Monday, April 20News That Matters

Month: ८ वर्ष अगाडि

खाँबु बालमैत्री वडा घोषणा

खाँबु बालमैत्री वडा घोषणा

समाचार, स्वास्थ्य
पूर्णपुष्टि/उदयपुर, असोज १४ गते । उदयपुरको त्रियुगा नगरपालिका वडा नं. १५ खाँबु नगरपालिकाको पहिलो र जिल्लाको दोस्रो बालमैत्री वडा घोषणा भएको छ । यसअघि चौदण्डीगडी नगरपालिका वडा नं. ५ सुन्दरपुर जिल्लाको पहिलो बालमैत्री वडा घोषणा भएको थियो । एक विशेष समारोहकाबीच आइतबार बालमैत्री वडा घोषणा भएको हो । प्रदेश सांसद हिमाल कार्कीले उद्घाटन गर्दै वडालाई बालमैत्री घोषणा गरे । प्रमुख अतिथि सांसद कार्की, विशेष अतिथि जिल्ला समन्वय समितिका संयोजक खड्गबहादुर परियार, मेयर बलदेव चौधरी, उपमेयर देवी चौधरी, वडाध्यक्षहरु, विभिन्न क्षेत्रका प्रमुख तथा प्रतिनिधि र वडावासीले वडालाई सदैव बालमैत्रीको हैसियतमा राख्ने प्रतिबद्धतापत्रमा हस्ताक्षरसमेत गरेका छन् । कार्यक्रममा सांसद कार्कीले वडाध्यक्ष निरबहादुर मगरलाई वडा बालमैत्री भएको प्रमाणपत्र हस्तान्तरण गरे । वडा बालमैत्री घोषणा भएसंगै सबत्र बधाई तथा शु...
पञ्चकन्यामा विजुली बत्ति उद्घाटन

पञ्चकन्यामा विजुली बत्ति उद्घाटन

समाचार
पूर्णपुष्टि/उदयपुर, असोज १३ गते । उदयपुरको सिमानासंगै जोडिएको खोटाङको बराह पोखरी गाउँपालिका वडा नं २ पञ्चकन्या बजारमा शनिबार विजुली बत्तिको उद्घाटन भएको छ । त्रियुगा नगरपालिका १४ बाजगराहबाट पञ्चकन्या बजारको गाउँसम्म ४ किलो मिटर विजुली विस्तार गरी उद्घाटन गरिएको हो । संघीय सांसद विशाल भट्टराईले उद्घाटन गरेर बजारका ४० घरमा बत्ति बालिएको हो । यसै आर्थिक वर्षमा विजुली सिधै गापाको केन्द्र पु¥याई वडामा विस्तार गर्ने प्रमुख अतिथि भट्टाईले बताए । उनले गाउँको विकास गर्न जनताको साथ सहयोग र निगरानीको महत्वपूर्ण भुमिका रहने बताए । संघिय शासन प्रणलीमा काम गर्न केहि बाधा अवरोध भएपनि जनतालाई दिएको प्रतिबद्धता स्मरण गर्दै भट्टराईले ठगी र बैमानी गर्ने जो कोहीलाई कार्वाहीमा कुनै कसुर नराख्ने प्रतिबद्धता जनाए । उदयपुर र खोटाङको विकासका निम्ती कुनै कसुर नराखी जुनसुकै बेला पनि सहकार्य गर्न तयार ...
वडा कार्यालयमा ताला

