Monday, July 6News That Matters

Month: ७ वर्ष अगाडि

घाईतेको उपचारका क्रममा मृत्यु

घाईतेको उपचारका क्रममा मृत्यु

समाचार
उदयपुर, बैशाख ७ गते ।   त्रियुगा नगरपालिका– ७ चुहाडेमा मोटरसाईकललाई ट्याक्टरले ठक्कर दिदा मोटरसाईकल चालको मृत्यु भएको छ । विपरित दिसाबाट आउँदै गरेको मोटरसाईकललाई ट्याक्टरले ठक्कर दिदा गम्भिर घाइते भएका मोटरसाईकल चालक कालिन्दा भण्डारीको उपचारको क्रममा मृत्यु भएको हो । लु ३ त ४४४९ नम्बरको ट्याक्टरले लु ४९ प ४०७४ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।  ट्याक्टरको ठक्करबाट गम्भिर घाइते भएका उदयपुरगढी गाउँपालिका–७ निबास ३५ बर्षीय भण्डारीलाई उपचारको लागि विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा पठाईएको थियो । घाईते भण्डारीको घोपामा उपचारको क्रममा राती करिब ८ ः ३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । भण्डारीलाई ठक्कर दिने ट्याक्टर र ट्याक्टर चालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।...
ताप्लेजुङमा १० नाल बन्दुक बरामद

ताप्लेजुङमा १० नाल बन्दुक बरामद

समाचार
ताप्लेजुङ, वैशाख ५ गते ताप्लेजुङको छुट्टाछुट्टै स्थानबाट प्रहरीले १० नाल भरुवा बन्दुक बरामद गरेको छ । मंगलबार प्रहरी चौकी शिवाबाट खटिएको प्रहरीले फक्तालुङ गाउँपालि १ सावादिन जंगलमा बेवारिशे अवस्थामा ३ नाल भरुवा बन्दुक फेला पारी बरामद गरेको हो । त्यस्तै प्रहरी चौकी निगुरादिनबाट खटिएको प्रहरी टोलीले आठराई त्रिवेणी गाउँपालिका १ बाट जंगलमा लुकाई राखेको १ नाल भरुवा बन्दुक बरामद गरेको हो । त्यसैगरी इलाका प्रहरी कार्यालय दोभानबाट खटिएको प्रहरी टोलीले आठराई त्रिवेणी गाउँपालिका २ फुलवारी स्थित ओडारे जंगलमा २ नाल, इलाका प्रहरी कार्यालय तल्लोकबाट खटिएको प्रहरी टोलीले श्रीजंगा गाउँपालिका ३ कुन्जरीमा लुकाई राखेको ३ नाल बन्दुक बरामद गरेको हो । सोही गाउँपालिका सिकैचाका तुलाराम काङबाङले १ नाल लाईन्सन्ससहितको भरुवा बन्दुक प्रहरीलाई बुझाएको पनि प्रहरीले जनाएको छ ।...
फेसबुक चोकमा आगलागी

फेसबुक चोकमा आगलागी

समाचार
मोरङ, वैशाख ५ गते मोरङको कानेपोखरी गाउँपालिका ६ फेसबुकचौकमा बिहिबार अपरान्ह आगजनी हुँदा १५ लाख बढि क्षती भएको छ । स्थानीय बीरबहादुर भट्टराईको घरमा आगजनी हुँदा उक्त परिणामको क्षती भएको हो । विद्युतसर्ट भई आगलागी हुँदा दुईतले टिनको छानो भएको घर जलेको हो । घरभित्रका लत्ताकपडा, भाँडाकुडा, काठपात, अन्नपात लगायत सम्पूर्ण सामानहरु जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको  छ ।...
धारापानी खोलामा पुल शिलान्यास

धारापानी खोलामा पुल शिलान्यास

समाचार
एस किराँती विरेन्द्रबजार, बैशाख ५ गते चौदण्डीगढी नगरपालिकाको वडा नं. ८ धारापानी खोलामा पुलको शिलान्यास भुपु शहरी विकास मन्त्री प्रतिनिधि सभा सदस्य डा. नारायाण खड्काले बुधबार गर्नुभएको छ । विरेन्द्रबजार स्थित भिमचौकमा औपचारिक कार्यक्रम गरि पुलको शिलान्यास गरिएको थियो । कार्यक्रममा सांसद डा. खड्काले आप्mनो संसदीय विकास कोषको ३० लाख रुपैयामा पुलको पहिलो चरणको काम गर्ने लक्ष्य रहेको  बताउनुभयो । कार्यक्रममा नगर प्रमुख खगेन्द्र राई, उप—प्रमुख रिता कुमारी चौधरी, ने.का. क्षेत्रीय सभासद भोटराज खतिवडा, वडाध्यक्षहरु, नागरिक समाज, संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो । पुल निर्माण समितिका अध्यक्ष प्रदिप राईको अध्यक्षतामा भएको कार्यक्रममा सिता राईले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन गरुडमान विश्वकर्माले गर्नुभएको थियो ।...

