Monday, July 6News That Matters

Month: ७ वर्ष अगाडि

विजुलीको पोल गाढ्न सुरु

विजुलीको पोल गाढ्न सुरु

समाचार
एस किराँती चौदण्डिगढी, बैशाख १६ गते । उदयपुरको चौदण्डिगढीमा विजुलीको पक्कि पोल गाढ्न सुरु गरेको छ । चौदण्डिगढी नगरपालिका वडा नं. ३ को विभिन्न बस्तिमा विजुली विस्तार गर्नका लागि सिमेन्टको पक्कि पोल सोमबारदेखि गाढ्न सुरु गरेको हो । केहि महिना अगाडी नै पोल आईपुगेको भएपनि विभिन्न समस्याले गर्दा पोल गाढ्ने काम सुरु भएको थिएन । पोलको ठेक्का सोहन कन्ट्रक्सन प्रालीले पाएको थियो । कन्ट्रक्सन र सम्बन्धित निकाय सँग कागजपत्रका प्रक्रिया नमिलेकाले काम ढिलो भएको चौनपा– ३ का वडाध्यक्ष पर्शुराम राईले बताए । वडाको कुनै ठाउँमा समयमै पोल गाडिएकाले तार तान्न मात्रै बाँकी रहेको राईले बताए । वडामा आएका पोल स्थानिय सरकार, संसदिय कोष, विद्युत र वडाको बजेटमा पोल आएको राईले बताए ।  नगरपालिकाले  २५ थान पोल सांसद डा. नारायण खड्काको संसदिय विकास कोषबाट १० लाख, विद्युत आरसीसिको १५ लाख र वडाको ५ लाख बजेटमा...
अज्ञात रोगले गाउँनै ग्रसीत

अज्ञात रोगले गाउँनै ग्रसीत

समाचार
उदयपुर, बैशाख १६ गते । उदयपुरमा गम्भिर प्रकृतिका अज्ञात रोग फेला परेको छ । रौतामाई गाउँपालिका–६ नामन्ताका मगर जातीको समाल थरका बासिन्दाहरुमा शरिर काप्ने अज्ञात रोगको विरामी फेला परेको हो । अज्ञात रोग २५ वर्ष उमेर कटेपछि सबैमा लाग्ने गरेको स्थानियबासीले बताएका छन् । सो गाउँमा समाल थरका १४ घरको बसोबासी छ । यसै रोगका कारण तीन जनाको ज्यान समेत गईसकेको बताइएको छ । विमारीले च्यापेपछि हिजो आइतबार ७ जनालाई जिल्ला अस्पताल उदयपुरमा भर्ना गरिएको छ । ७० वर्षीय डम्बरबहादुर समाल मगर, ६४ वर्षीय तुलबहादुर समाल मगर, ६४ वर्षीया जानीमाया मगर, २९ वर्षीय बलबहादुर समाल मगर, ४० वर्षीया हिरामाया मगर, ३६ वर्षीया ललीमाया मगर र २९ वर्षीय पुष्प समाल मगर अस्तालमा भर्ना भएका हुन् । समाल थरको छोरा वा छोरीमा मात्रै देखा परेको रोग बुहारी र छोरीका छोरा छोरीमा भने देखा नपरेको बताइएको छ । रोगको सुरुवाती लक्षण...
मोटरसाईकल दुर्घटनामा एकको मृत्यु

