Monday, April 20News That Matters

Month: ८ वर्ष अगाडि

त्रिजब क्याम्पस प्रदेश विश्वविद्यालय बनाउन जोड

त्रिजब क्याम्पस प्रदेश विश्वविद्यालय बनाउन जोड

शिक्षा, समाचार
पूर्णपुष्टि/उदयपुर असोज ८ गते । १ नं प्रदेशका मुख्य मन्त्रि शेरधन राईले उदयपुरको त्रियुगा जनता बहुमुखी क्याम्पसलाई प्रादेशिक विश्वविद्यालय बनाउन पहिलो नम्बरमै राखेर छलफल गर्ने बताए । क्यम्पसको ९ औँ साधरण सभालाई सम्बोधन गर्दै मुख्य मन्त्रि राईले क्याम्पसलाई प्रादेशिक विश्वविद्यालय बनाउन पहिलो नम्बरमै राखेर छलफल गर्ने बताए । मुख्य मन्त्रि राईले प्राज्ञिक तथा विज्ञ टोलिबाट स्थलगत निरिक्षण गराई अन्य विकल्प भन्दा पनि प्रदेश विश्वविद्यालय निर्माणमै जोड दिईने बताए । प्रदेश र स्थानिय तह बलियो नभई देश बलियो नबन्ने भएकोले कार्यक्रममा उदयपुरका ६ प्रदेश सांसदहरुले त्रियुगा जनता बहुमुखि क्याम्पसलाई शैक्षिक हब बनाउनका निम्ति प्रादेशिक विश्वविद्यालय बनाउनु पर्ने माग राखेका थिए । प्रदेश सांसदहरु नारायण बुर्जा मगर, हिमाल कार्की, विमल कार्की, कला घले, अम्बिका थापा र सुनिता चौधरीले यस्तो माग ...
ट्रिफरकोे ठक्करले एक बालकको मृत्यु

ट्रिफरकोे ठक्करले एक बालकको मृत्यु

समाचार
पूर्णपुष्टि/उदयपुर असोज ४ गते । उदयपुरमा ट्रिफरको ठक्करबाट एक बालकको मृत्यु भएको छ । त्रियुगाा नगरपालिका ७ स्थिति कोवाइमा बुधबार बेलुका ट्रिफरको ठकर बाट १२ वर्षीय बालको मृत्यु भएको हो । मुर्कुचीबाट चुहाडे तर्फ आउदै गरेको ना १ क ७९०७ नम्बरको ट्रिफरले पैदल यात्री मिन बहादुर कार्कीको छोरा रोशन कार्कीलाई ठकर दिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । ट्रिफरको ठक्करबाट गम्भिर घाईते भएका बालकलाई स्थानिय मेडिकलमा समान्य उपचार गरि विराटनगर लाने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रिफर चालक नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।...
प्रकाण्डलाई उदयपुर खदालतमा हाजिर, ६ दिनको म्याद थप

प्रकाण्डलाई उदयपुर खदालतमा हाजिर, ६ दिनको म्याद थप

समाचार
पूर्णपुष्टि/उदयपुर, असोज १ गते । नेकपा माओवादी विप्लब समुहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)लाई आईतबार जिल्ला अदालत उदयपुरमा हाजिर गराई थुनुवा पूर्जीको म्याद थप गरिएको छ । अपरान्ह साढे ४ बजेको समयमा जिल्ला प्रहरी कार्यालय उदयपुरको हिरासतबाट अदालत लगिएको प्रकाण्डलाई छ दिनको म्याद थप गरिएको उनका वकिल बैकुण्ठ दाहालले बताए । प्रहरीको भेनमा ल्याईएका उनलाई अदालतको गेटभित्रै छिराएर सरासर अदालतभित्र लगिएको थियो । पत्रकारहरुले जिज्ञासा राख्न खोज्दा उनले म्याद थपेर निस्केपछि बोल्ने भन्दै हात हल्लाउदै अदालतमा छिरेका थिए । दिउसो १ बजेभित्रमै म्याद थप गर्ने प्रहरी स्रोतले जनाए पनि अदालतमा सेवाग्राहीको भिडभाड कम भएपछि अबेर गरी लगिएको थियो । सुरुमा काठमाडौमा पक्राउ परेका उनी काभ्रे, नुवकोट, भोजपुर र दाङपछि उदयपुर अदालतमा हाँजिर गराईएको छ । केही समयअघि गाईघाटको थारुहट रंगशालामा एक ...
गाईघाट २०५५ एसएलसी व्याजीले फुलपातीमा बृहद कार्यक्रम गर्ने