वडा कार्यालयमा ताला

समाचार
पूर्णपुष्टि/उदयपुर, असोज १३ गते उदयपुरको बेलका नगरपालिका वडा नं. १ को कार्यालयमा जनताले तालाबन्दी गरेका छन् । नगर परिषद्बाट नै पुरानो कार्यालय रहेको पुरन्दह अपायक परेको भन्दै सेन्टरमा पर्ने भालमन्दी भन्ने ठाउँमा सार्न निर्णय गरिसक्दा पनि वडाध्यक्ष दिनेश्वर प्रसाद चौधरीले सार्न नमानेपछि हिजोबाट तालाबन्दी गरिएको स्थानीय गोपाल राईले बताए । विगत लामोसमयदेखि अधिकांश जनतालाई अपायक परेको भन्दै सार्न माग गर्दै आन्दोलन गर्दै आएका वडावासीहरुले माग पुरा नभएसम्म ताला नखोल्ने बताएका छन् । वडावासीले संघर्ष समिति नै गठन गरेर वडा कार्यालय सार्न दवाव सिर्जना गरिरहेका छन् । तालाबन्दी र जनताको माग बारेमा नगरपालिकामा शनिबार छलफल बस्ने क्रममा वडाध्यक्ष चौधरी कुरो टुंगोमा नपुर्याई उठेर हिडिदिएका छन् । वडाध्यक्ष हिडेपछि मेयर दुर्गकुमार थापाले संघर्ष समितिलाई तालाखोली आग्रह गर्दै भोलीदेखि कर्मचारी भाल...
त्रियुगा बगरमा शव, बेलदोभानमा कंकाल फेला (भिडियोसहित)

त्रियुगा बगरमा शव, बेलदोभानमा कंकाल फेला (भिडियोसहित)

समाचार
पूर्णपुष्टि/उदयपुर, असोज १२ गते । उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ३ त्रियुगा नदिको बगरमा एक व्यक्तिको शब फेला परेको छ । स्थानीय त्रिनपा ९ गैरुनका ४० वर्षिय महमद वकिलको शब फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी चन्द्रदेव राईले बताउनुभयो । स ८ प ३७३५ नम्बरको पल्सर मोटरसाईकलसहित उनको शब फेला परेको हो । मोटरसाईकल स्टेण्ट लगाएर राखिएको र शब घोप्टो अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । बालुवा चाल्न गएका मजदुरहरुले सुक्रबार विहान बगरमा लास देखेर प्रहरीलाई खबर गरेका थिए । एकान्त बगरमा शब फेला पर्नुले उनको हत्या भएको स्थानीयको आशंका गरिएको छ । प्रहरीले उक्त घटना गएराती घटेको हुनसक्ने जनाएको छ । वकिल सुमो गाडी चलाएर सामान्य जिविकोपार्जन चलाईरहेका व्यक्ति हुन् । वकिलको शबलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल उदयपुर लगिएको छ । https://www.youtube.com/watch?v=JeRQE6q2...
मिसन नोट अफ डिसेन्स बारे समिक्षा

मिसन नोट अफ डिसेन्स बारे समिक्षा

समाचार
पूर्णपुष्टि/उदयपुर, असोज ११ गते । लैंगिक समानता र समावेसीका लागि आशनमा महिला, भाषणमा महिला, शासनमा महिला भन्ने मुल नाराका साथ सन्चालन भईरहेको मिसन नोट अफ डिसेन्ट अभियानको मंगलबार गाईघाटमा समिक्षा तथा छलफल भएको छ । मुलधार महिला सेवा केन्द्र (मासवेस) र मिसन नोट अफ डिसेन्ट राष्ट्रिय अभियानको आयोजनामा भएको कार्यक्रममा अभियानलाई अझ प्रभावकारी बनाउने सल्लाह, सुझाव र सहयोगको प्रतिबद्धता आएको थियो । हरेक कार्यक्रममा महिला सहभागिता अनिवार्य र अपरिहार्य गराउने र सहभागिता मात्र नभई अर्थपूर्ण आसन र भाषणसमेत रहनु पर्ने अभियानको जोड छ । अभियानकी केन्द्रिय संयोजक नजबुल खान (मिलम) ले सात वटै प्रदेश र विदेशमा समेत अभियानलाई विस्तार गर्ने बताए । अभियानले देशका विभिन्न प्रमुख शहर तथा विभिन्न स्थानमा कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिदै अवका दिनमा अझ प्रभावकारी ढंगले गर्ने बताईन् । सात प्र...
औद्योगीक ग्राम लगायतका माग सहित ज्ञापन पत्र

