Monday, April 20News That Matters

Month: ७ वर्ष अगाडि

जंगलि हात्तिको आक्रमणबाट एक महिलाको मृत्यु

जंगलि हात्तिको आक्रमणबाट एक महिलाको मृत्यु

समाचार
उदयपुर, पुस १६ गते । उदयपुरमा जंगली हात्तिको आक्रमणबाट आईतबार एक बृद्धाको मृत्यु भएको छ । त्रियुगा नगरपालिका १२ की अन्दाजी ७० वर्षिया बृद्धा सावित्रा राईको हात्तिको आक्रमणबाट मृत्यु भएको हो । घाँस काट्न जंगल गएकी बृद्धालाई वडा नं. २ को लुहाले महिला सामुदायिक वन उपभोक्ता समुहको वनक्षेत्रको घनाजंगलभित्र हात्तिले आक्रमण गरेको हो । मृतक राईसंगै घाँस काट्न गएकाहरुले साँझ गाउँ फर्केर खबर गरेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट खटि गएको टोली र गाउँलेहरुले मृतक राईको शब उठाएर ल्याएको थियो । नेपाल प्रहरीका जिल्ला प्रमुख एसपी चन्द्रदेव राई र सशस्त्र प्रहरीका प्रमुख एसपी जयबहादुर खड्का कै कमाण्डमा घनाजंगलभित्र पुगेर मृतकको शब ल्याइएको हो । हात्तिको आक्रमणको सन्त्रासबीच गोलीगठ्ठासहितको सुरक्षाकर्मीको सुरक्षा र स्थानीय गाउँलेहरुको ठूलो संख्याले राँको, पुल्ठा बालेर हो हल्ला गर्दै गाउँदेखि...
निशूल्क दन्त शिविर

निशूल्क दन्त शिविर

समाचार, स्वास्थ्य
प्रमिला वान्तावा राई मोरङ, पुस १६ गते । मोरङका रमाइलको जनसेवा माध्यामिक विद्यालयमा निशुल्क दन्त शिविर संचालन भएको छ । विद्यालयबाट २०४७ सालमा एसएलसी दिएका भूतपूर्व विद्यार्थीहरुको आयोजनामो निशुल्क दन्त शिविर संचालन भएको हो । उक्त विद्यालयमा अध्यनरत विद्यार्थी, शिक्षक तथा अभिभावकहरुका स्वास्थ्यलाई मध्ये नजर गर्दै शिविरको आयोजना गरिएको कार्यक्रम संयोजक उदय सुब्बाले बताए । विपि कोइराला स्वास्य विज्ञान प्रतिस्ठान धरान को सहकार्यमा निस्शुल्क दन्त शिविर भएको सुब्बाले बताए । शविरमा विपि कोइराला स्वास्य विज्ञान प्रतिस्ठानको प्रोफेसर डाक्टर आसीस श्रेष्ठ, प्रोफेसर डाक्टर ताराकान्ता भगत लगायतको टोलीले तीन सय भन्दा बढि विद्यार्थीहरुको दन्त सम्बन्धि समस्याको परिक्षण गरेका थिए । भने आवश्यक परामर्श र निशुल्क औषधी समेत वितरण गरिएको सुव्बाले बताए । विद्यालयको बालविकास कक्षा देखि १० कक्षा सम...
उदयपुरमा लैंगिक हिंसा नियन्त्रणका लागि समिति गठन

