Monday, July 6News That Matters

Month: ७ वर्ष अगाडि

घरको गाह्रोले किचेर एक जनाको मृत्यु

समाचार
भोजपुर, असार २७ गते ।  भोजपुरमा घरको गाह्रोले किचेर एक जनाको मृत्यु भएको छ । रामप्रसाद राई गाउँपालिका – ७ बासिखोरामा घरको गाह्रोले किचेर ६६ वार्षीय जगतबहादुर राईको मृत्यु भएको हो । केहि दिनदेखि परेको अविरल वर्षाले आएको भेलले घरलाई भत्काउदा गाह्रोले किचेर मृत्यु भएको प्रहरीले जनाएको छ । घरमा राई एक्लै बस्दै आएकाले २५ गते राती कति बजे घटना घटेको भन्ने बारेमा एकिन नभएको प्रहरीले जनाएको छ । स्थानियले प्रहरीलाई २६ गते जनाकारी गराएपछि प्रहरी टोली घटना स्थलमा पुगी कानुनी प्रक्रिया अगाडी बढाएको प्रहरीले जनाएको छ ।...
चार दिनको लगतार पानीले गाईघाट डु्वान

चार दिनको लगतार पानीले गाईघाट डु्वान

समाचार
  गाईघाट/असार, २७ लगतार परेको पानीका कारण गाईघाटको बिभिन्न ठाउँहरु डुवानमा परेको छ । गाईघाट स्थित मुख्य चोकहरु र मुख्य सडकहरु नै डुवानमा परेको छ । मेनचोक, पुरानो तरकारी बजार र वरुवा पुल आसपासका वस्तिहरु पूर्ण रुपमा डुवानमा परेको छ । बजार लगाएतको मुख्य चौक र सडकहरुमा पानी बग्ने र जम्ने भएपछि व्यापारी तथा स्थानीयहरु समस्यामा परेको छ । घर छिर्ने र व्यापार गर्ने समेत ठाउँ नरहँदा समस्या परेको व्यापारी कर्णशेर राईले बताए । उचित नालीको व्यवस्थापन नहुदा पानी रोड बाट बग्ने गरेको राईले बताए । खासै पानी ठुलो नभएता पनि पानीको क्षमता अनुसारको नालीको व्यवस्था नहुनाले पानी माथी बाट बग्ने गरेको राईले बताए । यता मेनचोकमा पनी पानीले समस्या पारेको छ । रोडमा बगेको पानी सिधै नालीमा जाँदा रोड र आसपासका व्यापारीहरुलाई मारमा पारेको छ । स्थानीय तथा व्यापारी जय नेपाल श...
१५ दिने फेसन डिजाईन तालिम सम्पन्न

१५ दिने फेसन डिजाईन तालिम सम्पन्न

समाचार
उदयपुर, असार २६ गते । उदयपुरमा संचालन भएको १५ दिने फेसन डिजाईन तालिम सम्पन्न भएको छ । सिलाई कटिङ्लाई स्तरउन्नती गर्ने उद्देश्यले संचालन गरेको तालिम विहिबार सम्पन्न भएको हो । “सिलाई व्यावसायी एकता, हाम्रो प्रतिबद्धता, उत्पादनमो नयाँ सिर्जनशिलता, आजको आवश्यता” भन्ने मुल नाराको साथ नेपाल कपडा तथा सिलाई व्यावसायी संघ उदयपुरको आयोजना र घरेलु तथा साना उद्योग विकास समिति उदयपुरको सहयोगमा तलिम संचालन भएको थियो । तालिममा व्यासिक र डिप्लोमा तहको सिलाई कटिङ्  सिकेका ३५ जनाले डिजाईनको तालिम  पाएको थियो । तालिमको प्रशिक्षक दोलाखाका शान्ति श्रेष्ठ र जितबहादुर श्रेष्ठले गरको थियो । सधै र धेरै पटक सिलाई कटिङ्को मात्रै तालिम संचालन भएकाले यसको स्तर उन्नती गर्ने उद्देश्यले डिजाईनको तालिम आयोजना गरेको नेपाल कपडा तथा सिलाई व्यावसायी संघ उदयपुरका अध्यक्ष ज्ञानु प्रदानले बताईन् । यस व्यावसायलाई स...
बाढीको उच्च जोखिममा साकेला टोल