बिप्लव बन्दपछि शिविर बन्द

समाचार
एस किराँती बेल्टार, बैशाख ५ गते चौदण्डीगढी नगरपालिकाको वडा नं ३ स्थित आम्साल माध्यामिक विद्यालयमा हिजोबाट भइरहेको दुई दिने निस् शुल्क स्वास्थ शिविर बिप्लव माओवादीको बन्दका कारण दोस्रो दिन सञ्चालन हुन सकेन । नोबेल अस्पतालबाट आएका डाक्टर तथा चिकित्सकहरुको टोलिबाट शिविर हुँदै गरेको थियो ।  बिप्लब माओवादीले बन्द परेपछि शिविर बन्द भएको फ्याक्ट नेपालकी अध्यक्ष मौसम राईले बताईन् ।  ...
प्रशासनमा धर्ना

प्रशासनमा धर्ना

समाचार
उदयपुर, बैंशाख ५ गते । विद्युतीय कारोवार ऐनको नाममा पत्रकारहरुमाथि भइरहेको धरपकटको विरोध गर्दै उदयपुरमा धर्ना कार्यक्रम भएको छ । पक्राउ परेका पत्रकारको रिहाई र ऐनको दफा ४७ र ४८ खारेजीममेतको माग गर्दै पत्रकारहरुले जिल्ला प्रशासन अगाडि एक घण्टा धर्ना दिएका हुन् । ११ ः ०० देखि १२ ः ०० बजेसम्म धर्ना बसेका पत्रकारहरुले ऐनको बाहानामा सरकारले पत्रकारहरुमाथि आंकुश लगाउन खोजेको आरोप लगाएका छन् । राज्यलाई दवाव दिने उद्देश्यले प्रशासनमा धर्ना बसेका उनीहरुले माग पुरा नभए कडा आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । महासंघ शाखा अध्यक्ष भरत खड्काले एकघण्टे धर्नाबाट सुरु भएको पत्रकारहरुको आन्दोलन आवश्यकता अनुसार चर्कीनुका साथै लम्बिन सक्ने बताए । बरिष्ठ पत्रकार कौशल चेम्जोङ लगायत पत्रकार संघसंगठनका प्रतिनिधि, स्थानीय तथा राष्ट्रिय स्तरमा कार्यरत पत्रकारहरुको धर्नामा सहभागिता थियो ।...
दुई दिने निःशुल्क स्वास्थ्य सिविर सुरु

दुई दिने निःशुल्क स्वास्थ्य सिविर सुरु

समाचार, स्वास्थ्य
एस किराँती  चौदण्डिगढी, बैशाख ४ गते । चौदण्डिगढीको मावी आम्सालमा दुई दिने निःशल्ुक स्वास्थ्य शिविर सञ्चालन भएको छ । फ्याक्ट नेपालको आयोजना र चौनपा–३ को समन्वयमा बुधबार देखि निःशुल्क स्वास्थ्य शिविर संचालन भएको हो ।   दुई दिने शिविरमा आँखा, कान, घाँटी लगायतका निःशुल्क चेक जाँच र औषधी प्रदान गरिने आयोजकले जनाएको छ । नोवेल अस्पताल विराटनगरका २८ जना  चिकित्सक टोलीले शिविरमा सेवा प्रदान गर्ने आयोजक फ्याक्ट नेपालको अध्यक्ष मौसम राईले बताईन् । शिविरबाट स्थानिय सर्वसाधरणले लाभ लिने आशा लिएको आयोजकले जनाएको छ । ग्रामिण भेगमा बसोबास गर्ने मानिसहरुको आर्थिक भौतिक विभिन्न समस्याले गर्दा रोग पालेर बस्नु पर्ने बाध्यतालाई निर्मुल पार्ने उद्देश्यका साथ शिविरको आयोजना गरिएको आयोजकले जनाएको छ । कार्यक्रको फ्याक्ट नेपालको अध्याक्ष मौसम राईको सभापतित्वमा प्रमुख अतिथि पूर्व शहरी विका...
वडा स्तरीय फुटबलको उपाधी ३ नं वडालाई

