Tuesday, September 29News That Matters

Month: ७ वर्ष अगाडि

दुन क्षेत्रको औलोविजय  जातिको मातृभाषा लोपहुदै

दुन क्षेत्रको औलोविजय जातिको मातृभाषा लोपहुदै

बिचार
यमन कोदारहाङ डोने “औलोविजय” जातीयपृष्ठभूमि “पाखा शिकार पाषण रात,पानी शिकार माछा भात भने झैं बागलाई नजिकबाट नियाल्नु छ भने,ढाँडे बिरालोलाई हेरे हुन्छ । त्यसरी नै दनुवारलाई प्रागएैतिहासिकबाट खोज,अनुसन्धान,अध्ययन गर्नु छ भने,मातृभाषामा डोने स्वीकार गर्नै पर्छ ।” दनुवारडोने जाति नेपालको आदिम मूलबासी हो । आदिबासी जनजाति पृष्ठभूमिमा आफूहरुलाई यो देशको भूमिपुत्र,जलपुत्र आदिकाल पुत्र भनि बिशेषता दिएको पाईन्छ । यो जाति तथा समुदायको खेलखोर अर्थात् उत्पति क्षेत्र भनेको नेपालको दुन,उपत्यका,खोंज,बेशी, र टार नै थिए । अनादीकालदेखि नै यो जाति दुन क्षेत्रकै खोलानदी,फाँट ,टार किनारा आसपासमा बसोबास गर्दै आएका जाति हुन् । यो नेपालको बर्तमान अबस्थामा मानब सुचाङ्कको रेखामाअल्पबिकसित आदिबासी जनजाति कित्ताकातमा परेको जाति हो । यो आदिबासी नेपालको चुरे पहाड उत्तरी खण्ड र महाभारत पर्वतको  पहाडी दुनबेशीति...
दुर्गम गाउँमा आलु चिप्सको तालिम

दुर्गम गाउँमा आलु चिप्सको तालिम

आर्थिक, समाचार
शैलेन्द्र विष्ट रौतामाई, बैशाख ३१ गते । उदयपुरका रौतामाईको डहरमा ५ दिने आलु चिप्स आधारभूत तालिम बुधबार सम्पन्न भएको छ । रौतामाइ गाउँपालिका–१ का वडा स्तरीय महिला संजाल समितिको आयोजना र वडा पालिकाको सहयोगमा तालिम सम्पन्न भएको हो । लक्षीत वर्गका महिला दिदी बहिनीलाई रोजगारी तथा आर्थीक स्तर उकास्ने उद्देश्यले तालिमको आयोजा गरिएको आयेजककी उपाअध्यक्ष झनक माया विष्टले बताईन् । तालिममा वडाका विभिन्न गाउँबाट १८ जनाले सहभागिता जनाएको थियो ।  तालिमको प्रशिक्षक शान्ति राईले आलु चिप्स, निम्कीको समेत तालिम प्रदान गरेकी थिईन् । आलु चिप्सको काम घरमै बसेर गर्न सकिन्छ । भने व्यावसायीक रुपले काम गर्दा आय स्रोतमा सुधार समेत आउने आशा लिएको आयोजकले जनाएको छ । घरमा खान पनि प्रयोग गर्न सकिने र थोरै लागानीमै राम्रो आम्दानी गर्न सकिने विष्टले बताईन् । बाह्रैमास आलु हुने ठाउँ भएकाले खन्दा चोट लाग...

अपांगता बालबालिकालाई शैक्षिक सामग्री

समाचार
दिनेश दाहाल भुट्टार, वैशाख ३१ गते जाल्पा एकिकृत समाज नेपाल, उदयपुरले रौतामाई गाउँपालिका–२ भुट्टारमा एकदिने अतिजोखिममा रहेका अपांगता भएका बालबालिकाहरुको अधिकार पहिचान सम्बन्धी बिहिबार अन्तरक्रिया सम्पन्न गरेको छ । राजनीतिक दलका नेता, कार्यकर्ता, जनप्रतिनिधि, नागरिक समाज, बुद्धिजिवि, बालक्लव प्रतनिधी लगायतको उपस्थितिमा भएको अन्तरक्रियामा बालअधिकार सम्बन्धी सचेतनामुलक जानकारी दिइएको थियो । खासगरी अपांगता भएका बालबालिकाहरुको खोजी गरी उनीहरुको अधिकारको बारेमा जानकारी दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको गाउँपालिकाका कार्यपालिका सदस्य देवी दाहालले जानकारी दिनुभयो । दाहालका अनुसार यस कार्यक्रमले बालमैत्री वडा बनाउने अभियानमा  पनि टेवा पुर्याएको छ । जाल्पा एकिकृत समाजका फिल्ड अफिसर युवराज राईले सहजिकरण गरेको कार्यक्रममा अपांगता भएका ६ बालबालिकाको पहिचान गरी शैक्षिक सामग्री वित...
थाहै नदिइअर्काको जग्गामा सडक

