सबैभन्दा अग्लोस्थानमा लिम्चुङबुङ महोत्सव हुने, हेलीबाट हलेसीमा पुष्पबृष्टि गरिने
उदयपुर, चैत १७ गते ।
“एभ्रेष्ट भ्यूटप भैचुङ – पर्यटनको केन्द्र लिम्चुङबुङ” भन्ने नाराका साथ उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा पहिलोपटक हुन लागेको सांस्कृतिक पर्यटन तथा लिम्चुङबुङ महोत्सव बारे आइतबार पत्रकार सम्मेलन सम्पन्न भएको छ ।
एभ्रेष्ट भ्यूटप पर्यटन विकास समितिको आयोजनामा हुने महोत्सवलाई भब्यरुपले सम्पन्न गराउने उद्देश्यका साथ तयारीका विविध कार्यका साथ पत्रकार सम्मेलन गरिएको हो । पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार नयाँवर्ष २०७६ को अवसरमा बैंसाख १ देखि पाँचदिनसम्म महोत्सव आयोजना हुनेछ । महोत्सवमा खास आकर्षण मौलिक सांस्कृतिक प्रदर्शनी, लोकप्रीय र चर्चीत गीतसंगीतका हस्तीहरुको उपस्थिति र प्रस्तुती, खेलकुद, हाँस्यब्यंग्य र साहित्व हुनेछन् । आकर्षणको रुपमा हेलिकेप्टरसमेत लैजाने र उद्घाटनमा सप्तकोशीको पानी उठाई हेलेसीधाममा चठाएर पुष्पबृष्टि गर्ने योजनासमेत रहेको जनाइएको छ । टि...