गाईघाट २०५५ एसएलसी व्याजीले फुलपातीमा बृहद कार्यक्रम गर्ने

शिक्षा, समाचार
पूर्णपुष्टि/उदयपुर, असोज १ गते । त्रियुगा माध्यामिक विद्यालय गाईघाट २०५५ एसएलसी ग्रुपले आगामी दशैंको उपलक्षमा विशेष बृहद भेटघाट कार्यक्रम गर्ने भएको छ । आगामी असोज ३० गते फुलपातीका दिन सबै एसएलसी व्याजी साथीहरुबीच भेटघाट कार्यक्रम राख्ने तयारी भएको व्याजी ग्रुप संयोजक राजेन्द्र अधिकारीले बताए ।एसएलसी व्याजी साथीहरु सबैलाई खबर गरी चाडबाडको मौकामा जम्मा हुने जमर्को गरिएको उनले बताए । विगत दुईवर्षदेखि व्याजी साथीहरु संगठित भई देउसीभैलो तथा सामाजिक कार्य गर्दै आएको छ । सोही क्रममा यसपटक फुलपातीमा विशेष भेटघाट कार्यक्रम गर्ने भएको हो । मानिसको जीवनमा अध्ययन कालको विद्यालयको अविष्मरणीय काललाई सदैव स्मरण गर्दै आउदो पुस्तालाई शिक्षामा प्रेरित गर्ने र शिक्षा तथा सामाजिक क्षेत्रमा सकेको योगदान गर्ने ग्रुपको उद्देश्य रहेको छ । विद्यालय शिक्षा सकेपछि अध्ययन तथा जागिर, अन्या व्यापार, व्य...
ईटहरी हिडेका श्रेष्ठ बेपत्ता

ईटहरी हिडेका श्रेष्ठ बेपत्ता

समाचार
पूर्णपुष्टि/उदयपुर भदौ ३१ गते । उदयपरमा एक बृद्धा हराएको भन्दै परिवारले जिल्ला प्रहरीमा हुलिया सहित निवेदन दिएको छ । त्रियुगा नगरपालिका ३ मोतिगडाका ६० वर्षीय यज्ञ बहादुर श्रेष्ठ दुई दिन देखि हराएको भन्दै श्रेष्ठका परिवारले जिल्ला प्रहरी कार्यालय उदयपुरमा निवेदन दिएको हो । भदौ ३० गते विहान ६ बजे इटहरी जानलाई हिडेको श्रेष्ठ सम्पर्कमा नआएपछि परिवारले चिने जाने सम्म खोज तला गर्दा नभेटेपछि श्रेष्ठका श्रीमति विन्दा माया श्रेष्ठले प्रहरीमा हुलिया सहित निवेदन दिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । ५ फिट तीन ईन्च उच्चाई भएको, गहुँ गोरो, दाह्री र केश फुलेको मोटो मोटो देखिने श्रेष्ठको हुलिया सहित जिल्ला प्रहरीमा निवेद दिएको प्रहरीले जनाएको छ ।...
लिम्चुङबुङमा सर्बोच्च शिखर सगरमाथा हेर्ने भ्यूटावर बन्दै

