Thursday, August 6News That Matters

Month: ८ वर्ष अगाडि

शिविरले स्थानिय लाभान्वित

शिविरले स्थानिय लाभान्वित

समाचार, स्वास्थ्य
उदयपुर, मंसिर ११ गते । उदयपुरका रौतामाईको पुँवारे भञ्ज्याङमा एक दिने निशुल्क स्वास्थ्य शिविर संचलन भएको छ । रौतामाई गाउँपालिकाको वडा नं ८ पुँवारे भञ्ज्याङमा एक दिने निशुल्क स्वास्थ्य शिविरमा गाउँलेहरुले स्वास्थ्य चेक जाच गराएको हो । विकट पहाडी भेगमा बसोबास गर्ने मानिसहरुलाई अन्धविश्वास र आर्थिक स्थिति नाजुक भएकोले स्थानिय सरकारले प्रत्येक वडामा निःशुल्क स्वास्थ्य शिविरहरु संचालन गरि स्वास्थ्य समाज बनाउनु पर्ने प्रदेश नं १ का प्रदेश सांसद नारायण बुर्जामगरले बताए । गाउँपालिको ग्रामिण समुदायका आमाहरुमा हुने बच्चा दानीको समस्या देखि विभिन्न समस्या हटाउनु पर्ने मगरले बताए । शिविर संचालन गर्नाले जनचेता फैलाउने, दुखि गरिबले पनि उपचार पाउने भएकोले निःशुल्क शिविरको कार्यक्रम ल्याउनु पर्ने मगरले बताए । निशुल्क स्वास्थ्य शिविरमा विकट पहाडी गाउँघरबाट करिब एक सय ५० जनाले स्वास्थ्य...
टिपरको ठक्करबाट एकको मृत्यु

टिपरको ठक्करबाट एकको मृत्यु

समाचार
उदयपुर, मंसिर १० गते । उदयपुरका त्रियुगा नगरपालिकाको गुन्टेमा ट्रिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । त्रियुगा नगरपालिका वडा नं ७ जलजले–मुर्कुची सडक खण्ड स्थित गुन्टेमा चुन ढुंगा बोक्ने टिपरले मोटरसाईकललाई ठक्कर दिदा एक जनाको मृत्यु भएको हो । बेलुका ९ः३० बजे बा ३ ख ६११५ नम्बरको टिपरले स ५ प ३१२७ नम्बरको मोटरसाईकललाई पछाडीबाट ठक्कर दिएको थियो । कसमस सिमेन्टको चुन ढुङ्गा बोक्ने टिपरले मोटरसाईकललाई ठकर दिदा मोटरसाईकलको पछाडी सवार त्रिनपा ७ निबासी १८ वर्षीय सोनाम राईको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । मोटरसाईकल चालक त्रिनपा ७ निबासी भुपेन्द्र राई सामान्य घाईते भएको छ । कानुनी प्रक्रिया पुरा गरी पोष्टमार्टमको लागि शव जिल्ला अस्पताल उदयपुर ल्याईएको प्रहरीले जनाएको छ । गाडी र चालक नियन्त्रणमा लिई कार्वाही अघि बढाएको जिल्ला प्रहरी कार्याल...
मस्कोको नियन्त्रणमा नौसैनिक जहाज