उदयपुरमा लैंगिक हिंसा नियन्त्रणका लागि समिति गठन

समाचार
उदयपुर, पुस १६ गते । समाजमा हुने लैंगिक हिंसा नियन्त्रणका लागि उदयपुरमा जिल्ला स्तरीय लैंगिक हिंसा नियन्त्रण सञ्जाल समिति गठन भएको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक चन्द्रदेव राईको संयोजकत्वमा १९ सदस्यीय समिति गठन भएको हो । प्रहरी सहायक निरिक्षक उमा गुरुङ सदस्य सचिव रहेको समितिको सदस्यहरुमा गैससको तर्फबाट सृजना दनुवार, नागरिक समाजको तर्फबाट कौशल चेम्जोङ, माया भण्डारी, सञ्चार क्षेत्रबाट भोटराज राई, मानव अधिकारको क्षेत्रबाट भरत खड्का, बार एशोसिएसनबाट शिवकुमार कार्की, उद्योग वाणिज्यको तर्फबाट गजेन्द्र भगत रहेका छन् । त्यस्तै ओरेकको तर्फबाट सरस्वती दनुवार, महिला अधिकारकर्मीको तर्फबाट रामवती चौधरी, शिक्षा क्षेत्रबाट देवि पराजुली, जंगबहादुर खड्का, न्यायिक महिलाको तर्फबाट विना पाण्डे, त्रियुगा नगरपालिकाबाट सर्मिला देवकोटा, बाल क्लवको तर्फबाट सरोज खत्री रहेका छन् । बाल कल्याण समितिब...
सुविधा सम्पन्न आँखा अस्पताल बन्दै

सुविधा सम्पन्न आँखा अस्पताल बन्दै

समाचार
उदयपुर, पुस १६ गते । अत्याधुनिक सुविधा सम्पन्न नेत्र ज्योति अस्पतालको भवन एक कारोड ८० लाखमा सम्पन्न हुने भएको छ । उदयपुरमा निर्माराधीन सुविधा सम्पन्न नेत्र ज्योती अस्पताल तीन तले भवन एक कारोड ८० लाखमा सम्पन्न हुने भएको हो । करिब कुल लागत एक करोड ८० लाखमा निर्माणराधीन भवनको निर्माण कार्य सम्पन गर्न सकिने नेपाल नेत्र ज्योति संघ उदयपुरका सभापती भागवत राउतले बताए । उक्त रकम मध्ये जग देखि पहिलो तला सम्म तत्कालिन माननिय ससभासद मन्जुकुमारी चौधरीको निर्वाचन पूर्वाधार विकास कार्यक्रामबाट ४० लाखले बनेको र दोस्रो तला नेपाल सरकारबाट प्रदान भएको ५० लाखले निर्माण कार्य भई सकेको र तेस्रो तला र पूर्वधारको लागि पुस १३ गते जापनिज राजदुतावास सँग करिब ९० लाख नेपाली रपैया भवन निर्माणको लागि सहयोग गर्ने सम्झौता भएको राउतले बताए । उक्त सम्झौतामा नेपाल नेत्र ज्योति संघ उदयपुरका सभापती भागवत रा...
उदयपुरमा एक दिने गोष्ठी

उदयपुरमा एक दिने गोष्ठी

समाचार
उदयपुर, पुस १५ गते । उदयपुरमा मानव अधिकार प्रवद्र्धन सम्बन्धि एक दिने जिल्ला स्तरिय गोष्टी भएको छ । सदरमुकाम गाईघाटमा जिल्ला स्तरिय मानव अधिकार प्रवद्र्धन सम्बन्धि एक दिने गोष्टि आईतबार भएको हो । गृह मन्त्रालयको आयोजनामा भएको गोष्टीमा जिल्लाका सरकारी , गैर सरकारी संघ सस्था तथा मानव अधिकारकर्मि, पत्रकारहरुको सहभागिता रहेको थियो । राज्यले मानव अधिकार सम्बन्धि विभिन्न नियम कानुन बनाएपनि कार्यन्वयनमा फितलो भएकाले दिनानु दिन जघन्य अपराधका घटनाहरु घटि रहेका छन् । नीति नियम कार्यन्वयन गर्न सम्बन्धित निकायले मात्रै नहुने भएकाले सिंगो राज्यका सवै पक्ष लाग्नु पर्ने गृह मन्त्रालयका उपसचिव मोहन बहादुर जिसीले बताए । उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय उदयपुर र मानव अधिकार एलान्यस उदयपुरले कार्यपत्र प्रस्तुत गरेको थियो । उक्त कार्यपत्रमा त्रिवर्षीय विवरण देखि अहिले सिम्मको अवस्थाल...
रौता र आसपासको सम्भावना चिया र कफिखेती