लिम्चुङबुङमा सर्बोच्च शिखर सगरमाथा हेर्ने भ्यूटावर बन्दै

पर्यटन, समाचार
पूर्णपुष्टि/उदयपुर, भदौ २५ गते । गाउँको समृद्धि पर्यटनसंग जोड्ने उद्देश्यका साथ अगाडी बढिरहेको उदयपुरको लिम्चुङबुङ गाउँपालिकाले विश्वको सर्बोच्च शिखर सगरमाथा हेर्ने विशेष महत्वको एभरेष्ट भ्यूटावर निर्माणको काम अगाडि सारेको छ । यसै सिलसिलामा दोवाटे भ्यूटपमा आधुनिक लिम्चुङबुङ पार्कसंगै निर्माण हुन लागेको भ्यूटावरको डिपीआर सर्भेको थ्रीडी प्लान भिडियो क्लिप तयार भएको छ । पर्यटक भित्राउने र गाउँपालिकाको मौलिक पहिचान झल्काउने उद्देश्यले टावरको निर्माण गर्न लागिएको गाउँपालिकाका प्रमुख मेजरकुमार राईले बताए । सबै जातजाती, धर्म संस्कृति र प्राकृतिक एवम् मौलिक विषयवस्तुको प्रतिकको रुपमा निर्माण गरिने २७ फिट अग्लो भ्यूटावरबाट महालंगुर हिमश्रृङ्खलाहरुको अवलोकन गर्न सकिन्छ । विश्वको सर्बोच्च शिखर सगरमाथा, कन्चनजंगा, मकालु, जुगल, गौरीशंकर, चोयो, चारपाटे हिमाल, ल्होत्से लगायतका हिमालको अवलोकन गर...
नागरिक समुहद्वारा कार्यशैली र अभिव्यक्ति सुधारको माग, खबरदारीप्रति गाउँपालिका सकारात्मक

नागरिक समुहद्वारा कार्यशैली र अभिव्यक्ति सुधारको माग, खबरदारीप्रति गाउँपालिका सकारात्मक

समाचार
पूर्णपुष्टि/उदयपुर, भदौ २५ गते । नागरिक दवाव समूह लिम्चुङबुङले जनप्रतिनिधीको कार्यशैली र अभिव्यक्ति सुधारको माग गर्दै आइतबार गाईघाटमा पत्रकार सम्मेलन गरेको छ । नागरिक समाज, राजनीतिक दल, सरोकारवालाहरुसंग समन्वय नगर्ने, सल्लाह सुझाव नलिने र सूचना र अभिव्यक्ति दिने कुरामा गुनासो रहेको भन्दै पत्रकार सम्मेलनमार्फत सुधारको माग गरेका हुन् । सुधार नगरेमा आन्दोलन गर्नेसमेत जनाएको समूहले आफुहरुको आवाज गाउँपालिका, जनप्रतिनिधि र विकास विरोधी नभई कार्यशैली र केही आपत्तिजक अभिब्यक्तिको विरुद्धमा रहेको संयोजक टकमान राईले बताए । “हामी पारदर्शीता चाहन्छौं, नागरिक समाज, राजनीतिक दल र सरोरवालाको सल्लाह, सुझाव, समन्वय र सहकार्यबाट गाउँपालिकाको समग्र विकासका टेवा पुगोस् ।” संयोजक राईले भने “विरोधका लागि विरोध होइन, हामी पनि गाउँपालिकाको विकास र समृद्धिका लागि सहकार्य, समन्वय गर्न चाहेका हौं ।” खासगरी,...
एकवर्षमा गहकिलो शिक्षा मिलेको मेयर चौधरीको भनाई, साढे ९९ करोड बजेट सार्बजनिक