वडा स्तरीय फुटबलको उपाधी ३ नं वडालाई

खेलकुद, समाचार
एस किराँती बसाहा, वैशाख ४ गते । उदयपुरको चौदण्डीगढीमा जारी वडा स्तरीय खेलमा वडा नं ३ ले उपाधी चुमेको छ । बसाहा क्लवको आयोजनामा नारदमुनी रंगशालामा  भएको खेलमा ४–३ गोलले पछि पार्दै ३ नं वडाले उपाधी चुमेको हो । चैत्र २५ गतेबाट सुरु भएको खेलको फाईनल खेलमा वडा नं ३ र ४ विच खेल भएको थियो । ९० मिनटको निर्धारीत खेलमा दुवै टिमले गोल गर्न नसके पछि खेल ट्राईब्रेकरमा गएको थियो । ५/५ जनाको सुटआउटमा वडा नं ३ ले ४ गोल र  वडा नं. ४ ले ३ गोल मात्रै गरेको थियो । वडा नं ३ बाट गोल गर्ने समन राई, दिवस राई, आकाश राई र सुजन राईले गोल गरेको थियो । भने ४ नं बाट नवल तामाङ, पवन कार्की र नदिम राईले गोल गरेका थिए । उक्त उपाधी हात पारेका ३ नम्बरकै गोल रक्षक प्रदिप श्रेष्ठ उत्कृष्ठ गोल रक्षक घोषीत भएको छ । भने ३ कै अभिनास राई बेस्ट डिफेन्डर घोषीत भएको थियो । बेस्ट प्लेयर ४ नम्बरको प्रेरित मगर घोषीत भए...
जाल्पा गोल्डकपको उपाधि उदयपुरगढीलाई

जाल्पा गोल्डकपको उपाधि उदयपुरगढीलाई

खेलकुद, समाचार
उदयपुर, बैशाख ४ गते । प्रथम जाल्पा गोल्डकपको उपाधि उदयपुरगढी फुटवल क्लवले चुमेको छ । जाल्पा स्पोर्टस क्लव उदयपुरको आयोजनामा भएको फाईनल खेलमा गाईघाट फुटवल क्लवलाई ४–३ को गोलअन्तरले पछि पार्दै गढीले चुमेको हो । ९० मिनेटको निर्धारीत खेलमा २–२ गोलले बराबरीमा भएपछि खेल ट्राईव्रेकरमा गएकोे थियो । खेल सुरु भएको ५० सेकेन्डमा गाईघाटका समिरराज राउतले गोल गर्दै खाता खोलेका थिए । भने ८० औँ मिनटमा सुनिल खड्काले दोस्रो गल गरेका थिए । खेलको हाफ समय पछि ४८ औँ मिनेटमा गढीका उज्वल चाम्लिङले १ गोल गरेको थियो । भने ६५ औँ मिनटमा सुरज भुजेलले दोस्रो गोल गरेको थियो । निर्धारित समयमा खेल बराबरी भएपछि थप गरिएको समयमा पनि कुनै टिमबाट गोल हुन नसकेपछि खेल ट्राईव्रेकरमा गएको थियो । ट्राईव्रेकरमा गाईघाटका दुई र गढीका १ खेलाडीले गोल गर्न सकेको थिएन । गाईघाटका अर्जुन मगर, समिरराज राउत र सागर रायले गोल गरेक...
दुई जिल्ला जोड्ने सडकको शिलान्यास

दुई जिल्ला जोड्ने सडकको शिलान्यास

समाचार
उदयपुर, वैशाख ३ गते । उदयपुरको चौदण्डिगढी र खोटाङको बाराहा जोड्ने सडकको शिलान्यास गरिएको छ । चौदण्डीगढी नगरपालिका ९ को अमिलिखर्क देखि खोटाङको बाराहा गाउँपालिका जोडिने  सडकको मंगलबार प्रदेश सांसद विमल कार्कीले सिलान्यास गरेको हो । प्रदेश सरकारको वहुबर्षिय योजना अन्तरगत पहिलो बर्षको काम सुरु गरिएको हो । ७ मिटर चौडाई र ४२ किलोमिटर लामो उक्त सडकको पहिलो बर्ष चालु आर्थिक बर्षमा करिव ५ किलोमिटर काम सम्पन्न गरिने पुर्वाधार विकास कार्यालयका प्रमुख (डिई) जितेन्द्रकुमार कर्णले बताए । पहिलो वर्षमा ५ किलोमिटर काम भएका सडकको बाँकी काम तीन बर्ष भित्र सम्पन्न गर्ने गरी काम गर्ने डिई कर्णले बताए । प्रदेशको नयाँ संरचना, अख्तियारीमा ढिलाई, केहि काममै अवरोधका कारणेले ढिला भएकाले अवको दिनमा सहजता ल्याउनु पर्ने डिई कर्णले बताए । दुई सरकार विचको विवादले गर्दा थोरै समय भएकाले यस बर्ष ९१ लाख ७५...