थाहै नदिइअर्काको जग्गामा सडक

समाचार
उदयपुर, वैशाश ३१ गते । खोटाङको दिप्रुङचुइचुम्मागाउँपालिका–२ मा अर्काको जग्गामिचेर व्यक्तिगतप्रायोजनको सडक खनिएको गुनासो आएको छ । स्थानीयश्यामकार्कीले सोधपुछ र जानकारी नै नदिई व्यक्तिगतप्रायोजनकालागिआप्mनो घरसम्मको सडक खन्नडिल्लीबहादुर कटुवालको जग्गामिचेको आरोप आएको हो । कार्कीले आप्mनो घरदेखि महेन्द्रदयउच्चमाध्यामिकविद्यालयओख्रे डाँडागाउँसम्मको सडक खन्नेक्रममाजग्गामिचेको कटुवालले बताए । आफुलाई जानकारीसम्मनदिई करिब ६ मिटर चौडाईको सडक खन्दाकरिब ५० मिटरजग्गामिचेको उनले बताए । जग्गामिचेर सडक खन्नेक्रममाथाहा पाएपछि वडा कार्यालयमाउजुरी गरेको कटुवाललेबताए । थाहै नदिइ सडक खनेपनि समन्वयमा नआएपछि उजुरी दिनुपरेको उनले बताए । वडाध्याक्ष भीमखत्रीकाअनुसार उजुरी परेपछि छलफल र सोधपुछबाट कार्कीले कटुवालसंग अनुमतीनदिई उनको जग्गाबाट सडक खनेको पाईएको बताए । उनीहरुबीचआपसी समझदारी भएको खण्डमा स...
मैत्रीपूर्ण त्रियुगा नगरपालिका कराँते

मैत्रीपूर्ण त्रियुगा नगरपालिका कराँते

खेलकुद, समाचार
उदयपुर, बैशाख ३० गते । उदयपुरको बोक्सेमा मैत्रिपूर्ण त्रियुगा नगरपालिका कराँते प्रतियोगीता सम्पन्न भएको छ । सितोरियो कराँते डोजो (प्रशिक्षण केन्द्र) त्रिनपा–१० को आयोजनामा दुई दिने मैत्रिपूण कराँते प्रतियोगीता भएको हो । वडाको आर्थिक सहयोगमा प्रतियोगीता संचालन भएको थियो । नगर भित्रका ८२ जना नयाँ तथा पुराना विद्यार्थीहरुले प्रतियोगीतामा  भाग लिएको आयोजकले जनाएको छ । पुरुष तर्फ ६० केजी तौल समुहमा प्रथम अस्मिन राई र द्धितिय रेशम विक, ५९ केजी तौल समुहमा प्रथम विमलकाजी श्रेष्ठ, द्धितिय केशव राई, तृतिय साजन तामाङ्ग र सान्तोना प्रमिस राई, ५७ केजी तौल समुहमा प्रथम कृष्ण महतो, द्धितिय सृजन राई, तृतिय मनोज मगर र सान्तोना आमोस राई त्यसै गरि ५५ केजी तौल समुहमा प्रथम अस्विन्द्र्र राई, द्धितिय जीसन प्रताप राई, तृतिय सुनिल विक र सान्तोना विष्णु बहादुर तामाङ्ग, ५० केजी तौल समुहमा प्रथम तु...
जेष्ठ नागरिकलाई झुल वितरण

जेष्ठ नागरिकलाई झुल वितरण

समाचार
पुजा राजधामी  उदयपुर, बैशाख ३०  गते ।  उदयपुरको एक सय ६८ जेष्ठ नागरिकलाई मछड रहित झुल वितरण गरिएको छ । त्रियुगा नगरपालिका–२ का एक सय ६८ जना जेष्ठ नागरिकलाई झुल आईतबार वितरण गरिएको हो । नेपाल सरकारबाट सामाजिक सुरक्षा भत्ता पाईरहेका दलितको हकमा ६० वर्ष माथिका र अन्य जातीको हकमा ७० वर्ष माथिका जेष्ठनागरिकलाई सम्मान स्वरुप झुल वितरण गरिएको वडाकार्यालयले जनाएको छ । जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्र्तगत छुट्याईएको बाजेटले गर्मीयामको सुरुवात सँगै जेष्ठ नागरिकको स्वास्थ्यलाई मध्ये नजर गर्दै झुल वितरण गरिएको त्रियुगा नगरपालिका वडा नं २ को वडाध्यक्ष घमानसिंह खत्रिले बताए । गर्मी समयमा लामखुट्टे प्रस्त लाग्ने भएकाले यसको टोकाईबाट लाग्ने रोग लाग्न नदिनका लागि झुल वितरण गरिएको अध्यक्ष खत्रिले बताए । घरमा सुत्दा झुलको प्रयोग गर्नाले लामखुटेको टोकाईबाट बचि घातक रोगबाट बच्न स...
रौतामाईमा पत्रकारीता तालिम