औद्योगीक ग्राम लगायतका माग सहित ज्ञापन पत्र

आर्थिक, समाचार
पूर्णपुष्टि/उदयपुर, असोज ११ गते । उदयपुरमा नेपाल घरेलु तथा साना उद्योग महासंघले नगरपालिकालाई सुझाव सहितको माग राख्दै ज्ञापन पत्र बुझाएको छ । त्रियुगा नगरपालिकालाई महासंघ उदयपुरले बुधबार सुझाव सहितको माग राख्दै ज्ञापन पत्र बुझाएको हो । राष्ट्रको आर्थिक विकासको मेरुदण्डका रुपमा काम गर्दै आएको महासंघ र स्थानीय सरकार नगरपालिकाबीचमा समन्यन गर्दै आएकोमा केहि सुझाव र माग सहित ज्ञापन पत्र दिएको महासंघका जिल्ला अध्यक्ष मधुकर थापाले बताए । औद्योगिकिग्राम स्थापनाको लागी प्रदेश सरकारमा पहल गरिनु पर्ने, नगरपालिकामा छुटै उद्योग विकासको स्थापना हुनु पर्ने, उद्योग तथा लगानी मैत्री बनाउन आवश्यक नीति नियम बनाउनु पर्ने, कृषि उद्योगलाई सुरुमा ५ वर्षसम्म कर छुट हुनुपर्ने, त्रियुगा नगरपालिकालाई आगामी वर्ष २०७६ लाई उद्योग वर्ष मनाउन घोषणा गरिनु पर्ने माग गरिएको छ । त्यस्तै उत्पादतवस्तुहरुको लागि उ...
बाँसबाट गाउँमै राम्रो आम्दानी

बाँसबाट गाउँमै राम्रो आम्दानी

आर्थिक, समाचार
पूर्णपुष्टि/उदयपुर, असोज १० गते । उदयपुरका पहाडी भेगका गाउँ घरमा त्यतिकै खेर जाने बाँस आजभोली पैसा बन्न थालेको छ । घर, टहरा बनाउन र दाउराको रुपमा प्रयोग गरिने बाँस विक्री हुन थाले पछि आम्दिानीको स्रोत बनेको हो । उदयपुरको गाउँ घरका पाखोहरुमा प्रशस्त बाँस पाईने बाँस खरिद गर्न गाउँमै आउन थालेपछि स्थानीयहरुले बाँसबाट वर्षेनी राम्रो आम्दिमी गर्दै आएका छन् । त्रियुगा नगरपालिका १६ सुकौराका मदन बहादुर राउतले बाँस खरिते गाउँघरमै आउने गरेको बताए । गाउँमै सय रुपैया घाना बाँस विक्री हुने भएपछि मनग्गे आम्दानी हात लाग्ने उहाँले बताए । सामान्य बाँसको झ्याङबाट पनि बार्षिक १५ हजारसम्म आम्दानी हात लाग्ने र ठूला भ्mयाङ र प्रसस्त बाँस रोपेकाले लाखौं हात पार्ने राउतले बताए । गाउँघरमा प्रशस्त पाईने बाँसको विभिन्न सामग्रीहरु डोको, शोली, डालो, नाङ्लो लगायत बनाईन्छ । भने सामान्यरुपमा दाउरा पनि प्रयोग ...
होचापुड्का अपाङ्गतालाई निःशुल्क स्वास्थ्य उपचार