मस्कोको नियन्त्रणमा नौसैनिक जहाज

संसार
रुसको एक टापु क्राइमिया नजिकको समुन्द्रमा युक्रेनका तीन नौसैनिक जहाजलाई हमला गरि नियन्त्रणमा लिएपछि दुई देश विच तनाव बढेको छ । युक्रेनी नौसैनिक जहाजमा हमला गर्दा चालक दलका सदस्य घाईते भएका छन् । युक्रेनी दुई वटा गनबोट र एक टग बोटलाई रुसी फौजले नियन्त्रणमा लिएको हो । तनाव बढे सँगै रुसले आफ्नो जलक्षेत्रमा युक्रेनी जहाजहरु अवैध तरिकाले प्रवेश गरेको आरोप लगाएको छ भने दुवै देशले एक अर्कालाई दोष लगाई रहेका छन् । उक्त घटनालाई रुसले उद्दण्ड कार्य गरेको युक्रेनी राष्ट्रपति पेट्रो पोरोसेन्कोले भनेको छ । सैनिक कानुनको प्रयोग गर्न संसदलाई आग्रह समेत गर्ने युक्रेनी राष्ट्रपति पोरोसेन्केले बताएको छ । कर्च स्ट्रेटमा आवगमन गर्न रुसले स्वतन्त्रतालाई कायम गर्नु पेर्ने युरोपेली युनियनले आह्वान समेत गरेका छन् । तर युक्रेनी जहाजले आफ्नो जलक्षेत्रमा अतिक्रमण गरेर कियभले आफूलाई उक्साएको आरोप रुसले...
निर्मला पन्तकाण्डका बरखास्त सुरक्षाअधिकारीलाई हिरासतमा राख्न सांसदको माग

निर्मला पन्तकाण्डका बरखास्त सुरक्षाअधिकारीलाई हिरासतमा राख्न सांसदको माग

समाचार
उदयपुर, मंसीर ९ गते । उदयपुरकी प्रदेश सांसद अम्बिका थापाले निर्मला पन्तको बलात्कार तथा हत्याका दोषी अझै पक्राउ नपर्नुमा सरकारको कमजोरी औल्याएकी छिन् । लैंगिक हिंसाविरुद्धको १६ दिवसीय अभियानको सुरुवाती स्वरुप आयोजित प्रभातफेरीपछिको कोणसभालाई सम्बोधन गर्दै सांसद थापाले पन्तकाण्डमा सरकारको कमजोरी औल्याएकी हुन् । लामो अनुसन्धान भईसकेको र अनुसन्धान अधिकृतहरु समेत कारवाहीमा परिसक्दा पनि दोषी पत्ता नलाग्नु सरकारको कमजोरी औल्याउदै उनले निर्मला पन्त बलात्कार हत्याकाण्डका प्रहरी प्रमुखलाई बरखास्त गरेर मात्र हैन, अन्य आरोपित सरह हिरासतमा राखेर अनुसन्धान गर्न माग गरिन् । अभियान सुरुवातस्वरुप उदयपुरको सदरमुकाम गाईघाटमा र्याली भएको हो । लोकतान्त्रिक चौकदेखि सुरु भएको र्यालीले गाईघाट बजार परिक्रमा गरेको थियो । हिँसाविरुद्धको विभिन्न नाराबाजी गर्दै भएको र्यालीमा अभियानकर्मी, कर्मचारी, नाग...
उद्योग दिवसमा उद्यमीहरुलाई पुरस्कार र सम्मान

उद्योग दिवसमा उद्यमीहरुलाई पुरस्कार र सम्मान

आर्थिक, समाचार
उदयपुर, मंसीर ९ गते । घरेलु तथा साना उद्योग विकास समिति उदयपुरले तेस्रो उद्यम दिवस भव्यरुपमा मनाउदै उद्यम क्षेत्रमा उदाहरणीय र विशेष योगदान रहेका उद्यमीहरुलाई आईतबार सम्मान गरिएको छ । सडकमा फालिएको प्लाष्टिकको डोरी संकलन गरेर विभिन्न सामग्री बनाउने गाईघाटका उद्यमी सूर्यबहादुर राई पुरस्कृत भएका छन् । फोहोरको थुप्रोमा फालिएको प्लाष्टिकको डोरीबाट विभिन्न सामग्री बनाई उत्कृष्ट सिप देखाउनुका साथै स्वच्छ वातावरणका लागि समेत टेवा पुर्याएको भन्ने खबर मिडियामा आएको थियो । सोही खबरको आधारमा राई पाँचसय नगद पुरस्कारसहित प्रमाण–पत्र र खादाले सम्मानित भएका हुन् । राईका साथै विभिन्न विद्याका अन्य ११ जना उद्यमी सम्मानीत भएका छन् । सम्मानित हुनेहरुमा कृष्ण वास्तोला, सृजना पौडेल, शोभा पौडेल, सिता दनुवार, दिनेश साह, कृष्ण शर्मा, प्रदिप गिरी, राजन कामी, जानुका कार्की बस्नेत, दुर्गादेवि शाही र तुनाई ...
के खाने के नखाने खाली पेटमा ?