रौतामाईमा पत्रकारीता तालिम

समाचार
उदयपुर, बैशाख २३ गते । उदयपुरको रौतामाई गाउँपालिकामा ५ दिने आधारभुत पत्रकारीता तालिम शनिबार सम्पन्न भएको छ । पालिकाको केन्द्र भुट्टारमा संचालन भएको तालिम नेपाल पत्रकार महासंघ शाखा उदयपुरको आयोजना र पालिकाको सहयोगमा भएको हो । तालिममा आठै वडाका २१ जनाको सहभागिता थियो । तालिमको प्रमुख प्रशिक्षकमा महासंघ शाखा उपाध्यक्ष भोटराज राई रहेका थिए भने वरिष्ठ पत्रकार कौशल चेम्जोङ, महासंघ शाखा अध्यक्ष भरत खड्का, प्रदेश सदस्य डिल्लिराम खतिवडा, पत्रकार गोपाल पोखरेल, पत्रकार ईश्वर बलम्पाकी मगरले समेत सहजिकरण गरेका थिए । “समृद्ध स्थानीय सरकार–एक वडा एक पत्रकार” भन्ने नाराका साथ आयोजित तालिममा पत्रकारिताको परिचय, परिभाषा र आधारभूत सीप र ज्ञानको बारेमा सिकाइएको थियो । पालिका अध्यक्ष गजेन्द्र बहादुर खड्काले समापन समारोहमा तालिमका सहभागिहरुलाई प्रमाण पत्र प्रदान गरेका थिए । अध्यक्ष खड्काले कार्य...
उदयपुरमा खानेपानीको हाहाकारले गाउँ रित्तिदै

उदयपुरमा खानेपानीको हाहाकारले गाउँ रित्तिदै

समाचार
उदयपुर, बैशाख २३ गते ।   समयमा वर्षात नभएको र अन्य हिसावले पनि पानीको व्यवस्था हुन नसकेपछि उदयपुरको ग्रामीण भेगका बासिन्दाहरुले तिव्र रुपमा गाउँ छोड्न थालेका छन् । रौतामाई गाउँपालिकाको पहाडी ग्रामीण भेगका बासिन्दाहरुले धमाधम गाउँ छाड्न थालेका हुन् । पर्याप्त वर्षात नहुदा अन्नबाली लगाउन नपाउने र खानेपानीकोसमेत व्यवस्था हुन नसकेपछि हाहाकार मच्चिएर पानीको श्रोत भएको ठाउँ खोज्दै गाउँ छाड्ने क्रम बढेको स्थानीय चन्द्रबहादुर भुजेलले बताए । खानेपानीको समस्या र अन्नबाली उब्जाउ हुन छाडेपछि यहि वर्ष १० घर परिवारले गाउँ छाडेको स्थानियबासीले बताए । प्रसस्त वर्षात नभएकले करिब एक दशक देखि अन्नबाली उब्जाउमा कमि आएपछि शहर बजारबाट बेसाहा बोकेर घरपरिवार चलाउँदै आएको स्थानीय दलबहादुर भुजेलले बताए । केही खानेपानी योजनाका धाराहरु गाउँमा भएपनि मुहान सुकेकाले पानी आउदैन । पानीट्याङ्कीमा कमिल...
शिक्षा क्षेत्र सुधार गर्न माग पत्र पेश

शिक्षा क्षेत्र सुधार गर्न माग पत्र पेश

Breaking News 1
  उदयपुर, बैशाख /१९ अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ( क्रान्तिकारी ) जिल्ला समिति उदयपुरले शिक्षा क्षेत्रको सुधार गर्न चेतावनी दिदै शिक्षा विकास तथा समन्वय इकाई समिति उदयपुरमा माग पत्र पेश गरेको छ । केन्द्रको निर्णयअनुसार ७७ वटै जिल्लाहरुमा माग पत्र पेशको आह्वान गरेको भन्दै उदयपुरमा पनि पत्र पेश गरिएको हो । शिक्षा क्षेत्रको बिकृतिलाई तत्काल सुधार गर्न शिक्षालाई व्यापारिकरण, निजिकरण, बनाउन नपाईने भन्दै ६ बुदे माग सहित  शिक्षा विकास तथा समन्वय इकाई समिति प्रमुख केदार गरिलाई समितिले पत्र पेश गरेको छ । पठनपाठनमा विद्यार्थीहरुलाई सउलेत नभएको र अविभावकहरुलाई चर्को शूल्क लिएर हैरान बनाएको भन्दै यसलाई तत्काल समाधानमा ल्याउन माग पत्रमा आह्वान गरिएको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनका जिल्ला समिति उदयपुरका उपाध्यक्ष तायनसरी राइले बताईन् । विद्य...