एकवर्षमा गहकिलो शिक्षा मिलेको मेयर चौधरीको भनाई, साढे ९९ करोड बजेट सार्बजनिक

समाचार
उदयपुर/पूर्णपुष्टि, भदौ २२ गते । त्रियुगा नगरपालिकका मेयर बलदेव चौधरीले एकवर्षको अनुभवले राम्रो काम गर्नुपर्छ, जनताका इच्छा आकाँक्षालाई सम्बोधन गर्नुपर्छ, नगरलाई समृद्ध बनाउनुपर्छ भन्ने गहकिलो शिक्षा मिलेको बताउनुभएको छ । आर्थिक वर्ष २०७४/०७५ को वार्षिक समिक्षा तथा आ.ब. २०७५/०७६ को बजेट सार्बजनिक कार्यक्रममा सुक्रबार बोल्दै मेयर चौधरीले नगरको सिंगो टिमले नगरपालिकाको पाँचवर्षे आवधिक योजना बनाएको बताउनुभयो । स्वास्थ्य, शिक्षित, उद्यमशील हाम्रो शहर - समुन्नत, समावेशी, समृद्ध त्रियुगा नगर भन्ने मुल नाराका साथ पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, सामाजिक, गैरसरकारी क्षेत्रमा के कस्तो गर्ने भन्ने कुरा निर्दिष्ट गरिएको बताउनुभयो । कानून नहुनु, पर्याप्त स्रोत, साधन र जनशक्ति नहुनु जस्ता चुनौतीका बाबजुद नगरलाई सन्दर र समृद्ध बनाउने आधार तयार गरेको बताउनुभयो । अवको २५ वर्षसम्म, अब आउ...
अनेरास्ववीयूको अवको अवसर र चुनौती

अनेरास्ववीयूको अवको अवसर र चुनौती

बिचार
मनिषा आचार्य केन्द्रिय सदस्य, अखिल क्रान्तिकारी विद्यार्थी संगठनहरुमा मुख्यत चर्चा र कौतुहलताको विषय बनेको छ दुई ठुला राजनीतिक दल नेकपा एमाले र पूर्व नेकपा माओबादी केन्द्रको भातृसंगठनको एकता । दुई ठुला कम्युनिष्ट शक्तिहरु मिलेर नेपालको राजनीतिले इतिहासकै सर्वाधिक महत्वको र ठुलो फड्को मारेको छ । यिनिहरुको एकतासँगै आम नेपालीहरुले समृद्ध मुलुक चाहेका र कम्युनिष्ट शक्तिहरुले नेपाललाई समृद्ध बनाउने कुरामा ढुक्क त छन् फेरी अर्कोतिर आम नेपाली विद्यार्थी र उनका अभिभावकले पनि आशाका अनेकौ सपनाहरु देख्न थालेका छन् । दुई ठुला राजनीतिक शक्तिहरुको एकतासँगै उनका भातृसंगठनहरु अनेरास्ववीयू र अनेरास्ववीयू (क्रान्तिकारीको) एकता आखिरी चरणमा पुगेको छ । दुई ठुला विद्यार्थी संगठनहरुको एकतासंगै अब बन्ने सिङ्गो अनेरास्ववीयुले देशको समग्र सामाजिक, साँस्कृतिक, वातावरणीय, शैक्षिक, आर्थिक, भौगोलिक साथै धार्मिक ...
घमानको शब्द संगितमा रहेको गित चर्चामा

घमानको शब्द संगितमा रहेको गित चर्चामा

मनोरञ्जन, समाचार
पूर्णपुष्टि/उदयपुर भदौ २२ शब्द तथा संगितकार घमान सिङ राई ( जिबि ) को शब्द संगितमा रहेको गित अहिले चर्चामा आएको छ । राईको आफ्नो शब्द र संगितमा रहेको ५ ओटा गित सार्वजानिक भए सँगै चर्चा कमाउन सफल भएको हो । बिषेश गरी पूर्वमा “तिमि काहाँ छौ” बोलको गितले यतिवेला चर्चा कमाईरहेको शब्द तथा संगितकार राईले बताए । उनले तिमि काहाँ छौ....., नरौऊ है ए आमा....., तिमि सधै......, ए मेरी आमा....., कान्छीको मुहार......लगाएतको गितहरु सार्वजानिक राईले बताए । बुढासुब्बा म्युजिक कम्पनी र सङस नेपालले गितको भिडियो सार्वजानिक गरेको छ । गितमा राम चन्द्र राई, सुन्दर दुमि राई ,युवराज राई, र पुजन लिम्वुले स्वर दिएको छ । सानै देखि संगितको क्षेत्रमा अब्बल रहेको राईले शब्द र संगितलाई निकै चासो र रुचिको रुपमा अगाडी बढाए । उदयपुरको त्रियुगा नगरपालिका वडा नं १६ सिम्लेमा जन्मेका राईले भोगल भन्दा पनि संगितमा भ...