के खाने के नखाने खाली पेटमा ?

स्वास्थ्य
मानिसले खानपनिमा जति ध्यन दिन्छन् उतिकै कुन समयमा के खाने के नखाने भन्ने बारेमा पनि ध्यन दिनु जरुरी छ । जे भेट्यो त्यो जति बेला पायो त्यतिबेला खादा स्वास्थ्यमा असर गर्न सक्छ । खालीपेटमा के नखाने ? दही – खालिपेटमा दही खानाले स्वास्थ्यमा असर गर्ने गर्दछ । दहीमा पाइने हाइड्रोक्लोरिक एसिडले स्वस्थ ब्याक्टेरियालाई नष्ट गर्दछ । केरा – मानिसले खालिपेटमा केरा खानु हुदैन । केरामा प्रशस्त मात्रामा म्याग्नेसियम हुने हुनाले रगतमा मिनरल्सको मात्रा बढ्न सक्छ । मिनरल्सको मात्रा बढेमा मुटुलाई असर गर्ने गर्दछ । सिट्रस फल – मानव शरिरको लागि सिट्रल फल आवश्यक भएपनि खालि पेटमा भने खानु हुदैन । यस फलमा अधिक मात्रामा साइट्रिक एसिड पाईने भएकोले खालिपेटमा खानाले म्यूकस मेम्ब्रेन (श्लेष्मा) लाई क्षति गर्ने भएकोले स्वास्थ्यमा असर गर्ने गर्दछ । खाली पेटमा के खाने ? मह – खालि पेटमा मह खानु राम्...
बम विष्फोटनमा दर्जनौँको मृत्यु

बम विष्फोटनमा दर्जनौँको मृत्यु

संसार
अफगानिस्तानको पश्चिमी काबुलमा नयाँ वर्षको उत्सव मनाई रहेको भिडलाई लक्षीत गरि गरिएको बम विपष्फोटनमा दर्जनौँको मृत्यु भएको छ । काबुलको साखीमा हर्ष उल्लासका साथ नयाँ वर्ष मनाईरहेको हजारौँ मानिसहरुको भिडलाई लक्षित गरि गरिएको बम आक्रमणमा दर्जनौँको मृत्यु भएको हो । नयाँ वर्ष मनाई रहेको मानिसहरुको भिडमा शङ्खास्पद आत्मघाती बम आक्रमणमा करिब २६ जनाको मृत्यु भएको छ भने १८ जना घाईते भएको अधिकारीहरुले बताएका छन् । अल्प सङ्ख्यक सिया समुदायका मानिसहरुको भिडलाई लक्षित गरि एक जना संदिग्ध आक्रमणकारीले आत्मघाती बम विष्फोटन गरेको प्रारम्भिक विवरणहरूले देखिाएको छ । धार्मीक स्थल प्रवेश गर्न लागेको आत्मघाती आक्रमणकारीलाई प्रहरीको निगरानी बढेपछि विष्फोटक पदार्थ पड्काएको थियो । विष्फोटनमा परेको मानिसको सङ्ख्या बढ्न सक्ने बताएका छन् । सिया समुदाय माथी आक्रमणका घटनाहरु बढ्दैगएको बेला फेरी अर्को घ...
जाडो याममा के–के खाने

