Monday, July 6News That Matters

Month: ७ वर्ष अगाडि

गाईघाटमा दिउसै चोरी

गाईघाटमा दिउसै चोरी

समाचार
उदयपुर, बैशाख २ गते । उदयपुरको सदरमुकाम गाईघाटमा मंगलबार दिउँसै चोरी भएको छ । त्रियुगा नगरपालिका– ११ स्थित संगमटोलमा नवराज कार्कीको घरमा दिउँसो चोरी भएको हो । स्थानीयका अनुसार कोहि नभएको मौका पारी ढोका फोडेर चोरी भएको हो । घरमा कोहि नभएको मौका छोपी ढोकाको ताला तोडेर चारी भएको घरधनी कार्कीले बताए । कोठाको दराज, पलङ फोडेर करिब १० तोला सुन र २५ हजार पैसा चोरी भएको कार्कीले बताए । सवै ढोकामा ताला लगाएर दिउँसो हस्पिटल गएको र करिब बेलुका ६ बजे खाना पकाउन घर आउँदा ढोका फोडेर चोरी भएको थाहा पाएको कार्कीले बताए । घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान गरिरहेको छ । अनुसन्धानसंगै चोरी गर्नेको ब्यापक खोजी थालेको छ । प्रहरीले मुचल्का भने भोलीपल्ट मात्र उठाउने जनाएको छ...
जिल्लाकै पहिलो ट्रेल रेस

जिल्लाकै पहिलो ट्रेल रेस

समाचार
उदयपुर, वैशाख २ गते ।   एतिहासिक ट्रेल रेसमा संजिता राई र याङ्देव राईले प्रथमई जना राईले प्रथम स्थापन हाँसिल गरेका छन् । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मुल नाराको साथ आयोजना गरिएको खुल्ला ट्रेल रेसमा हुन् । जहाँबाट सुरु भई त्यहि अन्त्य हुने रेस महोत्सव स्थल दोबाटेबाट सुरु गरिएको थियो । दोवाटेबाट पालिकाको केन्द्र बाराहा पुगेर फर्की उक्त स्थानमै अन्त्य गरिएको थियो । १६ किलोमिटरको रेसमा १५ केटी र २८ केटा गरी ४३ जनाले सहभागिता जनाएको थियो । महोत्सवको विभिन्न आकर्षण मध्ये नयाँ तथा एक महात्वपूर्ण रेसलाई लिईएको आयोजकले जनाएको छ । महोत्सवको अवसर पारेर आयोजना गरिएको रेसमा स्थानिय र छिमेकी जिल्लाका युवा युवतीले भाग लिएको थियो । खुल्ला रेसमा केटी तर्फबाट २ घण्टा १२ मिनट १८ सेकेन्डमा १६ किलोमिटर दुरी पार गर्दै लिम्चुङ्बुङ गाउँपालिका– १ बाँसबोटेकी संजिता र...
भव्य मनाए विश्व स्वस्थ्य दिवस

भव्य मनाए विश्व स्वस्थ्य दिवस

समाचार
सविता बस्नेत  उदयपुर उदपयुरको रानीबासमा विश्व स्वास्थ्य दिवसको अवसरमा हाजिरी जवाफ प्रतियोगीता भएको छ । त्रियुगा नगरपालिका–१५ रानीबासमा दिवसको अवसर पारेर विभिन्न आमा समुह विच हाजिरी जवाफ प्रतियोगीता भएको हो । मानव अधिकार वातावरण विकास केन्द्र (हुरेण्डेक) उदयपुरको आयोजनामा वल्र्ड भिजन ईन्टरनेश्लन नेपालको सहयोग र वडा कार्यालयको सहयोगमा कार्यक्रम भएको थियो ।   कार्यक्रममा वडाका विभिन्न गाउँको ७ वटा आमा समुहले हाजिरी जवाफ प्रतियोगीतामा सहभागिता जनाएको थियो ।  प्रतियोगीतामा आमा समुहका ३/३ जनाले सहभागिता जनाएको आयोजकले जनाएको छ । महिल स्वास्थ्य सम्बन्धि प्रश्नहरु प्रतियोगीतामा सोधिएका थियो । प्रथमदेखि तृतिय पुरस्कार काँसको विभिन्न खालको करुवा रहेको आयोजकले जनाएको छ । त्रिनपा–१५ वडाध्यक्ष निरबहादुर मगरले विभिन्न ठाउँमा भब्य रुपमा मनाईने विश्व स्वास्थ्य दिवस...
हावाहुरीका कारण बेल्हामा क्षति