होचापुड्का अपाङ्गतालाई निःशुल्क स्वास्थ्य उपचार

समाचार
पूर्णपुष्टि/उदयपुर, असोज ९ गते । अब नेपालको होचापुड्का अपाङ्गताहरुले निःशुल्क स्वास्थ्य उपचार पाउने भएको छन् । होचापुड्का अपाङ्गताहरुले देशका एक सय ५२ अस्पतालबाट निःशुल्क स्वस्थ्य उपचार पाउने भएको हो । नेपाल मेडिकल व्यावसायी संघ र नेपाल होचापुड्का संघ विच मंगलबार सम्झौता भएपछि उनीहरुले निःशुल्क उपचार पाउने भएका हुन् । उक्त सेवा उपलब्ध गराउनलाई नेपाल मेडिकल व्यावसायी संघको अध्यक्ष सिताराम रेग्मी र होचापुड्का संघको अध्यक्ष निर्मल मक्रातीेले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । दुई संघ विचको सहमतिमा होचापुड्का तथा अपाङ्गता भएका व्यक्तिहरुले मेडिकल संघ सँग सम्बन्धित सो अस्पतालबाट निःशुल्क स्वास्थ्य परिक्षण तथा उपचार पाउने सुविधा उपलब्ध गराइएको हो । सम्झौता भई सके पछि दुवै पक्षले आ–अफ्ना माताहतका निकायलाई पत्रचार गरि जानकारी गराईने जनाएको छ । सेवा लिन आउदा होचापुड्का संघको ...
दशैका लागि मिनिपानीजहाज सञ्चालन

दशैका लागि मिनिपानीजहाज सञ्चालन

समाचार
पूर्णपुष्टि/उदयपुर,असोज ९ गते । उदयपुर र सुनसरीको सिमा चतराबाट सप्तकोशी हुदै भोजपुर र धनकुटातर्फ चल्ने मिनिपानीजहाँज बर्षामा स्थगित रहेकोमा आजबाट सञ्चालनमा आएको छ । नजिकिदो पर्व दशैं र तिहारलाई मध्येनजर गर्दै तीन महिना स्थगित मिनीपानिजहाज सञ्चालनमा ल्याइएको सञ्चालक समितिका सदस्य पर्शुराम राईले बताए । राईका अनुसार दशैं, तिहारमा पहाडी भेगका गाउँघर फर्किने यात्रु अत्याधिक हुने र उनीहरुलाई सुविधा पुर्याउने उदेश्यले सञ्चालनमा ल्याएको हो । वर्षाका कारण सप्तकोशीको वहाव बढ्ने कारणले असार, साउन र भदौ स्थगित गरिएको थियो । वर्षातमा कमि आएसंगै सप्तकोशीको पानी घटेर पुरानै अवस्थामा आएकाले मिनिपानीजहाज अर्थात जेटबोट सञ्चालन गर्न सकिएको राईले बताए । https://www.youtube.com/watch?v=xKZztu1TdUE स्थगितपछिको पहिलो दिन आज क्यान–१ ले एकपटक यात्रा भरेको थियो । उदयपुरको बेलका नगरपालिका र सुनसरीको...
सात बालबालिकाले पाए अभिभावकत्व

सात बालबालिकाले पाए अभिभावकत्व

शिक्षा, समाचार
पूर्णपुष्टि/उदयपुर असोज ७ गते । उदयपुरमा जेहेन्दार तथा गरिब विद्यार्थीलाईहरुको अभिभावकत्व लिएको छ । त्रियुगा नगरपालिका १६ स्थिति श्री मावि भोर्लेका सात जना विद्यार्थीहरुको अभिभावकत्व आईतबार लिई सहयोग गरेको हो । गरिव जेहेन्दार विद्यार्थीको पढाई प्रति आँच आउन नदिन कक्षा १ देखि ६ सम्मको ७ जना लाई जनप्रतिनिधि, शिक्षक, समाज सेवकहरुले अभिभावकत्व लिएको विद्यालयका प्रधानाध्यापक विपीन चन्द्र राईले बताए । अभिभावकत्व लिनेमा कक्षा १ का उर्मिला राईको लागी युवा भुवन दाहाल, कक्षा २ का दिप्सिखा माझिका लागी उपेनद्र रखाल मगर, कक्षा ३ का लिला खत्रिको लागी युवा उपेन्द्र तामाङ, कक्षा ३ का विवेक परियारको लागी १६ नं. वडाका महिला सदस्य गोमा कार्की, कक्षा ४ का विश्वास राईको लागी अप्सरा समाल, कक्षा ५ का भुपेन्द्र परियारको लागी सो विद्यालयका प्रअ राई र कक्षा ६ का विदुर वि.क.को लागी वडा अध्यक्ष मान बहादुर...