रौता र आसपासको सम्भावना चिया र कफिखेती

आर्थिक, समाचार
उदयपुर, पुस १५ गते । उदयपुरको पहाडि भूभागमा कफि तथा चियाखेती उपयुक्त देखिएको छ । नेपाल सरकार, राष्टिय चिया तथा कफि बोर्ड, क्षेत्रीय कार्यालय पोखराको स्थलगत अध्यायन तथा केहीवर्ष यता गरिएको नमुनाखेतीबाट चिया तथा कफिको व्यवसायिकखेतीमा राम्रो सम्भावना देखिएको हो । उच्च गुणस्तरको प्राङ्गारिक कफी तथा चिया उत्पादन गर्न सकिने राष्ट्रिय चिया तथा कफि विकास बोर्ड क्षेत्रीय कार्यालय पोखराको निर्देशक लक्ष्मण पोखरेलले बताउनुभयो । निर्देशक पोखरेलका अनुसार अन्तराष्ट्रिय बजारमा कफिको माग अत्याधिक रहेकाले जति ठूलो मात्रामा उत्पान भएपनि बजारको अभाव छैन । समुन्द्रसतहदेखि सातसय मिटरभन्दा उच्च भागमा हुने कफि र चियाखेतीका लागि रौतामाई गाउँपालिकाको अधिकांश भूभाग र त्रियुगा नगरपालिकाको पहाडीवडाहरु उपयुक्त छन् । केहीवर्ष यता स्थानीयको सक्रियतामा चिया तथा कफि खेतीको अध्ययन तथा नमूनाखेतीसमेत गरिएको र...
वार्षीक प्रगति विवरण सार्वजनिक

वार्षीक प्रगति विवरण सार्वजनिक

समाचार
उदयपुर, पुस १३ गते । उदयपुरका भुमिअधिकार मञ्चको वार्षीक प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ । भुमिअधिकार मञ्च उदयपुरले वार्षीक प्रगति विवरण विहिबार एक कार्यक्रम गरि सार्वजनिक गरेको हो । भूमिहीन तथा सुकुम्बासीको अधिकारको मात्रै आवाज तथा काम नगरि विपन्न समुदायका हितको लागि आर्थीक स्तर उकास्न विभिन्न आर्थीक उन्नतीको कार्यक्रमहरु संचाल गर्दै आएको छ । त्रियुगा नगरपालिका वडा नं ७ का गरिब परिवारलाई सुगुंर पालनका घोर निर्माण, त्रिनपा वडा नं ९ का मुसहर बस्तीमा तरकारी खेतीका लागि नगद सहयोग लगायतका प्रगति विवरण प्रस्तु गरिएको थियो । कार्यक्रम विभिन्न सरकारी कार्यालय तथा गैरसरकारी संघ सस्थाहरुका प्रमुख तथा प्रतिनिधिहरुको सहभागितामा भएको थियो ।...
डिजिटल लिड डिस्प्ले बोर्ड राख्ने जिल्लाकै पहिलो स्थानीय सरकार “लिम्चुङबुङ”

डिजिटल लिड डिस्प्ले बोर्ड राख्ने जिल्लाकै पहिलो स्थानीय सरकार “लिम्चुङबुङ”