हावाहुरीका कारण बेल्हामा क्षति

समाचार
 एस किराँती  वैशाख, १ बेल्हा वर्षा सँगै आएको हावाहुरीले चौदण्डीगढी नगरपालिकामा क्षति पुराएको छ । वडा नं. ५ बेल्हा स्थित आधारभुत विद्यालय सिवाइ बेल्हाको दृस्टी विहिन आवस सँगै, योगेन्द्र चौधरी, छेवल चौधरी लगायतका घरको छाना उडाएर हावाले क्षती पुराएको हो । करिब साझ ३ बजे तिर आएको हावाहुरीले दृष्टि बिहिन आवस सँगै अन्य घरको छाना उडायपछि स्थानीयहरु बिचल्लीमा परेका छन् । आफ्नो घरको छाना उडाएपछि पिडीतहरु छिमेकीको घरमा बास बस्नु परेको पिडित परिवारहरुले जनाएको छ । अनुमानित १३ घर भन्दा माथि घरपरिवारको बिचल्ली भएको र २५ लाख भन्दा बढी क्षती पुगेको इलाका प्रहरीचौकी बेल्टारका प्रमुख गँगा पौडेलले जानकारी गराएको छ ।...
आठ हिमाल अवलोकनसहित लिम्चुङबुङ महोत्सव सुरु

आठ हिमाल अवलोकनसहित लिम्चुङबुङ महोत्सव सुरु

पर्यटन, समाचार
 उदयपुर, बैशाख १ गते ।  उदयपुर, बैशाख १ गते । पहिचानको लागि संस्कृति, विकासको लागि पर्यटन भन्ने नाराका साथ उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा सांस्कृतिक पर्यटन तथा लिम्चुङबुङ महोत्सव आइतवारदेखि सुरु भएको छ । पारिपट्टी पूर्वको प्रख्यात हलेसीथान, तलतिर सुनकोशी र सर्बोच्च शिखर सगरमाथासहित आठ वटा हिमालहरुको मनोरम दृष्यवलोकन गर्न किने स्थानमा लिम्चुङबुङ गाउँपालिकाको सहयोग तथा एभरेष्ट भ्यूटप पर्यटन विकास समितिको आयोजनामा महोत्सव भएको हो । नयाँवर्षको अवसरसंगै पालिकाको वडा नं. ३ एभरेष्ट भ्यूटप (दोबाटेडाँडा) मा पाँचदिनसम्म सञ्चालन हुने महोत्सवमा स्थानीय उत्पादन तथा जातीय परिकारका प्रदर्शनी, पहिचानमुलक सांस्कृतिक तथा खेलकुद प्रतियोगिता आकर्षण रहेका छन् । पालिकाको समृद्धिका लागि कषि, उद्यम, शिक्षा, स्वस्थ्यसंगै पर्यटनलाई विशेष महत्व दिएको पालिकामा पहिलोपटक पटक भएको महोत्सवको उद्घाटन प्र...
बदेलको आक्रमणमा बाट महिला घम्भिर घाईते

बदेलको आक्रमणमा बाट महिला घम्भिर घाईते

Breaking News 1
  बेलका, बैशाख  १ बेलका नगरापालिका ८ की अन्दाजी ३२ बर्षिय महिला शनिवार बदेलको आक्रमणमा परि घम्भिर घाईते भएकी छिन् । नजिकैको कोशीटप्पु जंगलमा दाउरा काट्न गएकी मनमाया राईलाई बदेलले आक्रमण गर्दा घाईते भएकी हुन् । करिब बिहान ६ः३० बजेको समयमा दाउरा काट्न निस्केकी राईको टाउको, हात, र पाखुरामा मासु लुछि घाईते बनाएकी हुन् । उनीको बिपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा उपचार पछि अवस्था सामान्य बन्दै गएको स्थानीयले बताए ।  ...
बसाहा राईजिङ महिला गोल्डकपको उपाधी झापालाई

बसाहा राईजिङ महिला गोल्डकपको उपाधी झापालाई

Breaking News 1, खेलकुद
  बिक्रम राई  बसाहा, चैत ३०  उदयपुरको चौदण्डीगढी नगरपालिका ४ बसाहामा सोमबारदेखि सन्चालित चौथो बसाहा राईजिङ महिला गोल्डकपको उपाधी पारिजात महिला फुटवल क्लब झापाले चुमेको छ । शनिबार भएको फाईनल खेलमा आयोजक बसाहा राइजिङ युथ क्लवलाई ट्राईबेकरमा ४–२ ले पराजित गर्दै झापाले उपाधी चुमेको हो । झापाको तर्फबाट जर्सी नं ७ की संरचना प्रधान, जर्सी नं १६ की सुस्मिता लेप्चा, जर्सी नं २ की सुस्मिता घिसिङ र जर्सी नं १७ खुसी राईले गोल गरेकी थिईन् । त्यसैगरी आयोजक तर्फबाट जर्सी नं २ की अनुसा थेबे, जर्सि नं १० की अनुस्का शेर्पाले गरेकी थिइन् । बिजयी टिम झापाले ७० हजार नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता आयोजक टिमले ३५ हजार नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । बिजेता तथा उपविजेता दुवै टिमलाई पालिकाका मेयर खगेन्द्र राई र उपमेयर रिता कुमारी चौध...
कृषकहरुलाई ५० प्रतिशत छुटमा यान्त्रिकरण मेशिन बितरण

