्सव

ताल डान्सको पाँचौँ वार्षिक उत्सव

मनोरञ्जन, समाचार
पूर्णपुष्टि/उदयपुर साउन २० त्रियुगा नगरपालिका ११ मा अवस्थित ताल डान्स हाउसले वार्षिक उत्सव शनिबार मनाएको छ । ताल डान्सल पाँच वर्ष पुरा गरि छैटौँ वर्षमा प्रवेश गरेको अवसरमा वार्षिक उत्सव मनाएको हो । डान्स हाउस बाट सयौँ विद्यार्थीहरु उत्पादन भएका छन् । सगरमाथाकै उत्कृष्ट डान्स हाउसको रुपमा चिनिदै गएको ताल डान्स हाउसले सामाजिक,सास्कृतिक सबै खाले कार्य समेत गर्दौ आएको छ । विभिन्न खालको डान्स सिप दिदै आएको हाउसले सडकबाट डान्स हाउसमा परिणत गरि बालबालिकाहरुलाई सिप दिन पाएकोमा प्रोपाईटर मिथुन ठाकुरले खुसि व्यक्त गरे । कला माध्यम देश मात्र नभई विश्वमै चिनाउन सकिने क्षेत्र भएकोले आफुमा भएको सिप र कलालाई विद्यार्थीमा प्रस्तुत दिदै जाने ताल डान्स हाउसको प्रोपाईटर ठाकुरले बताए । https://www.youtube.com/watch?v=USpsacyrwug https://www.youtube.com/watch?v=d29SdUm4Vog  ...
युवा उद्यमिलाई टेवा

युवा उद्यमिलाई टेवा

आर्थिक, समाचार
पूर्णपुष्टि/उदयपुर साउन १५ गते उदयपुरमा युवा उद्यमीलाई चेक हस्तान्तरण मंगलबार गरिएको छ । जिल्ला युवा समितिले युवा उद्यमी समुहलाई पहिलो किस्ताका २ लाख ५० हजारको चेक हस्तान्तरण गरिएको हो । देस्रो किस्ताको बजेट स्थलगत अनुगमन गरे पश्चात दिने समितिले जनाएको छ । जिल्लाको निर्वाच क्षेत्रको आधारमा युवा उद्यमी समूहलाई गत वर्ष देखि ५ लाख विना धितो विना व्याजको ऋण प्रदान गर्दै आएको छ । बाख्रा,कुखुरा,च्याऊ,अलैँची आदि व्यवसाय गर्ने युवा व्यवसायीलाई दुई किस्तामा रकम प्रदान गर्दै आएको समितिको अध्यक्ष खगेन्द्र पोखरेलले बताए । क्षेत्र नं २ को रौतामाई गाउँपालिका २ र ६ नं वडाका युवा कृषक समूह र त्रियुगा नगरपालिका ९ का जनजागृति, यालीपात र सचेता केन्द्र युवा समुहले च्याऊ,अलैँची र बाख्रा व्यवसायको लागि चेक प्रदान गरेको जिल्ला युवा समितिका अध्यक्ष पोखरेलले बताए । वैदेशक रोजगारीमा जानबाट रोक्न...