मोटरसाईकल दुर्घटनामा एकको मृत्यु

समाचार
उदयपुर, बैशाख १५ गते । उदयपुरको रङ्गमहलमा मोटरसाईकल दुर्घटना हुदाँ एकको मृत्यु एक जना गम्भिर घाईते भएको छ । चतरा – गाईघाट सडक खण्ड अन्तर्गत बेलका नगरपालिका – ८ रङ्गमहलको ओरालो घुम्तिमा आइतबार मोटरसाईकल दुर्घटना हुदा एक जनाको मृत्यु् भएको हो । मध्येन्न १२ः१० बजे स १० प ४२०३ नम्बरको मोटरसाईकल अनियन्त्रीत भई सडक देखि करिब १५ मिटर तल खसकेको प्रहरीले जनाएको छ । घाईतेहरुलाई उपचारको लागि विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा पठाईएको थियो । गम्भिर घाईते बेनपा – २ निबासी २७ वर्षीय अर्जुन यादवको उपचार क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । भने  निबासी २६ बर्षीय देवचन यादवे घोपामा उपचार भईरहेको प्रहरीले जनाएको छ । मोटरसाईकल चालक नखुलेको प्रहरीले जनाएको छ ।...
मेयरसँग जनता कार्यक्रम अभियान सुरु

मेयरसँग जनता कार्यक्रम अभियान सुरु

समाचार
उदयपुर, बैशाख १३  उदयपुरको त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले मेयरसँग जनता कार्यक्रम अभियान शुक्रबार देखि सुरु गरेको छ । स्वास्थ्य शिविरको आयोजना गरी मेयर चौधरीले अभियानको सुरुवात गरेका हुन् । १ नं वडा जोगिदहदेखि सुरु गरेको अभियान नगरका १६ वटै वडाहरुमा सञ्चालन हुने नगरपालिकाले जनाएको छ । शिविरका साथै विद्यार्थी भर्ना अभियान, निःशूल्क बैँक खाता कार्यक्रमलाई पनि प्राथामिकता दिदै थालिएको अभियानको उद्घाटन जोगिदहमा शुक्रबार स्वस्थ्य शिविरसंगै गरे । सिविरमा १ नं वडाको जेष्ठ नागरिक, महिला र बालबालिकाहरुको स्वास्थ्य परिक्षणका साथै औषधि वितरण गरेको थियो । सिबिरमा बिषेशगरी पाठेघर, पोषण, जनरल जाँच, मुुटुको इसिजी लगायतका उपचार सेवा तथा निशूल्क औषधी वितरण गरिएका थियो । नेपाल सरकारको निती अन्तरगत समृद्ध नेपाल अभियान बचत खाता बैँङकीङ कारोबारलाई जोड गर्ने गरी खाता खोल्ने अभियान पन...
उदयपुरमा मलेरिया (औँलो) रोग शून्यको हाराहारीमा

उदयपुरमा मलेरिया (औँलो) रोग शून्यको हाराहारीमा

समाचार, स्वास्थ्य
  बिक्रम राई उदयपुर, बैशाखर / १३ उदयपुर जिल्ला मलेरिया रोग ( औँलोको ) अति कम जोखिम क्षेत्र भएको स्वास्थ्य निर्देशनालय उदयपुरले बताएको छ । निर्देशनालयका अनुसार तीन बर्षको सर्वेक्षणमा एक जनालाई मात्र पक्ता लागेको औँलो  रोग त्यो पनि बाहिर बाट आएको व्यक्तिमा फेला परेको जनाएको छ ।   १३ औँ विश्व औँलो दिवसको अवसर पारेर स्वास्थ्य निर्देशनालय उदयपुरले आयोजना गरिएको सो कार्यक्रमा उदयपुर लोरिस जिल्लामा परेको तथ्याङकले देखाएको हो । उदयपुर औँलाको अति कम क्षेत्र भएपनि रोग लाग्ने भेक्टोरीयाहरु भने फेला परेकाले सजक रहन निर्देशानलयले आग्रह गरेको छ । उदयपुरमा पनि तीन किसिमको भेक्टोरीयाहरु फेला परेको भन्दै यस बाट बच्न सचेत रहनु पर्ने बताए । खास गरी जिल्लाको बढी गर्मि हुने तल्लो भेग तराई क्षेहरु मैनामैनी, बेल्टार, कटारी लगाएतका ठाउँहरुमा यसको लक्षणहरु भेटिएको कारण सजग रहन...
विरामीलाई फलफुल वितरण