कृषकहरुलाई ५० प्रतिशत छुटमा यान्त्रिकरण मेशिन बितरण

Breaking News 1
  उदयपुर, चैत्र/२९ त्रियुगा नगरपालिका कृषि विकास शाखा उदयपुरले नगरका व्यवसायीक कृषकहरुलाई शुक्रबार एक कार्यक्रमको आयोजना गरी ५० प्रतिशत छुटमा प्राविधिक तथा यान्त्रिकरण मेशिनहरु वितरण गरेको छ । शाखाले ३० ओटा मिनिटिलर ( हाते ट्याक्टर ) ८ ओटा ठेसर ( धान झाँट्ने मेशिन ) र १ ओटा ब्रष्टकटर (धान काट्ने मेशिन )उपलब्ध गरेको त्रियुगा नगरपालिका कृषि विकास शाखाका साहयक प्राविधिक सोम दनुवारले बताए । व्यवसायी रुपमा रहेका कृषकहरुको समय र जनशक्तिलाई मध्यनजर गर्दै छिटो छरितो र सरल तरिकाबाट कृषिमा जोड गर्न प्रविधिक मेशिनको उपलब्ध गराएको त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले बताए । समय अनुसारको प्रविधिले मात्रै कृषि क्रान्ति गर्न सकिने र कृषि पेशा व्यवसाय बन्दै जाने कुरमामा पनि मेयर चौधरीले कृषकहरुलाई जानकारी गराए । त्यस्तै त्रियुगा नगरपालिकाका उपप्रमुख देवि चौधरीले पनि कृषकहरुका...
बेल्टारमा जातिय बिभेद बिरुद्ध जनचेतना कार्यक्रम

बेल्टारमा जातिय बिभेद बिरुद्ध जनचेतना कार्यक्रम

Breaking News 1
  बेल्टार, चैत २८ गते । उदयपुरको चौदण्डीगढी नगरपालिकाको बेल्टारमा जातिय बिभेद बिरुद्ध कार्यक्रम बिहिबार सम्पन्न भएको छ । संविधान र नयाँ सरकारले दलितको हकहितको लागि थुप्रै नीति नियमहरु बनाए पनि यसको कार्यन्वयन पक्ष फितलो रहेको भन्दै जनचेतना कार्यक्रमको आयोजना गरिएको हो । दलितहरु आर्थीक, राजनितिक, सामाजिक पहँुच भन्दा टाढा हुनु परेको र सामाजिक रुपमा अझै पनि सहजता नरहेको सहभागिहरुले बताएका छन् । नगर स्तरीय दलित लक्षित समिति चौदण्डीगढीको आयोजना तथा चौदण्डीगढी नगरपालिकाको सहयोग र दलित गैसंस माहासंघको सहकार्यमा भएको कार्यक्रममा पूर्वमन्त्रि तथा नेपाली कांग्रेसका सांसद मिन विश्वकर्माको प्रमुख आथित्य रहेको थियो । कार्यक्रममा बोल्दै पूर्वमन्त्रि विश्वकर्माले पहिले सबै दलितहरु एक हुनु पर्नेमा जोड दिए । सबै दलित सामुदायहरु एक अर्कालाई सम्मान गर्दै एकता कायम गरेमा राज्यलाई द...
दोस्रो दिन धनकुटा र आयोजक टिम बिजयी

दोस्रो दिन धनकुटा र आयोजक टिम बिजयी

खेलकुद
  बिक्रम राई बसाहा, चैत २७ मंंगलवारदेखि सुरु चौथो बसाहा राईजीङ महिला गोल्डकपको दोस्रो दिन बसाहा राईजीङ क्लव (आयोजक टिम) र धनकुटा फुटवल संघ बिजयी भएको छ । आयोजक बसाहा राईजीङ क्लवले गाईघाट फुटवल क्लवलाई ६–० को अन्तरले पराजित गरेपछि बिजयी भएको हो । आयोजकको तर्फबाट जर्सि नं ११ का चुमलुङमा राईले ३ गोल, जर्सि नं ८ का नमिता राईले २ गोल र जर्सि नं ९ का मनिका राईले १ गोल गरी जम्मा ६ गोलका साथ गाईघाटलाई फराकिलो अन्तरले हराएको थियो । यता धनकुटाले बेलका ११ लाई २–० ले पराजीत गरी बिजयी भएको छ । धनकुटाको तर्फबाट जर्सि नं ३ का सानु राई र जर्सि नं ४ का सुनिता तामाङले १–१ गोल गर्दै टिमलाई बिजयी बनाएको हो । खेल अबधिभर गाईघाट र बेलका ११ ले कुनै पनि गोल फर्काउन नसक्दा निलमै चित्त बुझाउनु परेको थियो । भोलीदेखी सेमिफाइनलको खेल सुरु हुनेछ । भोली हुने सेमिफाईनलको खेलमा ४ टिमले खेल्ने आयोजकसम...