बाढीको उच्च जोखिममा साकेला टोल

समाचार
उदयपुर, असार २६ गते । बरुवा खोलामा आएको बाढीले साकेला टोलको बाँध भत्काउन थालेपछि साकेला टोल उच्च जोखिममा परेको छ । त्रियुगा नगरपालिका – ११ को साकेला टोल लगायतका बस्तिहरु बाढीले बाँध भत्काउँन थालेपछि उच्च जोखिममा परेको हो । लामो खडेरीपछि परेका पानी केहि दिनदेखि निरन्तर परिरहेको छ । खोलाको शिर रौता, खाँबु, चिलाउने आसपास अत्याधिक वर्षात भएकाले खोलामा बाढी आएर बाँध भत्काउन थालेपछि स्थानियबासीहरु चिन्तित बनेका छन् । खोलामा आएको बाढीले बाँध भत्काएर जालि बगाएको स्थानियबासीहरुले बताएका छन् । जाली बगाएपछि स्थानियबासीलाई ठुलो समस्या आएको छ । बाढीले बाँध भत्काएमा साकेला टोल, ज्योति टोल लगायका करिब एक दर्जन टोलका सयौँ घर डुवानमा पर्ने स्थानिय राजकुमार दाहालले बताए । एक सरो बाँध लगाएकाले बाढीले जाली बगाएपछि उक्त क्षेत्रका बासीन्दाहरु ठुलो चिन्तामा परेको स्थानिय दाहालले बताए । पालिकाको ब...
तरकारी तथा फलफूलको विषदी कम गर्ने घरेलु उपाय

तरकारी तथा फलफूलको विषदी कम गर्ने घरेलु उपाय

स्वास्थ्य
तरकारी तथा फलफुलमा हुने विषादीका अवशेष जुन मानव स्वास्थ्यको लागि हानिकारक छ । यस्ता हानिकारक विषादीहरुलाई केहि घरेलु उपाय अपनाएर पनि कम गर्न सकिन्छ । १.  पानीको तिव्र वेग भएको धारामा तरकारी तथा फलफूललाई तीनपटक सम्म पखाल्नाले त्यसमा भएको ६० प्रतिशतसम्म विषादी पखालिएर जान्छ । २. एक चम्चा नुन एक लिटर पानीमा मिासाएर १०–१५ मिनेटसम्म तरकारी तथा फलफूललाई डुबाएर राख्नाले ७० प्रतिशतसम्म विषादी हट्दछ । ३. तरकारी तथा फलफूलको बाहिरको बोक्रा केलाएर पनि धेरै मात्रामा विषादीका अवशेष हटाउन सकिन्छ । विषदीको अवशेष बढि बाहिरी भागमै हुने गर्छ । ४.  वेमौसमी फलफुल र तरकारीमा बढी विषादी मिसाएको हुनाले एकै प्रकारका फलफूल तथा तरकारी खाईरहनु हुदैन ।...
विप्लप र प्रहरीवीच गोली हानाहान दुई जनाको मृत्यु

विप्लप र प्रहरीवीच गोली हानाहान दुई जनाको मृत्यु

समाचार
भोजपुर, असार २५ गते । भोजपुरको सदरमुकाममा प्रहरी र विप्लप कार्यकता विच गोली हानाहान हुदा दुई जनाको मृत्यु भएको छ । गोली हानाहानमा नेत्रविक्रम चन्द (विप्लप) माओवादी नेतृत्वका एक जना कार्यकर्ता र एक प्रहरी जनवानको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएका छन् । शनिबारे हटियाका पाँचधारे होटलमा विहान करिब साढे आठ बजे विप्लप र प्रहरीविच गोली हानाहान भएको प्रहरीले जनाएको छ । गोली हानाहानमा  विप्लपका ओखलढुंगा जिल्ला इन्चार्ज निरकुमार राई र प्रहरी जवान सञ्जीव राईको मृत्यु भएको छ भने प्रहरी जवान सोमनाथ भट्टराई गम्भिर घाईते भएको जिल्ला प्रशासन कार्यालय भोजपुरले जनाएको छ । गोली लागी गम्भिर घाईते भएका भट्टराईको जिल्ला अस्पताल भोजपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । लुकेर बसेको विप्लप कार्यकतालाई नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथी गोली चालाएपछि प्रहरीले गोली चलाएको जिल्ला प्रहरी कार्यालयले ...
बस दुर्घटनामा चालक सहित ३ जनाको मृत्यु

बस दुर्घटनामा चालक सहित ३ जनाको मृत्यु

समाचार
ओखलढुङ्गा, असार २५ गते । ओखलढुङ्गामा यात्रुबहाक बस दुर्घटना हुदाँ तीन जनाको मृत्यु भएको छ । सिद्धिचरण राजमार्ग अन्र्तगत मानेभञ्ज्याङ गाउँपालिका – ६ डडुवा डाँडामा भएको बस दुर्घटनामा चालक सहित तीन जनाको घटना स्थलमै मृत्यु भएको हो । झापाको कार्कडभिट्टाबाट शोलु तर्फ जादै गरेको मे १ ख १८९१ नम्बरको मातृभाग्यरेखा प्रालिको नाईट बस विहान करिब ३ बजे अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । बस सडकदेखि करिब २० मिटर तल खसेको प्रहरीले जनाएको छ । बसमा २० जना सवार मध्ये चालक सहित तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा चालक झापा पथरिया निबासी ४५ वर्षीय कृष्णबहादुर बस्नेत, शोलु दुधकुण्ड निबासी ५२ वर्षीया माया थापा र सिन्धुली कमलामाई निकासी ३५ वर्षीय लालबहादुर धामीको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । र्दुघटनामा गम्भिर घाईते भएका ५ जनालाई उ...
गैंडा आहालको संरक्षणका लागि काम थालिने