विरामीलाई फलफुल वितरण

समाचार
उदयपुर, बैशाख ११ गते । लोकतन्त्र दिवसको अवसरमा उदपयपुरको जिल्ला अस्पतालमा विरामीलाई फलफुल वितरण गरीएको छ । जिल्ला समन्वयन समितिको आयोजनामा दिवसको अवसर पारेर अस्पतालका विरामीहरुलाई बुधबार फलफुल वितरण गरिएको हो । प्रत्येक वर्ष दिवसको अवसरमा विभिन्न कार्यक्रम गर्ने गरेको आयोजकले जनाएको छ । अस्पतालको निगरानी समेत हुने गरी विरामीलाई फलफुल वितरण गरि दिवस मनाएको आयोजकले जनाएको छ । लोकतन्त्रका लागि हजारौँ जनताको बलिदानी र ठुलो संङ्घर्षबाट २०६३ साल बैशाख ११ गते जनताले लोकतन्त्र प्राप्त गरेको थियो । लोकतन्त्र प्राप्त गरेको सम्झाना स्वरुप दिवसको रुपमा विभिन्न कार्यक्र गरि वर्षेनी भव्य मनाउदै आएको छ । विरामीलाई औषधी सँगै फलफुलको पनि उतिकै आवश्यकता पर्ने भएकाले फलफुल वितरण कार्यक्रम गरिएको आयोजकले जनाएको छ । देशै भरि विभिन्न कार्यक्रम गरि भव्य रुपमा दिवस मनाईएको छ ।...
फरार भएका २ जना जेल चलान

फरार भएका २ जना जेल चलान

समाचार
उदयपुर, बैशाख ९ गते ।   उदयपुर जिल्ला अदालतको फैसालले कैद र जरिवाना सजाय सुनाएका विभिन्नम मुद्दाका फरार दुई प्रतिबादीलाई प्रहरीले पक्राउ गरेका छन् । अदालतको फैसालबाट लागुऔष, बहुविवाह र गाली बेईज्जतको कसुरमा केहि वर्ष जेल र जरिवाना सजाय  पाएका दुई जना फरार प्रतिबादी प्रहरीले पक्राउ गरेका हुन् । त्रियुगा नगरपालिका–७ हाल त्रिनपा–३ मोतिगडा निबासी ३० वर्र्षीय कपिल नामले चिनिने कपलेश्वर चौधरीलाई लागुऔषधको मुद्दामा ३ वर्ष कैज र एक लाख १० हजार जरिवाना गत चैत्र २९ गते जल्ला अदालत उदयपुरले फैसला सुनाएका थियो । त्रिनपा–१३ लक्ष्मिपुर निबासी ४७ वर्षीय बलराम चौधरीलाई बहुविवाहको मुद्दामा एक वर्ष कैद, ५ हजार जरिवाना र लागी बैइज्जतको मुद्दामा ९ हजार जरिवाना हुने अदालतले फैसाल सुनाएको थियो । कपलेश्वरलाई विहिबार पक्राउ गरि अदालतमा हाजिर गराई कैद तथा जरिवाना भुक्तानका लागि जिल्ला कारागा...

जिप दुर्घटनामा १ को मृत्यु ३ जना घाईते

समाचार
उदयपुर, बैशाख ९ गते । बेलकाको कुलुङमा पिकअप दुर्घटना हुदा एक को मृत्यु तीन जना घाईते भएका छन् । बेलका नगरपालिका–७ मैनामैनीको कुलुङमा ब्रेक फेल भई दुर्घटना हुदाँ घटनास्थमै एक  जनाको मृत्यु भएको छ भने तीन जान घाईते भएका हुन् । सुनसरीको चतराबाट बेलकाको मयाम सम्मका लागि हिडेको पिकअपको उकालोमा अचानक ब्रेक फेल भएपछि दुर्घटना भएको प्रहरीले जनाएको छ । ब्रेक फेल भएपछि पिकअप पछाडी सरेर दुर्घटना भएको थियो । दुर्घटनामा बेलका नगरपालिका–७ मैनामैनी निबासी करिब २३ वर्षीय मनोज राईको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घाईते हुनेमा बेनपा–८ निबासी ३५ वर्षीया चरकुमारी राईको टाउकोमा चोटपक लागेको छ । चालक (सवारी धनी) बेनपा–७ मैनामैनी निबासी करिब २७ वर्षीय अम्बर राईको हात र छातीमा चोट लागेको छ भने बेनपा–७ निबासी ३२ वर्षीया पिपल कुमारी राई घाईते भएको प्रहरीले जनाएको छ । घाईतेहरुलाई व...
लिम्चुङबुङ महोत्सवले पालिका उत्साहित

