वडा नं १० को दोस्रो चौमासिक सार्वजानिक सुनुवाई सम्पन्न
उदयपुर, चैत्र/२७
त्रियुगा नगरपालिका वडा नं १० ले आफ्नो चौमासिक सार्वजानिक सुनुवाई बुधवार वडा बासीहरुको व्यापक उपस्थितिमा सम्पन्न गरेको छ ।
वडाको आयोजना तथा पानस उदयपुरको सहजीकरणमा आयोजित आर्थिक बर्ष २०७५/०७६ को दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीय नागरिकहरुले आफ्नो उपस्थिति सँगै गहन बिषयमा कुराहरु समेत राखेका छन् ।
बालमन्दिर विद्यालयमा भएको कार्यक्रममा स्थानीयहरुले बिकासको क्षेत्रमा जनप्रतिनिधिहरुको मात्रै भुमिकाले विकास पूर्ण नहुने कुरालाई जोड दिएको छ ।
स्थानीयहरुले स्थानीय विकासमा नागरिकहरुको पनि उतिकै भुमिका र कर्तव्य रहेको हुदा जनप्रतिनिधिहरुले आफ्नो मात्रै अहमतालाई जोड नगर्न सुझाएको छ ।
त्रियुगा नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष प्रकाश कुमार खड्काले स्थानीयहरुको कुरालाई सकरात्मक सुझावको रुपमा लिएको छ । उनले अवका दिनहरुमा आफ्नो कार्य योजनाहरुल...