जाडो याममा के–के खाने

स्वास्थ्य
बजरमा पाईने प्याकेटका खाने कुराले गर्दा अहिलेका मानिसहरु अल्छे बनि सकेका छन् तर त्यो अल्छिले गर्दा प्याकिङ खाद्यबाट स्वास्थ्यमा कति असर पर्दैछ भन्ने बारे थाहा पाउनु अति आवश्यक कुरा हो । प्याकेटमा पाईने मिठाई, भुजिया, नमकीन लगायत विभिन्न पेय पदार्थहरु अधिकांश मानिसहरुले प्रयोग गर्ने भएकोले विभिन्न रोग लाग्ने गरेको पाईन्छ । उक्त खाद्य वस्तुमा सोडियम, चीनी, बोसोजन्य पदार्थ पाईने भएकोले मानव शरीरका लागि घातक हुन्छ । यस्ता वस्तु सेवनले मानिसको शरिरमा रोगसंग लडने क्षमतामा ह्रास ल्याईदिने गर्दछ । यस्ता चिज मात्र खने अर्गानिक फलफुल र तरकारी मात्रै खाने । दैनिक ४ पटक सम्म पोसिलो खाद्य पदार्थ खाने । जस्तै ः बदाम, काजु लगायत पासिलो वस्तु खाने । दिनमा ४ लिटर सम्म पानी पिउने । को छ भने दुध, दही,लस्सी, नरिवलको पानि, कागतीपानी पनि पिउन सक्नु हुन्छ । एन्टी अक्सिडेन्टस् पदार्थ हुने...
बच्चालाई चिसोमा कसरी जोगउने

बच्चालाई चिसोमा कसरी जोगउने

स्वास्थ्य
चिसोले सवै भन्दा बढी बाल बच्चालाई प्रभाव पार्ने भएकोले चिसोकै कारण कतिपय बालबच्चाहरुको मृत्यु समेत हुने गरेको पाईन्छ । त्यसैले विहान सूर्य नउदाईन्जेल घरबाहिर बाल बच्चालाई निकाल्नु वा निस्कन दिनु हुदैन । हिउँद याममा अत्याधिक जाडो हुने भएकोले बालबच्चालाई घाम लागेर न्यानो भएपछि मात्र घर बाहिर निस्कन दिनु वा निकाल्नु उपयुक्त हुन्छ । जाडो मौसममा बाल बच्चालाई न्यानो तथा बाक्लो कपडा लगाईदिनु पर्छ । बाल बच्चालाई न्यानो लुगा,पन्जा, टोपी, मुखमा मास्क र चश्मा सेमेत लगाएर घर बाहिर हिड्डुल गर्न वा निकाल्नु उपयुक्त हुन्छ ।...
पत्रकार मार्न साउदी युवराजको हात ः सीआईए

पत्रकार मार्न साउदी युवराजको हात ः सीआईए

संसार
साउदी पत्रकार जमाल खशोग्गीको हत्यामा साउदी युवाजको हात रहेको अमेरिकी केन्द्रीय गुप्तचर (सीआईए) ले ठहर गरेको छ । सीआईएको ठर प्रति साउदी अरेवियाले युवराजलाई पत्रकार हत्याको योजनाबारे केहि जानकारी नभएको बताउदै आएको छ । अनुसन्धानको क्रममा अमेरिकी गुप्तचर निकायको स्रोतहरूले घटनाको विस्तृत प्रमाणहरूमा पहुँच पु¥याएको थियो । पत्रकार खशोग्गीले काम गर्ने द वासिङ्टन पोष्ट पत्रिकाले सआिईएको मुल्याङ्कनमा युवाराजको भाई खालेद वीन सलमानको फोन कुराकानीको आधार रहेको जनाईएको छ । फोनमा युवराजको निर्देशनमा सलमानले खशोग्गीलाई टेलीफोन गरी महाबाणिज्य दूतावास सुरक्षित रहेकोले त्याहा जान आश्वासन दिएको आरोप सलमान माथि लागेको छ । सलमान अमेरिकाको साउदी राजदूत पनि हो । आरोप लागेपछि सलमानले करिब १ वर्ष देखि खशोग्गी सँग भेटघाट र टेलिफोन सम्पर्क समेत नभएको भनी ट्वीटर मार्फत सन्देश जारी गरेको छ । यस्त...