लिम्चुङबुङ महोत्सवले पालिका उत्साहित

आर्थिक, पर्यटन, समाचार
उदयपुर, बैशाख ८ गते । लिम्चुङबुङ गाउँपालिका बाराहाको  सहयोग तथा एभरेस्ट पर्यटन भ्युटप  विकास समितिको आयोजनामा पहिचानको लागि संस्कृति, विकासका लागि पर्यटन भन्ने मुल नाराका साथ  बैसाख १ देखि ५ गतेसम्म सन्चालन भएको सांस्कृतिक पर्यटन तथा लिम्चुङबुङ महोत्सव –२०७६ भब्यरुपले सम्पन्न भएको छ । पालिकाले एक विज्ञप्ती जारी गर्दै महोत्सवले लिम्चुङबुङभित्रका सबै जातजाती, भाषा र संस्कृतिको विकास र उन्नयनमा ऐतिहासिक जागरण पैदा गर्दै  बिबिधताका बीच गहिरो भावनात्मक एकता निर्माण गर्न  सहयोग पुर्याएको जनाएको छ । त्यहाँको भूगोलमै पहिलो पटक एकै ठाउँमा सबै स्थानीय  जात, जातिका सांस्कृतिक नाच तथा झाँकिहरु प्रस्तुत गर्न पाउँदा आम लिम्चुङबुङबासीमा गौरव र अपनत्वको अनुभुत भएको र महोत्सवले देशैभरी बिबिध पहिचान र संस्कृतिको समतामूलक विकास र प्रवर्द्धनले नै दिगो शान्ति र मजबुत एकता संभव छ भन्ने सन्देश प्रवाह गरेको...
जिवन रुपान्तरणका लागी योग

जिवन रुपान्तरणका लागी योग

समाचार
उदयपुर, बैशाख ७ गते । मानव जिवनसँग प्रत्यक्ष रुपमा जोडिएको योगका उदयपुरमा एक दिने प्रवचन कार्यक्रम भएको छ । जिवनयोग प्रयोगशाला गाईघाट उदयपुरको आयोजनामा मानव जिवन रुपान्तरणका लागि योगको माध्यम अपनाउनु पर्ने भएकाले प्रवचन कार्यक्रम भएको हो । मानिसलाई रुपान्तरण गरि नकारात्मक पक्षबाट सकारात्मक दिसा तर्फ डो¥याउने माध्यम भएकाले कार्यक्रमको आयोजना गरिएको थियो । लागुऔषमा फसेका, मानसिक रोगी लगायतका विभिन्न जटिल रोगलाई समेत योगको माध्येमबाट निको पार्न सकिने जिवनयोग प्रयोगशाला गाईघाट उदयपुरको अध्यक्ष दिपक पराजुलीले बताए । दैनिक ४०/५० जनाले योग गर्दै आएका छन् । मानिसले प्राप्त गर्ने सुख, शान्ति र समृद्धिका लागि योग ध्यान र प्रणाम गर्दै आएको पराजुलीले बताए । विहान करिब ४ ः ३० बजेदेखि सुरु भई २/३ घण्टा सम्म योग अभ्यास हुने गरेको पराजुलीले बताए । मानिसमा हुने तनाव, चिन्ता, असन्तुष्ट लगायक...