समाचार
उदयपुर, पुस ११ गते । गाउँ र जनताको विकास तथा समृद्धिका लागि दिर्घकालिन विकास योजना र दिगो कार्यमा जोड दिदैं आएको उदयपुरको लिम्चुङबुङ गाउँपालिकाले जिल्लामै पहिलो एक नयाँ काम गरेको छ । पालिकाले नयाँ कामको रुपमा प्रभावकारी सूचना प्रवाहसमेतका लागि गाउँ कार्यपालिकाको कार्यालयमा डिजिटल लिड डिस्प्ले बोर्ड राखेको हो । उक्त डिजिटल बोर्डमा “लिम्चुङबुङ गाउँ कार्यपालिका” लेखिएको अक्षर डिस्प्ले हुनुका साथै गाउँपालिका र वडास्तरमा भएका योजनाहरु, बैंठक तथा बैंठकका निर्णयहरु, सार्बजनिक महत्वका सूचना तथा सन्देशहरुको बारेमा सूचना प्रवाह गरिने पालिका अध्यक्ष मेजरकुमार राईले बताउनुभयो । जनताको सूसुचित हुने हकको सम्मान, प्रभावकारी सूचना प्रवाहलाई मध्येनजर गर्दै डिजिटल बोर्ड राखिएको उहाँले बताउनुभयो । बोर्डमा “समृद्ध लिम्चुङबुङ गाउँपालिकाको आधार – शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनसहितको पूर्वाधार” लेखिए...
महिलाहरुलाई ब्यूटिसियन सीप प्रदान गरिदै

महिलाहरुलाई ब्यूटिसियन सीप प्रदान गरिदै

Breaking News 1
उदयपुर, पुस ११ गते । महिलाहरुलाई सीप प्रदान गरी बेरोजगारी तथा गरिबी न्यूनिकरण गर्ने उद्देश्यका साथ आधारभूत ब्यूटिसियन तालिम गाईघाटमा सञ्चालन भएको छ । घरेलु तथा साना उद्योग विकास समिति उदयपुरको आयोजनामा भगत सर्वजीत कार्यक्रम अन्तर्गत ३ महिने सो तालिम गाईघाट स्थित श्रेजा व्यूटिपार्लर तालिम केन्द्रमा सञ्चालन भएको हो । एक समारोहकाबीच जिल्ला समन्वय समितिका प्रमुख खड्गबहादुर परियारले तालिमको उद्घाटन गर्दै सीपले व्यवसाय गर्न सकिने र व्यवसायले जिविकोपार्जन राम्रो हुने बताउनुभयो । जिविकोपार्जनको उत्तम कुरा नै व्यवसाय भएकाले सीपलाई व्यवसायमा ढाल्न प्रोत्साहित गर्दै सहभागिहरुलाई तालिमको भरपुर फाईदा लिन बताउनुभयो । घरेलुका कार्यालय प्रमुख शम्भुप्रसाद साहले तालिमका सफल सहभागिलाई प्रमाणपत्र दिइने र उक्त प्रमाणपत्रको आधारमा उद्योग दर्ता गरी व्यवसाय गर्न र बैंकबाट सहुलित ऋण तथा अनुदान लिन सकिने...

वालविवाह न्युनिकरण अभियान एकद्धार पद्धतीबाट हुने

समाचार
उदयपुर, पुस ११ गते । सबैभन्दा धेरै वालविाह हुने उदयपुरको त्रियुगा नगरपालीका वडा नम्वर ८ र ९ का स्थानीय निकाय, संघसंस्था, बुद्धिजीवी, शिक्षक र सरोकारवाला निकायले वालविवाह न्युुनिकरणका लागि एकताबद्ध भएर अगाडी बढ्ने भएका छन् । उदयपुरको त्रियुगा नगरपालीका ९ राजावासको ओरेक भवनमा बुधबार सम्पन्न वालविवाह न्युनिकरणका लागी बृहत योजना बैठकमा सहभागी सरोकारवालाले एकताबद्ध भएर अगाडी बढ्ने प्रतिबद्धता जनाएका हुन् । कार्यक्रममा, विभिन्न संघसंस्था, स्थानीय निकाय लगायतले वालविवाह न्युनिकरणको कार्यक्रम सञ्चालन गर्दै आएको भएपनि वालविवाहको घटना न्युनिकरण हुनको सट्टा झन बढ्दै गईरहेको भन्दै अवको कार्यक्रम एकद्धार प्रणलीबाट सञ्चालन गर्न आवश्यक रहेको सहभागीहरुले औल्याएका छन् । कार्यक्रममा सहभागी सरोकारवाला निकायले वालविवाह न्युनिकरणको लागी नगर र वडा स्तरिय वाल संरक्षण समिती, वालक्लव गठन गरि टोलविकास संस...