गैंडा आहालको संरक्षणका लागि काम थालिने

पर्यटन, समाचार
ऋषि राई  कटारी, असार २५ गते । उदयपुरको कटारी नगरपालिका ५ स्थित सामुदायिक वन क्षेत्रमा पर्ने ऐतिहासिक गैंडा आहालको व्यवस्थापन गर्दै पर्यटकिय क्षेत्रको रुपमा विकास गरिने भएको छ ।  प्रचारप्रसार र उचित संरक्षण अभावमा पर्यटनको सम्भावना बोकेको मनोरम गैंडा आहाललाई कटारी नगरपालिकाले डिपिआर तयार गरेर नै व्यवस्थित गदैं संरक्षण गर्ने भएको हो । १५ वर्षअघि जिल्ला विकासअन्तर्गत जीटीजेडको सहयोगमा पोखरी संरक्षणका लागि सामान्य बाँध लगाइएको थियो । त्यसयता कुनै काम हुन सकेको छैन । वनभोजस्थल निर्माण गर्ने चर्चा बेलाबेला चलाए पनि थप काम हुन सकेको छैन् । कटारी नगरपालिकाले आर्थिक वर्ष २०७६।७७को नीति तथा कार्यक्रमबाटै आहालको संरक्षण गर्ने तयारी थालेको छ । ‘वार्षिक नीति तथा कार्यक्रममै आहालको व्यवस्थापनका लागि कार्यक्रम बनाईएकाले तुरुन्त काम थाल्ने छौं ।’कटारी नगरपालिकाका प्रमुख मेयर ज्ञानेन्द्र श्रेष्ठले...

जेठाजुकोे खुकुरी प्रहारबाट बुहारी घाईते

समाचार
मोरङ, असार २४ गते ।  मोरङमा जेठाजुले बुहारीलाई धारीलो हतियार प्रहार गरी गम्भिर घाईत बनाएको छ । सुन्दरहरैचा नगरपालिका – १ कुमार गाउँमा खुकुरी प्रहार गरि जेठाजुले बुहारीलाई गम्भिर घाईते बनाएको हो । कुमार गाउँ निबासी ३६ वर्षीय निरबहादुर नेपालले आफ्नै बुहारी २६ वर्षीय सलिना नेपाललाई दिउँसो करिब १ बजे खुकुरी प्रहार गरी गम्भिर घाईते बनाएको प्रहरीले जनाएको छ । नेपालले सलिनाको शरिरको विभिन्न भागमा खुकुरी प्रहार गरी गम्भिर घाईते बनाएको प्रहरीले जनाएको छ । गम्भिर घाईते भएकी सलिनाको उपचार विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरानमा भईरहेको प्रहरीले जनाएको छ भने खुकुरी र खुकुरी प्रहार गर्ने नेपाल प्रहरीको नियन्त्रण रहेको र थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।...
कम उत्पादन हुदाँ आँपको मूल्य आसियो

कम उत्पादन हुदाँ आँपको मूल्य आसियो

आर्थिक, समाचार
उदयपुर, असार २४ गते ।  मौसमी फलफुल मध्ये एक प्रमुख फलको रुपमा चिनिएका आँपको बजार मूल्यले सामा नाघेको छ । एक वर्ष फल्ने अर्को वर्ष नफल्ने भएकाले स्थानिय आँपको कम उत्पादन हुदा उदयपुरको बजारहरुमा आँपको मूल्यले सिमा नाघेको हो । गत वर्षको तुलनामा १० केजी आँप आउने पैसाले अहिले एक केजी आउन पनि गाह्रो भएको उपभोक्ताहरुले बताएका छन् । गत साल १० ÷ १५ रुपैया केजी पाईने आँप अहिले एक सय रुपैया भन्दा बढी भएको उपभोक्ताहरुले बताएका छन् । बजारमा धेरै आँपहरु आएपनि सवै भन्दा बढी उपभोक्ताहरुले मालदह नै किन्ने गरको व्यापारीहरुले बताएका छन् । आँपको राजा भनेर चिनिने मालदह आँप बढी उपभोक्ताहरुले रुचाउने गरेको व्यापारी विना भगतले बताईन् । उदयपुरमा आँप कम फलेकाले बाहिरबाट ल्याएको आँप महंगो मूल्यमा विक्रि गर्नु परेको उनले बताईन् । आँप कम फलेकाले महंगो मूल्यमा खरिद गरि महंगो मूल्यमै बेच्नु परेको व्यापारी वि...